इतिहास कोर्ने हातहरु…

काठमाडौँ, २१ भदौ । राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो । विसं १७२७ कात्तिकमा रानीपोखरी निर्माण भएपछि आयोजित भव्य सभामा राजा सरिक भएका थिए । त्यही सभाको दृश्यलाई वरिष्ठ कलाकार हरिप्रसाद शर्माले चित्रमा उतारेका छन् । राजा प्रताप मल्ल बाजागाजाका साथ […]

छ माया छपक्कैले उत्साहित रोहित

युवा चलचित्रकर्मी रोहित अधिकारी यतिबेला निकै उत्साहका साथ आफ्नो दोस्रो फिल्म छ माया छपक्कैको प्रचार अभियानमा जुटेका छन् । भाद्र १३ गते रिलिज भएको जूनको जुनेली बोलको गीतको उत्साहजनक प्रतिक्रियाले उनलाई निकै हौस्याएको छ । ‘गीत निकै मन पराइयो । खुशी लागेको छ ।’ रोहितले प्रतिक्रिया जनाए । जूनको जुनेली गीतमा दीपकराज गिरी, केकी अधिकारी, […]

किरण मानन्धरको ‘आत्मा’ प्रदर्शनी

ललितपुर, २१ भदौ । कलाकार किरण मानन्धरको ‘आत्मा’ शीर्षकको एकल चित्रकला प्रदर्शनी झम्सिखेलको अगेनो रिसोर्टमा शुक्रबारदेखि शुरु भएको छ । कागज, फूलपाती, कपडालगायत अन्य कच्चा सामग्री प्रयोग गरी निर्माण गरिएको सो प्रदर्शनीमा राखिएका चित्रको मूल्य एक लाखदेखि पाँच लाखसम्म रहेको छ । “चित्रबाट आत्मा र परमात्मा दुवैको महत्व बुझ्न सकिन्छ”, मानन्धरले भने, “अमेरिका, अफ्रिकालगायत विदेशी […]

५ वर्षिया बाल गायिका विशेषता पराजुली को दशैँ गीत ”रातो टिका जमरा” भिडियो सहित ।

काठमान्डौँ, २० भदौ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा माधव पराजुली र विश्वास पराजुलीको प्रस्तुतिमा ५ वर्षिया बाल गायिका विशेषता पराजुली गायक विश्वास पराजुली , माधव पराजुली र गायिका अर्चना स्याङ्गतानको आवाजमा सजिएको मौलिक दशैँ गीत ”रातो टिका जगरा” गीतको भिडियो बजारमा आएको छ । परदेशमा भएको श्रीमान र परिवारका अन्य सदस्य विचको भोगाई लाई गीतमा […]

‘गुञ्जन’ बनेकी सारालाई प्रितमराजको साथ

काठमाडौ, १३ भदौ । बिगत दुई दशकदेखि द्वन्द्व निर्देशकका रुपमा सक्रिय अष्ट महर्जनले निर्देशकका रुपमा डेब्यु गरेका छन् । उनको डेब्यु फिल्म ‘गुञ्जन’ को मंगलबारदेखि पोखराका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ । प्रेमकथामा आधारित यही फिल्मबाट नवयुवा प्रितमराज सेन्चुरीले पनि हिरोका रुपमा डेब्यु गरेका छन् । फिल्ममा प्रितमराजको जोडीका रुपमा अभिनेत्री सारा श्रीपाली छन् । […]

प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार

चौतारा, १३ भदौ । सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न १५ अर्बको डिपिआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी […]

तीजलाई महङ्गो र भड्किलो नबनाऔँ

दाङ, १२ भदौ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । विशेषगरी छोरी चेली यस पर्वको किनमेलका लागि गएको हप्तादेखि नै व्यस्त छन् ।अहिले दाङका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरा पोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्ने दिदीबहिनीको सङ्ख्या दिनप्रतिदिन बढेको यहाँका स्थानीय व्यापारी […]

ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण

ललितपुर, १० भदौ । पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ । समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो । मोबाइल प्रयोगका कारण पारिवारिक धन्दा र मोहभन्दा पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण बढ्दै गएसँगै माया र स्नेह कमी हुँदै गएको महसुस गरी […]

मौलिक लयमा फर्किदै तीज

भद्रपुर, १० भदौ । अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ । घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ । सङ्घसंस्थाले तीज लक्षित नाचगान, भेटघाट […]

छैठौँ संस्करणको मिस गण्डकीको अडिसन सम्पन्न

पोखरा, ८ भदौ । पछिल्लो समय देशभरि सौन्दर्य प्रतियोगिता धेरै भइरहेको छ । पोखरामा मात्रै वर्षमा विभिन्न नामबाट करीब दुई दर्जन सौन्दर्य प्रतियोगिता आयोजना हुँदै आएको छ । केही प्रतियोगिताले युवतीमा भएका प्रतिभालाई साँच्चै प्रस्फुटन गरेका छन् भने केही भने नामको मात्र हुने गर्छन्, जसले निरन्तरता पाउन सकिरहेको छैन । केहीले प्रतियोगिता सम्पन्न गरिसकेपछि विजेतालाई […]