धितोपत्र बजार : ३० अंकको वृद्धि

  काठमाडौं, ८ फागुन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ ।लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो । नेपाल स्कटक एक्स्चेन्जका अनुसार २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुगेको छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.०९ हो । यस्तै […]

सुनको मूल्यमा अहिले सम्मकै नयाँ रेर्कड

काठमाडौँ, ८ फागुन । सुनको भाउ बढेर नयाँ उचाइमा पुगेको छ । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान मनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ७७ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि बुधबार सुन तोलामा ७७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा […]

बजेट कार्यान्वयन गर्न कर्मचारी अभाव

काठमाडौँ, ८ फागुन । सरकारले विकासका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारी भने सङ्घमा केन्द्रित भएका छन् । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीको रोजाइ सङ्घीय कार्यालय हुँदा स्थानीय तहमा गएको बजेट कार्यान्वयन गर्ने जनशक्ति अभाव भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घमा ४० हजार ७६९, सात प्रदेशमा १४ हजार ६५९ […]

एक लाख घुस सहित इन्जिनियर पक्राउ

बैतडी, ७ फाल्गुन । बैतडीमा एक लाख रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन् । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुससहित बुधबार पक्राउ परेका हुन्। बुधबार बिहानै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट […]

कोरोनाभाइरसका कारण आईफोन आपूर्ति प्रभावित हुने चिन्ता

अमेरिकामा मुख्यालय भएको एपल कम्पनीले चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्ने जनाएको छ । उक्त प्रविधि कम्पनीले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्धू हुने बताएको छ। कोरोनाभाइरस महामारीका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताउने एपल पहिलो महत्त्वपूर्ण अमेरिकी कम्पनी […]

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ, ६ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटेको जानकारी दिएको छ । घटेको मुल्यसूची अनुसार अब काठमाडौ उपत्यकामा पेट्रोलको मुल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर ११० रुपैयाँ थियो । त्यस्तै […]

सुनको भाउको नयाँ रेर्कड

काठमाडौं, ६ फागुन । सुनको भाउ बढेर नयाँ उचाइमा पुगेको छ । यसअघि सबैभन्दा उच्च बिन्दु तोलाको ७६ हजार ५०० सम्म पुगेको सुनको भाउ नयाँ उचाइमा पुगेको हो । मंगलबार आज छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ७६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । जबकि सोमबार ७६ हजार ५०० […]

घुससहित सव इञ्जिनियर पक्राउ

भोजपुर, ६ फागुन । भोजपुरमा घुससहित सव इञ्जिनियर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको […]

फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो? हेर्नुहोस!

काठमाण्डौँ, ४ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार ५०० पुगेको हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोमलामा ७६ हजार […]

डेढ खर्बले घट्यो बजेट , वृद्धिदर लक्ष्य नजिक पुग्ने

काठमाडौँ, १ फागुन । सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६ र ७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ खर्च […]