विद्यालयबाट फर्कदै गरेका शिक्षकलाई गोली हानी हत्या गर्ने ११ वर्षपछि पक्राउ

काठमाडौँ, २२ असार । ११ वर्षअघि एक शिक्षकलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिकामा शिक्षकलाई एक समूहले गोली हानेर हत्या गरेको थिया े। सोही समूह मध्येका एक ४४ वर्षीय नन्दु बैठा ११ वर्षपछि पक्राउ परेका हुन् । गाउँघरमा प्रवेश गरि लुकिछिपि बसेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले उनलाई सोमबार […]

मास्क नलगाएर हिड्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारको निर्देशन, एकै जिल्लामा १०२ पक्राउ

काठमाडौँ, २२ असार । मास्क नलगाएर घर बाहिर निस्कनेलाई पक्राउ गर्न सरकारले प्रहरीलाइ परिपत्र गरेको छ । प्रहरीलाइ गृहमन्त्रालयले यस्तो परिपत्र पठाएको हो । परिपत्रमा मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गरी कारबाही गर्न भनिएको छ । यस्तो पत्र देशभर लागु हुने जनाउँदै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र पठाएको […]

काठमाडौँ महानगरपालिकाले ए डिभिजन क्लबलाई प्रति क्लब रु १० लाख सहयोग

काठमाडौँ, २२ असार । काठमाडौँ महानरपालिका क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन क्लबलाई महानगर पालिकाले आर्थिक सहयोग गरेको छ । सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले महानगर क्षेत्र भित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गर्नुभएको हो। काठमाठौँ महानगरपालिकाले अघिल्लो वर्ष पनि ए, वि र सि […]

माधव नेपाललाई निगरानी गर्न प्रधानमन्त्रीले सुरक्षाकर्मी परिचालन गरेको खुलासा

काठमाडौँ, २२ असार । प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गर्दै राजिनामा गराउने दौडमा लागेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले निगरानी गर्न सुरक्षाकर्मी परिचालन गरेको खुलेको छ । नेता नेपालको सचिवालयले यो जानकारी सार्वजनिक गरेको हो । पछिल्लो समय पाटीभित्र विवाद बढ्दै गएको छ । पाटीभित्रको […]

दिल्लीबाट ६ नेपाली युवतीलाई नेपाल फर्काइयो

कपिलवस्तु । विश्वभर कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास फैलिएको बेला सबैलाई आफ्नो स्वास्थ्य सुरक्षाको चिन्ता छ । तर धनकै लागि मरिहत्ते गर्नेलाई भने व्यक्तिगत स्वास्थ्यको चिन्ताभन्दा धन कमाउने उपायकै खोजीमा भौतारिन्छन् । यतिबेला बिचौलियाहरु मानव बेचबिखनकै तानाबाना बुनिरहेका छन् । सोझा साझा युवतीहरुलाई राम्रो जागिरको प्रलोभन देखाउँदै सीमा कटाउने गरेको घटना सार्वजनिक भएको छ । […]

मन्त्रीहरुलाइ कित्ता रोज्न चेतावनी, सबैलाइ नियन्त्रणमा लिने भन्दै गरे संकटकालको संकेत

काठमाडौं, २० असार । शनिवार साँझ अबेर बालुवाटारमा बाेलाएर प्रधानमन्त्री केपी शर्मा अाेलीले सरकारका मन्त्रीहरुलाइ कित्ता राेज्न अाग्रह गरेका छन् । पार्टीमा अाफ्ना विरुद्ध गम्भीर षड्यन्त्र भएकाे भन्दै अाेलीले यस्तो बेलामा कुन कित्तामा लाग्ने भन्दै मन्त्रीहरुलाइ चेतावनी दिए । प्रधानमन्त्रीले अस्वभाविक रुपमा मन्त्रीहरुलाइृ चेतावनी दिँदै अाफ्ना विरुद्ध मात्र नभएर राष्ट्रपतिका विरुद्धमा समेत षड्यन्त्र भएकाे बताए […]

साँझ अबेर बालुवाटारमा मन्त्रीहरुसँग प्रधानमन्त्रीले बोलाएको बैठक सकियो

काठमाडौं, २० असार । राष्ट्रपतिसँगकाे गाेप्य भेट लगत्तै बालुवाटारमा प्रधानमन्त्रीले मन्त्रीसँग गरेकाे बैठक पनि सकिएकाे छ । शनिबार साँझ अबेर भएको छलफलमा के के कुरा भए भन्नेबारे भने केही बताइएकाे छैन ।  प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकिएको पनि छलफल र निकर्ष केही सुनाइएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि छलफल सकिएको […]

खोकनामा रोपाइँको क्रममा प्रहरी र स्थानीयवासीबीच झडप र दर्जन बढी अश्रुग्यास प्रहार

काठमाडौं, २० असार । काठमाडौं उपत्यकाभित्रको दक्षिणी पुरानो एेतिहासिक प्राचीन वस्ती ललितपुरकाे खोकनामा शनिबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रस्तावित द्रुतमार्ग फास्ट ट्र्याकको नाममा खोकनाका किसानहरुको खेती योग्य जमिन खोसिएको जमिनमा स्थानीयले खेत रोप्न थालेपछि झडप भएको हो । खोकनाको सभ्यता जोगाउनुपर्ने, विकासको नाममा उर्वर भूमी बिनास गर्न नहुनेलगायतका माग राखेर स्थानीय […]

असार २२ सम्मका लागि नेकपा स्थायी कमिटिको बैठक स्थगित

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ । शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने पर्ने मागमा अडिग रहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता […]

चीनलाइ चुनौती दिँदै साउथ चाइना समुन्द्रमा अमेरिका सैन्य अभ्यास गर्दै

एजेन्सी । चीनसँग विवाद जारी रहँदा अमेरिकी नौसेनाले साउथ चाइना सीमा सैन्य अभ्यास गर्ने भएको छ। सैन्य अभ्यासका लागि अमेरिकी सेनाले साउथ चाइना सीमा दुईवटा विमान वाहक पानीजहाज र केही युद्ध पोतहरु पठाउने तयारी गरेको सीएनएनले जनाएको छ। अमेरिकी सैन्य अधिकारीहरुले फिलिपिन्स सी र साउथ चाइना सीमा सैन्य अभ्यास हुने जानकारी दिएका छन्। यो सैन्य […]