कीर्तिपुर रंगमञ्चमा ‘क्याभास एट थियटर’ प्रदर्शनी

काठमाडौं, २५ पुस । कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालिन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङगरी दुई विधाका ३० चित्रहरु प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा रहेका चित्रहरुले समकालिन […]

सिजनल क्रान्तिकारी र देशभक्त

म अहिले क्रान्तिकारी भएको छु म देशभक्त पनि भएको छु पहिलेपहिले पनि म धेरै पटक क्रान्तिकारी ,देशभक्त भएको थिए फेरि अहिले एकपटक पुन भएको छु किनकी म सिजनल देशभक्त र क्रान्तिकारी हुँ किनकी म कतै भाग नपाएर बेहाल भएको छु। पहिले कहिलेकाही म सांसद नभएको पनि होइन म मन्त्री नभएको पनि होइन त्यतिखेर निदाएको मेरो […]

नवीन कलाश्री पुरस्कार वरिष्ठ कलाकार मानन्धरलाई

काठमाडौँ, १ मङ्सिर । नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ अर्पण गरिएको छ । पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गरेको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’द्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु ५० हजार नगद रहेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले विसं २०७६ […]

अतिक्रमित भूमिबाट फिर्ता हुन साहित्यकारको माग

काठमाडौँ, २९ कात्तिक । नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान साहित्यकारले माग गरेका छन् । मानवअधिकार तथा शान्ति समाजको आयोजनामा ८५औँ शान्ति काव्य प्रवाहमा कविहरुले भारतले गरेको नेपाली भू–भाग अतिक्रमणको तीव्र विरोध गरे । समाजले प्रत्येक महिनाको अन्तिम बिहीबार शान्ति काव्य प्रवाह […]

विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा

हेटौँडा, २८ कात्तिक । नारी साहित्यकारहरुको संस्था आँचल साहित्यकला पुञ्जले यस वर्ष प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेको छ । संस्थाले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ बाट काठमाडौँकी समाचालोक÷कवि डा विन्दु शर्मा, प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ बाट […]

विश्व नेपाली साहित्य महोत्सव धनगढीमा गरिने

अत्तरिया, २६ कात्तिक । कैलालीको धनगढीमा आउँदो फागुन ६ देखि १२ गतेसम्म विश्व नेपाली साहित्य महोत्सव २०७६ को आयोजना गरिने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुनलागेको साहित्य महोत्सवमा संसारभरिका नेपाली साहित्यकारको सहभागिता हुने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमस्थलका रूपमा रहेको काली कर्णाली क्षेत्रको […]

पूर्वीय दर्शनबारे जनकपुरमा गरमागरम बहस

जनकपुर । दुई नम्बर प्रदेशको राजधानी मिथिला नगरी जनकपुरधाममा आइतबार पूर्वीय दर्शनमाथि गम्भीर छलफल भएको छ । पूर्वीय दर्शनसहित अन्य विभिन्न विषयमा भएको विचार विमर्श नेपाल साहित्य उत्सव अर्न्तगत गंगासागर किनारमा आयोजना गरिएको थियो । महोत्सवको अन्तिम दिन जनकपुर केन्द्रित रहेर पूर्वीय दर्शनमाथि बहस गरिएको हो । पूर्वीय षड्दर्शन (६ दर्शन) मध्ये चार मिथिलाभूमि जनकपुरमै लेखिएको […]

लाचारीको आँसुले भिजेका पछ्यौराहरु

गजल लाचारीको आँसुले भिजेका छन् आमाका पछ्यौराहरु जनताको हात बने न्यायको भीख माग्ने कचौराहरु कहाँ पुग्यो यात्री कुन्नि तर किनारमै छन् माझीदाइ आखिर कसले सम्झिन्छ र खोला तरेपछि लौराहरु आफूले सजाउने गला छान्न पाउँदैनन् सयपत्रीहरु इमानको दोसल्ला ओढी लाज पचाउछन् नकचराहरु

आमा म त्यो बोर्डिङ स्कूलमा पनि पढ्दिनँ

सुयोगः बुवा एउटा पेन्सिल कटर किनिदिनुहोस् न, पेन्सिल तिखार्न चाहियो। वाग्ले सरः ऊ त्यहाँ चक्कु छ, त्यही चक्कुले तिखार न। सुयोग मुख खुम्चाउँदै सुस्तरी भन्छ,‘सधैं यही भन्नुहुन्छ’। वाग्ले सरः के रे अहिले बढी बोल्दा गालामा थप्पड लगाइदिन्छु, जा उता आमासित गएर बस्। सुयोग निन्याउँरो मुख लगाउँदै हातमा कपीकलम लिएर भान्छाकोठामा जान्छ। वाग्ले सर भने आँखा […]

ठमेलको भट्टी पसलमा बसेर, गाउँको ठेकीमा पारिएको मोहीको कविता लेख्ने कविजस्तो

कविता: फरक पहिले तिमी हाँस्दा तिम्रा दाँतहरुमा टल्किन्थ्यो– झरनाको निर्मलता तिम्रो मुहारमा मुस्काउँथ्यो समाजको अतिक्रमणबाट मुक्त बालकको निर्दोषिता तिम्रा आँखाका ओठहरु र ओठका आँखाहरूको एउटै थियो भाषा अहिले पनि तिमी मुस्काउँछौ उहीँ ऊर्जा र भंगिमाकासाथ तर, तिम्रा दाँतहरुमा चम्किन्छ टुथपेस्टवाला बजारिया चतुरता अनुहारमा झल्किन्छ सुटिङ गर्नुअघिको घण्टौंको मेकअप तिमी आँखा र ओठहरु पर्खाल जोडिएर पनि […]