सुरुङ्गा २५ साउन । झापाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहर मापदण्डविपरीत आफ्नै परिसरमा जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको फोहर परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० मा ‘अस्पतालबाट निस्काशन हुने सामान्य तथा चिकित्साजन्य फोहरमैला प्रकृति अनुसार स्रोतमै अलग–अलग […]
स्वास्थ्य
डेङ्गु नियन्त्रण गर्न ‘खोज र नस्ट गर’ अभियान
हेटौँडा, २४ साउन । मकवानपुरमा १४ दिनको अन्तरमा ८३ जनालाई डेङ्गु सङ्क्रमण भएपछि हेटौँडा उपमहानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियान तीव्र पारेको छ । अघिल्ला वर्षमा खासै समस्या नदेखिए पनि यो वर्ष दैनिक १० देखि १५ जना डेङ्गु सङ्क्रमित देखिन थालेपछि उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले कार्यपालिकाको विशेष बैठक डाकेर अभियानको थालनी गरेका हुन् । उपमहानगरले […]
एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा
चितवन, २४ साउन । चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ । स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गरेका हुन् । भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र माडी नगरपालिकाले आठ÷आठ र खैरहनी […]
हेटौँडामा ६२ जनामा डेङ्गु सङ्क्रमण
हेटौँडा, २३ साउन । मकवानपुरमा ६२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । सङ्क्रमितमध्ये ३० जना सरकारी तथा ३२ जना निजी क्लिनिकमा उपचार गराइरहेको छ । ती सबै सङ्क्रमित हेटौँडा उपमहानगरपालिकाका छन् । डेङ्गुको संक्रमण बढेपछि उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ । उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन […]
सरकारले तोकेको तलबमानप्रति चिकित्सक संघको कडा आपत्ती, चिकित्सकलाई एसएलसी पास प्रावि तहको शिक्षक सरह तलब
काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारले १ साउनदेखि लागू हुने गरी सरकारले कायम गरेको सरकारी कर्मचारीको तलबमानमा तत्काल संशोधन गर्न सरकारसित माग गरेको छ । एनएमएले स्वास्थ्यसेवाका अधिकृतस्तर आठौँ तहका चिकित्सकको तलबमान एसएलसी उत्तीर्ण गरेका प्राथमिक तह प्रथम श्रेणीका शिक्षकसमान नै निर्धारण गरिएकाले चिकित्सकको तलबमान सच्याउन बुधबार विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । प्लस […]
परिवार नियोजन सङ्घबाट ७५ हजारलाई सेवा
विराटनगर, २१ साउन । नेपाल परिवार नियोजन सङ्घ मोरङ शाखाले सन् २०१८ मा ७५ हजार १०३ जनालाई विभिन्न सेवा उपलब्ध गराएको छ ।शाखा प्रमुख शङ्करप्रसाद दाहालकाअनुसार सुरक्षित परिवार योजनातर्फ १७ हजार ९७५ जनालाई सेवा प्रदान गरेको छ । सो अवधिमा तीन हजार ९८८ जना कण्डम सेवा प्राप्त गरेका छन् । तीमध्ये तीन हजार ७७९ पुरुष […]
चितवनमा ३१ जनामा डेङ्गु सङ्क्रमण
चितवन, २१ साउन । जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । गत आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये १५ चितवनका र अन्य बाहिरी जिल्लाका हुन् । भरतपुर महानगरपालिका–१, २, ३, १० र ११ का […]
स्वास्थ्य बीमाको सेवा बढ्दो
तनहुँ, २१ साउन । आर्थिक वर्ष ०७५÷७६ मा दमौली अस्पतालबाट स्रोह हजार ४८५ जनाले स्वास्थ्य बीमामार्फत स्वास्थ्य उपचार सुविधा लिएका छन् ।उनीहरुले स्वास्थ्य बीमाअन्तर्गत औषधि, आँखा, दन्त, मानसिक, डायलासिस, एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला लगायतका सुविधा लिएका हुन् । मिर्गौला, मुटु, ‘लिभर फक्सन टेष्ट’ जस्ता जटिल रोग लगायतका सेवा सुविधा दमौली अस्पतालबाट प्रदान गर्न थालेपछि बीमितहरुले […]
काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना
काठमाडौँ, २१ साउन । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए। स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता […]
मिर्गौलाका घातक रोग केही मिनटमै पत्ता लगाउँछ यो एपले
मोबाइल फोनमा हुने एउटा एप मानिसमा घातक सिद्ध हुन सक्ने मिर्गौला रोग भए नभएको पत्ता लगाउन सहयोगी बनेको छ। मिर्गौलाको रोग केही मिनेटमै पत्ता लाग्न थालेपछि स्वास्थ्यकर्मीहरूले यो विधिले बिरामीको जीवनरक्षामा सहयोग पुर्याउन सक्ने बताएका छन्। सेप्सिसजस्ता गम्भीर प्रकारको रोग लागेका बिरामीको मिर्गौलामा हानि पुग्न सक्छ। त्यस्तो समस्या प्राय: वृद्ध बिरामीहरूमा देखिन्छ। छिटो उपचार नगरे […]









