राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई पक्राउ गरेको हो । उनले एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको पाइएको छ । ५० लाख जनालाई म्यासेज पठाएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । नेपाल टेलिकमको गेट वे […]

कुलमान घिसिङ भन्छन् : उज्यालो नेपाल पार्टीले कसैसँग एकता गर्दैन

काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) अध्यक्ष कुलमान घिसिङले कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्ने बताएका छन्। सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसको खण्डन गरेका हुन्। ‘विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो […]

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा रवि लामिछानेको निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका लागि प्रयास गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् । उनीमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरेको आरोप लागेको थियो । उनले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता […]

निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताको लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महाराजगन्ज पुगेका छन् । व्याप्त विवाद निरूपणको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय देउवालाई भेट्न महाराजगन्ज पुगेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए । टेलिफोन र अन्य नेताहरू मार्फत भएको कुराकानीलाई अन्तिम रूप दिन महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास […]

सिन्धुलीमा सशस्त्र समूहद्वारा नेपाल एसबीआई बैंक लुटपाट

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ। मंगलबार साँझ करिब ७ बजेको समयमा नकाबधारी लुटेरा समूहले बैंकमा लुटपाट मच्चाएका छन् । प्रारम्भिक जानकारी अनुसार लुटेरा समूहले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर बाँधेको तथा त्यसपछि रकम लुटेर फरार भएका छन् । लुटिएको रकमको यकिन विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन। […]

पार्टी सभापति र प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि ल्याउँदैछौं : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्रीका रुपमा गगन थापालाई अघि लागेर जाने बताएका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको समापनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘कांग्रेस एउटा नवीन ऊर्जा लिएर आउँदैछ। नेपाली कांग्रेस पार्टी बदलिएर आउँदैछ। बलियो नेतृत्व लिएर आउँदैछ। राम्रो दृष्टिकोण लिएर आउँदैछ। […]

मन्त्रिपरिषद् बैठकका बिभिन्न निर्णयहरु सार्वजनिक

काठमाडौं । सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले माघ ४ गते ११ बजे संघीय संसदको राष्ट्रिय सभाको अधिवेश आह्वान गर्ने निर्णय […]

सभापति, उपसभापति, महामन्त्री सहित सबै पदाधिकारीमा चुनाव हुने, तोकियो उम्मेदवारी शुल्क

काठमाडौँ । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनमा एक सभापति, दुई उपसभापति र दुई महामन्त्री गरी साबिकको विधान अनुसारका सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू भएको छ। विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता फारम वितरण सुरू भएको छ। पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबैमा निर्वाचित हुने विधानको व्यवस्था छ। सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस […]

बालुवाटारमा सुरु भयो कांग्रेस मिलाउने वार्ता, को-को छन् सहभागी ?

काठमाडौँ । नेपाली कांग्रेसको विवाद मिलाउने प्रयासस्वरुप दुई पक्षीय वार्ता सुरु भएको छ । राजधानीको बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबिचको वार्ता टोलीबिच दोस्रो चरणको वार्ता सुरु भएको हो । यसअघि आजै बिहान पनि वार्ता भएको थियो । तर, सो बैठकमा आ–आफ्नो कुरा राख्नेबाहेक ठोस प्रगति हुन सकेको थिएन । दोस्रो चरणको […]

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि माघ ६ गते हुन लागेको प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मंगलबार रिट पेस गरेका हुन् ।उनले निर्वाचन तालिका सम्बन्धी सम्पूर्ण कार्यक्रम तत्काल स्थगितको माग गरेका छन् […]