काठमाडौं, १४ माघ । नेपाल तरुण दल धनुषा जिल्ला जनकपुर उप–महानगरपालिकाका नगर सभापति प्रकाश मिश्रले आफ्नो ज्यान खतरामा रहेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् । आफूमाथि संघातिक आक्रमण गरी मरणासन्न हुने गरी कुटपिट गर्ने जीवनाथ चौधरीलाई अदालतले दोषी ठहर गरे पनि प्रहरी प्रशासनले संरक्षण दिएको मिश्रले आरोप लगाएका छन् । आईतबार रिपोर्टर्स […]
समाचार
बन्दुकको युग समाप्त भयो : प्रचण्ड
बन्दुकको नालमाथि मात्र बिश्वास गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दुकको युग समाप्त भएको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपालको १४ औ स्थापना दिवसको अवसर पारेर प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् । ”बन्दुक र मादलले जति सपना पुरा भए, भए । अब, कलम मुख्य हतियार […]
एमाले र माओवादी केन्द्रको संयुक्त बैठक सिहंदरबारभित्र
काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टी एमाले र माअाेवादी केन्द्रकाे संयुक्त बैठक बसेकाे छ । पार्टी एकता र निर्वाचनका सन्दर्भमा गठित दुर्इ पार्टीकाे संयुक्त कार्यदलकाे बैठक सिंहदरवारमा बसेकाे हाे । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन् । अाजकाे बैठकमा दुई पार्टीका अध्यक्ष केपी […]
विशेष अदालतबाट फेरि सफाइ पाएपछि दीपक मनाङेविरुद्ध अर्काे मुद्दाकाे तयारी
काठमाडौं, १५ माघ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका राजीव गुरुङ (दीपक मनाङे) को फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले बैठक बसी मनाङेलाई विशेष अदालतले कानुनविपरीत सफाइ दिइको ठहर गर्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १४ करोड ७३ लाख ३१ हजार बिगोसहितको माग […]
ड्युटीमै रहेका सुरक्षा गार्ड तुलबहादुर तामाङको हत्या
काठमाडाैं । इस्टवेस्ट सेक्युरिटिका सुरक्षा गार्ड तुलबहादुर तामाङको गएराति हत्या भएको छ । ड्युटीमै रहेका बेला धारिलो हतियार प्रयोग गरि उनको हत्या भएको हो । दोलखा मावापौवा-२ घर भएका ५३ वर्षीय तामाङलाइ गएराति करीब १ बजेतिर असननजिकै मच्छिन्द्रबहालमा अचेत अवस्थामा फेला पारेपछि प्रहरीले ट्रमा सेन्टर पुर्याएको थियो । प्रहरीका अनुसार उनको टाउकोमा गहिरो चोट देखिएको […]
मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको ट्रकमा ठक्कर खाँदा मृत्यु
सल्यान, १५ माघ । पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आइतबार साँझ रा ३ प ८५९६ नम्बरको मोटर साइकल रा १ ख ९३९ नम्बरको मिनि ट्रक संग ठोक्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत्यु हुनेमा पूर्व रुकुमका अन्दाजी ३२ वर्षीय […]
सन्दिप बने क्लब क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आइपिएलमा खेल्ने पहिलो नेपाली
काठमाडौं, १५ माघ । नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले महत्वपूर्ण फड्काे मारेका छन् । सन्दिपले क्लब क्रिकेटकाे सबैभन्दा ठूलाे प्रतियाेगिता अाइपिएलमा खेल्न पाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहेका लामिछानेलाई दिल्लीडेयर डेभिल्सले अाइपिएलका लागि अनुबन्धीत गरेको हाे । भारतको बेङलोरमा जारी आइपिएलको अक्सनमा सन्दिपलाई दिल्ली डेभिल्सले २० लाखमा किनेको थाहा भएकाे छ […]
यस बर्ष चिनीको संकट ,करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने
काठमाडौँ, १४ माघ / नेपाल चिनी उद्योग संघले विभिन्न कारण चिनीको संकट थप्ने भन्दै यस वर्ष देशभर करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने जनाएको छ । नेपालमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग भएको भए पनि स्वदेशी उत्पादनबाट करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन […]
४ वटा मुख्यमन्त्री र सभामुख एमालेलाई र २ वटा माकेलाई बाडँफाड गर्नेगरी कुरा मिल्यो
२ नम्बर प्रदेश बाहेकमा बहुमत पाएको बाम गठबन्धनले प्रदेश सरकार बनाउन सहमती गरेको छ । ६ प्रदेश मध्य ४ वटाको मुख्यमन्त्री र सभामुख एमालेलाई र २ वटाको माओबादी केन्द्रलाई बाडँफाड गर्नेगरी कुरा मिलेपछि सहमती भएको हो । पार्टी प्रभावको आधारमा प्रदेश नम्बर १ , ३ ,४ र ५ एमालेलाई परेको छ । यसमा मुख्यमन्त्री र […]
सम्पदा बिरोधि प्रचारप्रति महर्जन बिजनेश एशोसियट्स’को आपत्ति
काठमाडौं, १४ माघ । विश्व सम्पदा क्षेत्र काठमाडौँको हनुमानढोका दरवार नजिक रहेको निर्माणाधिन ‘महर्जन बिजनेश एशोसियट््स’को भवनको विषयमा कसैले पनि विरोध गर्नुपर्ने नदेखिएको बताइएको छ । आफुहरुलाई दुख्ख दिने उदेश्यले केहि ब्यक्तिले अनर्गल प्रचार गर्दै भ्रम छर्दै गरेको भन्दै आइतबार इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै सञ्चालक कृष्णलाल महर्जनले करिब ५० वर्षअघि बुबाले उक्त भवन खरिद […]










