लाङ्टाङमा जापानी पर्यटकको मृत्यु

रसुवा, ३ मंसिर । लाङटाङ क्षेत्रको पदयात्रामा गएका एक जापानी पर्यटकको आज रिम्चे क्षेत्रमा निधन भएको छ । मृत्यु हुनेमा ७० वर्षीय इवाता ताकासी रहेको र उनी आज बिहान शेर्पागाउँबाट लाङटाङतर्फ जाँदै गर्दा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए । उनको शव लिन प्रहरीसहित गएको हेलिकप्टर उक्त गाउँमा […]

श्रीमतीको हातबाट खुकुरी खोसेर श्रीमतीकै हत्या

खोटाङ, ३ मंसिर । खुकुरी प्रहार गरेर खोटाङका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राजकुमार राईले धारिलो हतियार खुकुरी प्रहार गरी ४२ वर्षीया श्रीमती राजमायाँ राईको हत्या गरेका हुन् । घरायसी कुरामा भनाभन हुँदा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा उनको आइतबार दिउँसो घटनास्थलमै ज्यान गएको स्थानीयवासीले बताएका छन् । श्रीमतीको […]

लालबाबुका लागि अस्ट्रेलियाबाट पाँच लाख चन्दा सहयोग

मोरङ, ३ मंसिर । मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबाबु पण्डितलाई अष्ट्रेलियामा रहेकी एक नेपाली महिलाले निर्वाचन खर्चका लागि पाँच लाख सहयोग हस्तान्तरण गरेका छन् । अस्ट्रेलियामा बस्दै आएकी तेह्रथुमकी राधिका पोखरेलले नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य समेत रहेका पण्डितलाई पाँच लाख १११ हस्तान्तरण गरेकी हुन् । विराटनगरमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा राधिकाका […]

सिटी एक्स्प्रेसद्वारा उत्सव एक्स्प्रेस योजनाका दसौं हप्ताका बिजेताहरु घोषणा

मंसिर ३, काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो । सिता कुमारी माया, सुनावती राजवंशी, कुमारी मग्राती, मोहन कुमारी गुरुङ्, दिल बहादुर गुरुङ्, शारदा दुलाल र पार्वती थापा […]

अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण प्रकृया स्थगित

भक्तपुर । पटक पटक सर्दैआएको अस्थायी शिक्षकको परीक्षा यस पटक भने मिति तय हुनु अगाडी नै सरेको छ । यसपटक परिक्षा सम्बन्धी विज्ञापनको सम्पूर्ण प्रक्रिया नै सरेको हो । अस्थायी शिक्षकको समस्या समाधान गर्ने गरि गरिएको भनिएको परीक्षाको विज्ञापनको सम्पूर्ण प्रक्रिया सारिएको छ । शिक्षक सेवा आयोगमा आन्दोलनरत बिद्यार्थीहरुसंग एक सहमति भएपछी परीक्षा सारिएको आयोगका […]

प्रकाश दाहालको निधन हृदयघात कि आत्महत्याबाट !

काठमाडौं, ३ मंसिर । माअाेवादी केन्द्रका अध्यक्ष प्रच्ण्ड पुत्रकाे निधन रहस्यमय बन्दै गएकाे छ । सुरुमा उनकाे अस्पतालमा उपचार भइरहेकाे खबर अाएकाे भए पनि अस्पताल स्राेतले भने उनलार्इ अस्पतालमा पुर्याउनु अघि नै मृत्यु भइसकेकाे जानकारी गराएकाे छ । उनलार्इ हृदयघात भएकाे समाचार अाउँदा सुरुमा कसैलार्इ पत्यार लागेकाे थिएन । केही सञ्चारमाध्यममा उनकाे निधन भएकाे समाचार […]

नर्भिक अस्पतालमा प्रचण्ड पुत्र प्रकाश दाहालकाे निधन

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । हर्ट अट्याक भएर अाज बिहान ४ बजे बेहाेस अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याइएका प्रकाशकाे अस्पतालमा पुगेपछि निधन भएकाे बताइएकाे छ । नर्भिक अस्पतालका एक चिकित्सकले प्रकाशको निधन भएको जानकारी दिएका छन् । पूर्व पर्धानमन्त्री समेत रहेका पिता प्रचण्ड […]

प्रचण्डपुत्र प्रकाश दाहाललार्इ हृदयघात, चिन्ताजनक अवस्थामा नर्भिकमा लगियाे

काठमाडाैं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललार्इ हृदयघात भएकाे छ । उनकाे अवस्था चिन्ताजनक रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ । अकस्मात हृदयघात भएपछि प्रकाशलार्इ अाज बिहान ४ बजे राजधानीकाे थापाथलीस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा ल्याएर भर्ना गरिएको थियाे । छोरा बिरामी परेपछि झापाको विर्तामोडमा बास बसेका दाहाल हेलिकोप्टरबाट […]

जनयुद्धका सर्वोच्च कमाण्डरसँग २५ सय करोड सम्पती रहेको गोप्य रिपोर्ट

काठमाडाैं, २ मंसिर । नेपालका राजनीतिक नेताहरुसँग अकूत सम्पती भएकाे कुरा बेला बेलामा उठ्ने गर्छ । यस्ता चर्चाकाबीच अाम नागरिकमा कुन नेतासँग कति सम्पती हाेला भन्ने चासाे पनि निकै छ । याे चासाे सर्वसाधारण नागरिकमा मात्र नभएर ठूला उद्याेगी व्यापारीहरुमा पनि छ । यसैबीच नेपालका केही ठूला उद्याेगी व्यापारीहरुकाे बैठकमा त्यस्तै चर्चा भएकाे गरिएकाे छ […]

यस्ता छन् हनुमान ढोका क्षेत्रका जीवन्त संग्रहालय

काठमाडौँ, २ मंसिर । काठमाडौँको मुटुमा रहेको हनुमानढोका दरबार क्षेत्र हजारौँ वर्षअघिको नेवारी कला र संस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि जीवन्त संग्रहालयका रूपमा रहेको छ । पूर्वमा महाँकाल, संकटा तथा भद्रकाली मन्दिर, पश्चिममा काष्ठमण्डप तथा मरुहिटी, दक्षिणमा जैशीदेवल तथा उत्तरमा सेतो मच्छिन्द्रनाथको मन्दिर रहेको सो क्षेत्र पर्यटकको आकर्षणको केन्द्र पनि हो । यही क्षेत्रमा विश्व […]