यस्ता छन् क्वाँटि खानुका फाइदा

परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । “क्वाँटि” शब्द नेपालभाषाको “क्वाति” शब्दबाट बनेको हो, जस अनुसार “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल वा सुप भन्ने भएकोले “क्वाति” वा “क्वाँटि” को अर्थ तातो झोल भन्ने बुझिन्छ । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । चना, मस्याङ, […]

उपचारका लागि सहयोग गर्न जनप्रतिनिधिको याचना

हेटौँडा, २९ साउन । ‘भाइ मलाई कहिले लाने इन्डिया रु छिटो गरन, छिटो नगरे त म मरिहाल्छु नी । मलाई जे गरेर भए पनि बचाइदेउ ।’ चितवनको एउटा अस्पतालको शय्यामा आफ्नो भाइलाई बचाइ दिन एक महिला यसरी हारगुहार गर्दैछिन् । पुरुषहरुको झै छोटो कपाल भएकी ती बिरामी महिला एक जनप्रतिनिधि हुन् । मृत्युसँग जुधिरहेकी उनि […]

सुत्केरीको हेलिकप्टरबाट उद्धार

हुम्ला, २८ साउन । हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पु¥याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो । महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिए । […]

स्थानीय तहमा सुत्केरीलाई प्रोत्साहन भत्ता

भीमदत्तनगर, २८ साउन । सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउने महिलालाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रोत्साहनस्वरुप रु ५०० भत्ता दिँदै आएको छ ।सुत्केरी भएपछि नियमितरूपमा गराउनुपर्ने स्वास्थ्य जाँच गराउन प्रोत्साहनस्वरुप महिलालाई भत्ताको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गजेन्द्र विष्टले बताए। “स्वास्थ्य जाँच नगराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने खतरा बढ्न थालेपछि नगरपालिकाले भत्ता दिने निर्णय […]

पाल्पामा पनि डेंगुका बिरामी बढ्दैं

पाल्पा, २८ साउन् । पछिल्लो समय पाल्पामा पनि डेंगुका विरामी बढ्दै गएका छन् । पाल्पा जिल्लामा ७ जना डेंगुका विरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो समय पाल्पामा गर्मी बढेसँगै डेंगुका बिरामी देखिन थालेको सूचना अधिकारी माधव ज्ञवालीले बताए ।तराइका छिमेकी जिल्लासँग सम्पर्क र सम्बन्ध बढेका कारण पनि पाल्पामा यस्ता बिरामी बढ्दै […]

कुलत बन्दै इन्टरनेट, युवाहरूमा नै देखिन थाल्यो मेरुदण्ड खिइने र अन्य जटिल रोग

केही समयअघि गर्धन दुख्ने समस्या लिएर आएका २५ वर्षीय युवकलाई मेरुदण्डको हाड खिइने जटिल रोग भएको अनुमान हाडजोर्नीसम्बन्धी चिकित्सक राजेश महर्जनले गरेकै थिएनन् ।  प्राय: ५५ वर्षमाथिका पुरुषमा देखापर्ने रोग ती युवकमा देखेर डा. महर्जन अचम्ममा परे ।  एक्सरे रिपोर्ट हेर्दा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने ती युवकको सामान्य अवस्थामा फर्कनै नसक्ने गरी हाड खिइसकेको […]

ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फिर्ता

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किएका छन । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर […]

गाजा फँडानी अभियान

दमौली, २७ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका इलाका प्रहरी कार्यालयले अवैध गाजा फँडानीलाई अभियानका रुपमा सञ्चालन गरेको छ ।समुदाय–प्रहरी साझेदारीअन्तर्गत स्थानीयवासीको सहयोग र सक्रियतामा गाजा फँडानीलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। “गाउँघरमा गाँजा खेती भइरहँदा युवाको आवतजावत बढ्ने र त्यस्ता युवाहरुले विभिन्न प्रकृतिका घटना घटाउन […]

बकुलहर अस्पतालमा अन्तरङ्ग सेवा

चितवन, २६ साउन । पूर्वी चितवनमा रहेको सरकारी बकुलहर रत्ननगर अस्पतालमा भदौबाट बिरामी भर्ना सुविधा दिइने भएको छ । पन्ध्र श्ययाको सो अस्पतालमा हाल बहिरङ्ग सेवा मात्रै सञ्चालन हुँदै आएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेका अनुसार सो क्षेत्रका बिरामीलाई सुविधा दिलाउने उद्देश्यले सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा स्थानीयवासीले धान्याञ्चल महायज्ञ […]

अवैध मेडिकलको मनोमानी उपचारले स्वास्थ्यमा समस्या

जाजरकोट, २६ साउन । जाजरकोटका गाउँ–गाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिएको हुनुपर्ने प्रावधान भएपनि यहाँका धेरैजसो मेडिकल पसल नियमविपरीत अवैधरुपमा सञ्चालन भइरहेका छन् ।स्वास्थ्यसम्बन्धी सामान्य तालीम लिएकाले पनि मेडिकल सञ्चालन गरिरहेका छन् । नियमनकारी निकायले यसतर्फ कुनै चासो नदिँदा गाउँ–गाउँमा […]