नेपाल एसबिआई बैंकले १७ प्रतिशत लाभांश दिने

काठमाडौँ, १३ असोज । नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले छ प्रतिशत शेयर लाभांश र १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको आर्थिक वर्ष २०७५/७६ को वार्षिक आर्थिक विवरण स्वीकृत गर्दै गत वर्षको मुनाफा तथा विगत […]

शेयर बजार: दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, १३ असोज । लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत ०.६८ विन्दुले बढेर २४७.०२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोवार रकममा भने खासै […]

वर्षमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन

वर्षमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलनमिक्लाजुङ, १३ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । गत आव ०७५/७६ को अवधिमा उक्त रकम राजश्व सङ्कलन गरिएको कार्यालय प्रमुख जनक तिम्सिनाले जानकारी दिए । ट्रक, बस, ट्र्याक्टर, जीप कार, मोटरसाइकललगायत तीन हजार पाँच […]

प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

गलकोट, १३ असोज । म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गरेका हुन । जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आएका समाजसेवी रोकामगरले मालिका गाउँपालिका–६ दरबाङमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई […]

नेप्से ४.६६ विन्दुले घट्यो

काठमाडौँ, १२ असोज । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला दिनमा लगातार घट्दै आएको बजारको लयलाई पछ्याउँदै बजार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.६६ बिन्दुले घटेर एक हजार ११२५.१४ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.९८ बिन्दुले घटेर २४६.३३ मा पुगेको […]

सुनको भाउ घट्यो आज पनि ओरालो

काठमाडौँ, १२ असोज । लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज […]

पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै

बाँके, १२ असोज । बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक […]

दसैंको मुखमा मूल्यवृद्धि, जे छोयो त्यही महँगो

काठमान्डौं, १२ असोज । दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ । ३ हजार ३०० पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ । एक हजार ५७५ देखि एक हजार ६०० मा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म बढेको […]

श्रम ऐन कार्यान्वयनको माग गर्दै पेप्सी कम्पनीका श्रमिक आन्दोलित

परासी, १२ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने […]

बजार अनुगमनमा पाँच लाखको अखाद्य वस्तु फेला

डोटी, १२ असोज । जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी […]