पाल्पा बुटवल सडकमा यात्रुलाई सास्ती नै सास्ती

पाल्पा, २२ असोज । पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन् । यस सडकखण्डमा पर्ने दोभानदेखि […]

नियम उलंघन गरी बिपी राजमार्गमा सवारी चलाउनेहरुमाथि धमाधम कारबाही

धुलिखेल, २१ असोज । काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र […]

भारतमा बेचिएकी किशोरी र बालिकालाई दिल्लीको कोठीबाटै उद्धार

चितवन, २१ असोज । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिइन । भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएकी […]

विद्यालयका लागि ९ लाख सहयोग

झापा, २१ असोज । झापा गाउँपालिका–६ मा रहेको भृकुटी आधारभूत विद्यालयको भवन निर्माणका लागि अमेरिकाको टेक्सास राज्यमा कार्यरत नेपालीको संस्था नेपाली समाज टेक्सासले रु नौ लाख सहयोग गरेको छ । समाजका सभापति कृष्ण लामिछानेले शुक्रबार विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष लामिछानेले […]

समसामयिक गजल : पाेथीसँग भाले मिले अनाैठाे के भाे र ?

  -सुशीलराज शाही “एकीकृत”- कालीकोट ।   झालेसँग माले मिले अनाैठाे के भाे र ? अर्काे उस्तै खाले मिले अनाैठाे के भाे र ?   बैचारिक, चारित्रिक र नाता रगतकाे हुन्छ छाेरासँग बा मिले अनाैठाे के भाे र ?   अाकार, प्रकार र कार्य भिन्नता छ र पनि सिँगानेसँग राले मिले अनाैठाे के भाे र […]

नेकपाका दुई नेता अपहरणशैलीमा गिरफ्तार

  १८ असोज सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला सदस्य लक्ष्यमण कार्की र रमेश न्यौपानेलाई प्रहरीले इटहरीचोकबाट प्रहरीले गिरफ्तार गरेको जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ले जानकारी दिए । कार्की इनरुवा नगरपालिकाका सेक्रेटरी समेत हुन् । जिल्ला इन्चार्ज श्रेष्ठले बिना कारण अाफ्ना नेताहरुलाई सादा पोशाकका प्रहरी अपहरणशैलीमा गिरफ्तार गरेको […]

१३.६ मेगावाटको थापाखोला जलविद्युत् निर्माण

मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु गरेको हो ।    असोज अन्तिममा […]