सर्वाधीक छ वर्ष वारेन्टीका साथ रनर मोटरसाइकलले पोखरामा तहल्का मचाउने

    बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटर अब पोखरामा उपलब्ध भएको छ । नेपालका लागि आधिकारीक बिक्रेता रमण मोटर्स प्रा.लि.ले पोखराका लागि स्टारजोन कम्पनी प्रा.लि.लाई आधिकारीक डिलर नियुक्ती गरेको छ । उक्त शोरुमको उद््घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङले गर्नुभयो । नेपालमा पहिलो पटक छ वर्ष वारेन्टी र ९ […]

४८ प्रतिशत लाभांश बाँड्दै नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब […]

महालेखाको अडिटले खुल्यो स्थानीय तहमा चरम लुट, निर्णय आफै ठेक्का आफै भान्सेसम्म आफन्तलाई भर्ती

काठमाडौं, १९ फागुन । संघीय व्यवस्था आए मुलुकको कायापलट नै हुने ठानेकाहरु अहिले यसले निम्त्याएको विकृति र मनपरीतन्त्रबाट आजित भएका छन् । देशभरका स्थानीय निकायमा यतिसम्म मनपरी चलिरहेको छ कि जुन यसअघि कहिल्यै भएको थिएन । स्थानीय निकायको निर्वाचन भएयताको मात्र करिव दुई वर्षको भ्रष्टाचार र अनियमितता हेर्दा संघीयता अराजक व्यवस्थामा बदलिएको देखिन्छ । पछिल्लो […]

गण्डकीमा चीनले यस्तो नमूना गाई फार्म बनाउँदै

कास्की, १८ फागुन । नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शुक्रबार गण्डकी प्रदेश सरकार र चाइनिज एकेडेमी अफ एग्रिकल्चर साइन्सेस (सिएएएस) इञ्जिनीयरिङ कम्पनीकाबीच सम्झौता भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री […]

वन स्रोतलाई राष्ट्रिय समृद्धिमा प्रयोग गरिने

काठमाडौँ, १७ फागुन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन स्रोतलाई राष्ट्रिय समृद्धिमा प्रयोग गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताएका छन् । आजदेखि यहाँ शुरु भएको ‘आठौँ नेपाल हब्र्स एक्स्पो–२०१९’ को उद्घाटन कार्यक्रममा बस्नेतले वन क्षेत्रको पूर्ण क्षमतामा बहुउपयोग गर्न मन्त्रालयले आवश्यक कानून र नीतिलाई समयसापेक्ष परिमार्जन गर्न लागेको जानकारी गराए । मन्त्रालयले जडीबुटी प्रजातिको […]

विकास निर्माणमा हुने नीतिगत झन्झट हटाउने तयारीमा समिति

काठमाडौँ, १६ फागुन । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक विकास निर्माणका सम्बन्धमा देखिएका कानूनी तथा नीतिगत झन्झट हटाउन थप सक्रिय भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । हालसम्मको कार्य समीक्षा र भावी योजनाका बारेमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकमा सहभागी सांसदले सार्वजनिक खरीद ऐनमा भएका कतिपय प्रावधानले विकास निर्माणका कार्यमा बाधा व्यवधान सिर्जना गरेको […]

यसरी हुँदैछ हेटौँडामा राष्ट्रिय औद्योगिक मेला

हेटौँडा, १४ फागुन । मकवानपुर उद्योग वाणिज्य सङ्घले यही फागुन १६ देखि २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्ने भएको छ । राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी आयोजना गर्न मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । उक्त आयोजक समितिलाई सहयोग पु¥याउन विभिन्न […]

नख्खु बम विष्फोटमा पक्राउ परेका एनसेलका गार्डले दिए यस्तो अनौठो बयान

काठमाडौं । नख्‍खुमा रहेको नीजि क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल टावरको मुख्यालयमा भएको बम विस्फोटको अनुसन्धानका लागि पक्राउ परेका सुरक्षा गार्डले प्रहरीलाई चकित पर्ने अनौठो बयान गरेका छन् । घटनाका प्रत्यक्षदर्शीजस्तै बनेका उनीहरुले आफूहरूले ‘बम हो भनेर नचिन्दा विस्फोट भएको’ प्रहरीलाई बयान दिएका छन्। ‘कुकर जस्तो वस्तु एनसेलको अफिसको मूलढोकामै थियो। त्यो कुरा हामीभन्दा […]

यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा सञ्चालकहरू विदेश टाप !

काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । सम्बन्धन नै नदिएको एआईबीटी […]

चीन र अमेरिकाबीच देखिएको व्यापार तनाव हल गर्न यस्तो सम्झौता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताएका छन् । चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्व्याइएको बताए । अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले […]