काठमाडौँ, ११ साउन । काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आजदेखि नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा […]
स्वास्थ्य
आँखा परीक्षणबाट ५५१ विद्यार्थी लाभान्वित
कास्की, ११ साउन । रोटरी क्लब अफ न्युरोड पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । पहिलो दिन कक्षा ५ सम्मका ५५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिए । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । बाँकी […]
आँखा परीक्षणबाट ५५१ विद्यार्थी लाभान्वित
कास्की, ११ साउन । रोटरी क्लब अफ न्युरोड पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । पहिलो दिन कक्षा ५ सम्मका ५५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिए । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । बाँकी […]
३१ प्रतिशत वायु प्रदूषण मापदण्ड विपरीतका साधनबाट
काठमाडौँ, १० साउन । काठमाडौँ उपत्यकामा ३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन प्रतिवदेन सार्वजनिक तथा वातावरण विधेयक–२०७५’ विषयक अन्तरक्रिया कार्यक्रममा उपत्यकामा सवारीसाधनले अत्यधिक चाप हुनाका साथै मापदण्ड विपरीतका सवारीसाधनले ३१ प्रतिशत प्रदूषण हुने गरेको पाइएको हो । […]
दमकमा १९ जनामा डेंगु
दमक, १० साउन । झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिए । दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा पैmलिएको डेंगु यो वर्ष भने फाट्टफुट्टरुपमा मात्रै देखिएको बताए । दमकमा गर्मी […]
नसर्ने रोग लागेकाको सङ्ख्या बढ्दै गएको अनुसन्धानको दाबि
काठमाडौँ, ९ साउन । बदलिँदो रहनसहन र खानपानका कारण मिर्गाैला, मुटु, श्वासप्रश्वास र मधुमेहजस्ता नसर्ने रोगीका सङ्ख्या बढेको एक अध्ययनले देखाएकोे छ । अस्पतालमा आएका बिरामीका सङ्ख्याका आधारमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर सम्पन्न गरेको नसर्ने रोगसम्बन्धी अनुसन्धानले ती चार प्रकारका रोगी बढिरहेको उजागर गरेको छ । सन् २०१६ बाट शुरु भई सन् […]
‘प्रदेश नं २ स्वास्थ्य र शिक्षाको अवस्था कहालिलाग्दो’
जनकपुरधाम, ९ साउन, । उपप्रधान एवम् जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था कहालिलाग्दो भएको बताएका छन । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले काठमाडाँै उपत्यकाका अस्पतालहरूमा पनि प्रदेश नं २ कै बिरामीको चाप अधिक देखिएको चर्चा गरे । उनले […]
तनाव कम गर्न योग
चितवन, ९ साउन । नेपाली काँग्रेस चितवनले आफ्ना नेता तथा कार्यकर्ताहरुको तनाव व्यवस्थापनका लागि दुईदिने राजयोग शिविर आज सम्पन्न गरेको छ । पछिल्लो समय मानसिक तनावका कारण समाजमा हुने सामाजिक घटनाहरुलाई न्यूनीकरण गर्दै आफूलाई असल नेताका रुपमा उभ्याउन सहज हुने भन्दै यो शिविर सञ्चालन गरिएको हो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तनावले कसैलाई पनि […]
ह्विलचेयर पाउनभन्दा बनाउनै गाह्रो
काठमाडौँ, साउन ९ गते । रूखबाट लड्दा धादिङ जिल्लाको त्रिपुरासुन्दरी–२, सल्यानटारका अञ्जन श्रेष्ठको मेरुदण्डमा चोट लाग्यो । त्यसपछि हिँडडुल नै बन्द भएका श्रेष्ठ दुई वर्षअघि धादिङमै शारीरिक पुनस्र्थापना केन्द्रले गरेको घुम्ती शिविरमा गए। त्यहाँ उनले मोबिलिटी ह्विलचेयर पाए। ह्विलचेयर पाएपछि उनको जीवन थोरै सहज भएको थियो तर केही महिनाअघि उनको ह्विलचेयर बिग्रियो । ह्विलचेयर मर्मत […]
विराटनगरस्थित प्रदेशिक अस्पताल सर्पले डसेका बिरामीको चाप बढ्यो
विराटनगर, ८ साउन । विराटनगरस्थित प्रदेशिक अस्पताल ९कोशी०मा सर्पले डसेका बिरामीको चाप बढेको छ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो । सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको सो अस्पतालका आकस्मिक कक्षका प्रमुख डा सङ्ज्ञा ज्ञवालीले बताए। गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले […]











