काठमाडौँ । सम्पत्ति जाँचबुझ आयोगविरूद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित म्याद सूचना पाएका मितिले […]
समाचार
सभामुखले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रमको छलफलमा उपस्थित हुन आग्रह गर्ने
काठमाडौँ । विपक्षीले सदनमा प्रधानमन्त्रीको खोजी गरेपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने भएका छन् । बुधबार तेस्रो पटक पनि प्रतिनिधिसभा बैठक सुचारु नभएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई नीति तथा कार्यक्रमको छलफलमा उपस्थित हुन आग्रह गर्ने भएका हुन् । तर, अर्यालले आफूलाई प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार […]
आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टकाे राजीनामा आएको पुष्टि गरे । सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेकाे थियाे ।
प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीले अवरोध राखेपछि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो । अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । यसअघि पनि विपक्षीले सोही माग राखेर अवरोध गरेपछि १५ […]
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल
काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ । बुधबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव गरेका हुन् । सभामुखले अर्थमन्त्री वाग्लेलाई प्रस्ताव राख्न समय दिएपछि विपक्षी दलका नेताहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका नेतालाई […]
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमहरू छन् । […]
जवाफ दिन नआएपछि विपक्षी सांसदले संसद्मै मागे प्रधानमन्त्री राजीनामा, हर्कले छाडे बैठक
काठमाडौं । विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् । आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् । उनीहरूले अहिले प्रधानमन्त्रीको […]
न्यायाधीशबारे रास्वपाले गरेको टिप्पणीमा कांग्रेसको आपत्ति
काठमाडौं । न्यायाधीशहरूबारे राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको टिप्पणीमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सर्वोच्च अदालतको न्यायाधीश भएर ‘व्यापारिक घरानाका कार्यक्रममा जाने, दुई तिहाइको सरकारलाई ललकार्ने ?’ भन्दै प्रश्न गरेका थिए । त्यसपछि बुधबार कांग्रेसका सचेतक निश्कल राईले आपत्ति जनाएका हुन् । उनका अनुसार, संविधानमा […]
सार्वजनिक भए मन्त्रिपरिषद् बैठकका ४ निर्णय
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका चार वटा मुख्य निर्णय सार्वजनिक गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरिएको जानकारी दिए । उनका अनुसार बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधनलाई पनि स्वीकृति दिएको छ । त्यस्तै, […]
प्रतिनिधि सभाको सचिवमा पूर्वकर्मचारी प्रकाश अधिकारी सिफारिस
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । यसअघिका सचिव हर्कराज राईलाई हटाएर सभामुख अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् । सङ्खुवासभा निवासी अधिकारी नेपाल सरकारको उपसचिव पदबाट निवृत्त भएका पूर्वकर्मचारी हुन् । संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस […]











