आँखा परीक्षणबाट खैरेनीटार माध्यमिक विद्यालयका ६६३ विद्यार्थी लाभान्वित

दमौली, १९ साउन । रोटरी क्लब अफ न्यूरोड पोखराले तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरेको छ । कक्षा नर्सरीदेखि ८ सम्मका ६६३ विद्यार्थीको आँखाको परीक्षण गरिएको कार्यक्रम संयोजक दीपेन्द्र शर्माले जानकारी दिए। मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । क्लबको […]

बालबालिकाका लागि सबैभन्दा ठूलो अस्पताल बनाउँदै डा. भगवान

काठमाडौं । मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान कोइराला यतिबेला बाल अस्पताल खोल्ने अभियानमा जुटेका छन् । लामो समयदेखि मुटुरोग विशेषज्ञको रुपमा कार्यरत डा कोइरालाले बालस्वास्थ्यको अवस्था र सुधारमा योगदान दिन आफूले बाल अस्पताल सञ्चालन गर्न लागेको खबरहबसँग बताए । ‘म मुटुको डाक्टर हो, तर मुटुरोगको उपचारले मात्रै बाल स्वास्थ्यमा सुधार ल्याउन सक्दैन, मलाई पछिसम्म पनि […]

डेङ्गुको महामारी बढ्दै,तनहुँमा बिरामी भेट्टिए

दमौली, १८ साउन । तनहँुमा डेङ्गुका बिरामी फेला परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका १५ वर्षीय कैलाश थापामा डेङ्गु देखा परेको हो । ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकामा निजमा डेङ्गु देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । “किशोरमा डेङ्गुको सङ्क्रमण […]

शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

बेझाड, १८ साउन । रामपुर नगरपालिका–२ मा निर्माण भएको शहरी स्वास्थ्य केन्द्र भलायटारको भवन उद्घाटन भएको छ । नवनिर्मित भवनको नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि चाहिने आवश्यक सामग्री पनि नगरपालिकाले प्रबन्ध गर्ने बताए । नगरपालिकाको ३१ लाख २० हजारको लागतमा छ कोठासहितको सो भवन निर्माण भएको हो […]

सर्पदंश उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता; राष्ट्रपति भण्डारी

काठमाडौँ, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्पदंशको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन, जनचेतना अभिवृद्धि र उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता भएको बताईन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनद्वारा राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित सर्पदंशसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालमा […]

‘घाट’बाट फर्काई अस्पताल भर्ना गरिएकी महिलाको मृत्यु

पाल्पा –१७ साउन । अर्धजलका लागि रिडी घाट पु¥याइएकी रैनादेवी छहरा–१, सिद्देश्वरकी ३६ वर्षकी नर्मदा ज्ञवालीको मृत्यु भएको छ । नर्मदाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । झाडापखालाबाट बिरामी भएकि ज्ञवाली गत असार २५ गते तानसेनस्थित मिसन अस्पतालमा उपचार गरिएको थियो । मिसनमा १० दिन उपचारको क्रममा उनको सुधार […]

सबै पालिकामा स्तनपान कक्ष स्थापना हुँदै

काठमाडौँ, १६ साउन । काखमा नवजात शिशु छ, स्तनपान गराइरहनुपर्छ । सेवा लिन स्थानीय सरकार गाउँपालिका÷नगरपालिका तथा प्रदेश जानुपरेको छ । नजिकको सरकारको भवनमा स्तनपान मैत्री संरचना छैनन् ।यो समस्याको अब अन्त्य भएको छ । पालिका तथा प्रदेश कार्यालयले अनिवार्य आफ्ना भवनमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान सरकारले कार्यान्वयनमा ल्याउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

बालकको मुखबाट शल्यक्रिया गरेर ५२६ दाँत निकालियो, मोबाइल टावरको रेडियशनले यस्तो हुनसक्ने चिकित्सकको भनाई

काठमाडौं । भारतको चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालेको छ । बच्चाको दायाँ गाला सुन्निएको थियोे । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन् । यस्तो घटना संसारको पहिलो भएको डाक्टरले दाबी गरेका छन् । डाक्टरले यो स्थितीलाई कम्पाउन्ड कम्पोजिट […]

अर्जुनीमा सर्पदंशका बिरामी बढ्दै

भीमदत्तनगर, १५ साउन । नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गइरहेको छ ।झण्डै छ वर्षअघि नेपाली सेनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थी खटिएको अर्जुनी गुल्म परिसरमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको थियो । सर्पदंश उपचार केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रबहादुर कार्कीले दैनिक चार÷पाँच जना सर्पले टोेकेका बिरामीहरु उपचारका लागि आउने गरेको […]

१०१ वर्षीय रेग्मीलाई पोषण भत्ता

विराटनगर, १४ साउन । विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ ।महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै गई उक्त रकम उपलब्ध गराउनाका साथै सँगै गएका चिकित्सकले उनको स्वास्थ्य परीक्षणसमेत गरेका थिए । यसैगरी वडा नं ३ निवासी […]