काठमाडौंमा तीन दिने अफ्रिका फिल्म फेस्टिबल

काठमाडौं । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले नेपला र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानको लागि हरेक वर्ष ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ आयोजना गर्दै आएको छ । यसै क्रममा कात्तिकको तेश्रो सातामा सातौं सँस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ आयोजना हुने भएको छ । यो पटक यो महोत्सब तीन दिनसम्म आयोजना हुने महोत्सब अध्यक्ष एवम् कलेज […]

जोहेबको देउसी गीत ‘झिलि र मिली’ सार्वजनिक

आउदै गरेको नेपालीहरुको महान चाड तिहारको मौका पारेर गायक जोहेब मानन्धर र सुजन ढकालले देउसी गीत “झिली र मिलि साँझको बेला” ( देउसी रे) को भिडियो सार्वजनिक गरेका छन । निकै नै मौलिक र परम्परागत शैलीमा तयार पारिएको यो मीठो देउसी गीतमा शब्द र सङीत चर्चित गायक तथा संगीतकार जोहेब मानन्धरले गरेका हुन। अहिलेको समय […]

रोल्पाका शनि विश्वकर्माले पहिलो लोकस्टार बनेर जिते ५० लाख पुरस्कार

काठमाडौँ, ८ कार्तिक । रोल्पाका शनि विश्वकर्मा ‘नेपाल लोक स्टार’ को पहिलो विजेता बनेका छन् । शुक्रबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा शनिलाई पहिलो लोकस्टार घोषणा गरिएको हो । लोकगीतका क्षेत्रमा अहिलेसम्मकै ठूलो पुरस्कार राशीको रियालिटी शोको टाइटल शनिले जितेका हुन् । यस शो का सबैभन्दा कान्छा प्रतिस्पर्धी रहेका शनिले ५० लाख […]

नेपाली गीत संगीतः कहिले पाइरेसी त कहिले कन्टोरभर्सीको शिकार

फेरि एक पटक नेपाली सांगीतिक बजार तातिएको छ । न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जेसुकै हुन सक्ने बजार न हो । गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन। प्रसंग गरौं केही दिन अगाडि जहाँ तिहार नजिकिेदै गर्दा बजेको दुर्गेश थापाले गएको […]

भाइरल गायिका टिका सानुको ‘चोखो माया’

काठमाडौं, ४ कार्तिक । नेपाली गीत संगीतमा एकपछि अर्को लोकप्रिय गीतहरुमा आवाज दिँदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका वार्ड–७ रम्फै गुल्मीका उदीयमान गायक टिकाराम थापाको आवाजमा ‘चोखो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । युवा–युुवती बीचको भावनात्मक माया प्रेमलाई गीतमा सकारात्मक रुपमा प्रस्तुत गरिएकोले लोक पारखी आमदर्शक तथा श्रोताले मन पराउनेमा […]

मखमली मखमलीको फस्ट लुक्स रिलिज

काठमाडौं, २६ असोज । चलचित्र ‘मखमली मखमली’ आगमी १३ मँसिरबाट रिलिज हुने भएको छ । यो चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सको रुपमा यसको २ ओटा पोष्टर रिलिज गरिएको छ । यो चलचित्रलाई सावित्रा चिलुवालले निर्माण गरेकी हुन् । यसअघि चलचित्र मखमली निर्माण भएको थियो । मखमलीले सिँगल थिएटरमा ठिकै व्यापार गरेको थियो । मखमलीको […]

ढोल’ र ‘झिझिया’ हराउँदै गएको ‘दशहरा’

महोत्तरी, १७ असोज । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादशैँ पर्वका पुराना लोकपरम्परा हराउँदै गएका छन् । दशैँ शुरु हुनासाथ नगर÷गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र बस्ती–बस्तीमा गरिने झिझिया नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा हराउँदै गएका हुन् । “गाम घरमें आब न ढोल बजैय, न झिझिया देखपवैछि” (गाउँघरमा अब न ढोल […]

सुनको मूल्य तोलाको ६०० बढ्यो

काठमाडौँ, १५ असोज । मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु […]

मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ हुने

मुम्बई, १४ असोज । भारतको फिल्मी सहर भनेर चिनिने मुम्बइमा गान्धी चलचित्र महोत्सव ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गरिने भएको छ । भारतका राष्ट्रपिताका रुपमा मानिने महात्मा गान्धीको १५० औँ जन्म जयन्तीको अवसर पारेर यही अक्टोबर २ देखि ६ सम्म मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गर्न लागिएको हो । उक्त फेस्टिबलमा महात्मा गान्धीसँग सम्बन्धित […]

नायक हमाललाई पुरस्कार दिइने

काठमाडौँ, ११ असोज । नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ । करीब ३०० चलचित्रमा अभिनय गरिसकेका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो । केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान […]