चैत्यदेवी सिंह र मदनकृष्ण श्रेष्ठको भव्य सम्मान हुने

    आश्विन ३० ,काठमाडौं /        नेवाः फिल्म सोसाईटीले वरिष्ठ चलचित्रकर्मीद्वय चैत्यदेवी सिंह र मदनकृष्ण श्रेष्ठलाई भव्य सम्मान गर्ने भएको छ । सोसाईटीबाट आयोजना हुन गइरहेको दोश्रो चलचित्र महोत्सव र सम्मान कार्यक्रम ‘निक्वःगु ल्न्क् संकिपा नखः व ल्ँक् संकिपा सम्मान ११३७’मा दुइ वरिष्ठ चलचित्रकर्मीलाई सम्मान गर्न लागिएको हो । सोसाईटीले आज ललितपुरमा पत्रकार […]

नेपालभाषा गीति एल्बम ” यच्चुगु सर्ग: ” सार्वजनिक

   आश्विन २९, काठमाडौँ /   नयाँ नेपालभाष गीति एल्बम ” येच्युगु सर्ग: ” राजधानीमा सार्बोजनिक भएको छ । रोजी डंगोल (श्रेष्ठ)को स्वरमा जुगल डंगोलको संगीत तथा एरेन्जमा सबै गीतको रचना नेपालभाषा गीतका चर्चित रचनाकार पुर्णकाजी ज्यापु को रहेको छ । एउटा गीतमा रोजी संगै लोकप्रिय हास्य कलाकार मदनकृष्ण समेतको स्वर रहेको छ । आइतबार बहुचर्चित लोकप्रिय […]

इनास फिल्मी अवार्डमा जात्रा उत्कृष्ट चलचित्र

काठमाडौ। अन्तरराष्ट्रिय कलाकार संघ इनासको आयोजनामा भएको भव्य तथा सभ्य समारोह वीच काठमाडौको राष्ट्रिय सभागृहमा पाँचौ इनास फिल्मी अवार्ड संपन्न भएको छ। शुक्रबार आयोजित अवार्ड कार्यक्रममा चलचित्र ‘जात्रा’ उत्कृष्ट चलचित्र ठहरिएको छ।   एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा चलचित्र ‘जात्रा’बाटै विपिन कार्कीले ‘सर्वोत्कृष्ट नायक’को अवार्ड जितेका छन् । चलचित्र ‘डाइङ क्यान्डल’बाट श्रृजना […]

पुन्यमको ‘जले–जले म जले तिम्रो प्यारमा’ सार्वजनिक

काठमाडौ, २८ असोज । पचासको त्यो दशकमा रहरलाग्दो गायनमा रहरले प्रवेश गरेका गायक पुन्यम प्रधानको पछिल्लो गीत जले–जले म जले तिम्रो प्यारमा लोकार्पण भएको छ। शनिवार काठमाडौमा आयोजित भव्य तथा सभ्य कार्यक्रमबीच उक्त गीतको लोकार्पण भएको हो। चर्चित संगीतकार राजु सिंहको प्रमुख आतिथ्यता तथा ख्यातिप्राप्त संगीतकार अनिल शाहीको विशिष्ट आतिथ्यतामा गीतको पोस्टर तथा भिडियोको लोकार्पण […]

पयर्टन सुन्दरी बन्न २३ युवती छानिए

काठमाडौँ, २८ असोज । मिस टुरिजम–२०१७ का लागि २३ प्रतिस्पर्धीले अडिसन दिएका छन् । आगामी कात्तिक १८ गते आयोजना गर्ने उक्त प्रतियोगिताका लागि आज सम्पन्न भएको अडिसनमा काठमाडौँ, पोखरा र चितवनका गरी जम्मा २३ जना युवती प्रतिस्पर्धीले अडिसन दिएको आयोजक प्वाइन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नवीन काफ्लेले जानकारी दिए । अडिसनमा निर्णायकको भूमिकामा पर्यटन व्यवसायी […]

साढे चार करोड भोट पाएर बुद्ध लामा बने पहिलाे नेपाल आइडल

काठमाडाैं, ७ असाेज । बुद्ध लामा अन्तत: नेपाल अाइडल बनेका छन् । गएराती कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा बुद्ध लामालार्इ नेपाल अाइडल घाेषणा गरिएकाे हाे ।अन्य दुर्इ प्रतिस्पर्धी निशाल भट्टरार्इ र प्रताप दासलार्इ पछाडि पार्दै बुद्ध पहिलाे नेपाल अार्इडल बन्न सफल भएका हुन् । नेपाल अाइडलले अन्तिम प्रतिस्पर्धा कतारमा गराएकाे थियाे । […]

धुर्मुसले अाफ्नाे जन्मदिनमा गरे बाढीपीडितका लागि नमूना वस्तीकाे शिलन्यास

राैतहट, ४ असाेज । चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन पारेर अर्काे नमूना वस्तीकाे शिलन्यास गरेका छन् । उनले रौतहटका बाढीपिडितहरुका लागि एकीकृत नमूना सन्तपुर बस्तीको शिलान्यास गरेका हुन् । चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस–सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो । बुधबार बिहान […]

नायक सलमानले पाए बेलायतको ग्लोबल डायभर्सिटी अवार्ड

बलिउडका चर्चित नायक सलमान खानले ‘ग्लोबल डायभर्सिटी अवार्ड पाएका छन । उनलार्इ  बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको हाे। चलचित्र निर्माण, अभिनय र समाजसेवाका माध्यमबाट पुर्याएको योगदानको कदरस्वरुप याे सम्मान गरिएको बताइएको छ । बेलायती संसदमा लामो समयदेखि सांसद रहेका भारतीय मूलका कीथ वाजले सलमानलाई पुरस्कार प्रदान गरे । सलमानलार्इ पुरस्कार प्रदान गर्दै […]

सेलेना गोमेजका लागि एउटा फ्यानले दिइन मृगौला उपहार

काठमाडौं । चर्चित अमेरिकन पपस्टार सेलेना गोमेजका लागि उनकी एक साथीले आफ्नो मृगौला नै उपहार दिएकी छन् । गोमेज लुपुस नामक रोगका कारण समस्यामा परेको थाहा पाएपछि उनकी मिल्ने साथी तथा फ्यान फ्रान्सिया रेइजाले मृगौला दान गरेकी हुन् । रेइजाले मृगौला दिएपछि गोमेजको मृगौला प्रत्यारोपण गरिएको छ । आफूले मृगौला प्रत्यारोपण गरेको कुरा गोमेजले इन्स्टाग्रामबाट […]