बेलुनले नेपालको झण्डा उडाएर पर्यटन नगरीको घोषणा

   काठमाडौ, २५ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले अब देशलाई जनभावना अनुरुप विकास निर्माणको अभियानमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल मण्डल पर्यटन नगरीद्धारा बिहिबार स्वयम्भुमा अायाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै नेता खनालले साे कुरा बताएका हुन् ।  नेपाल मण्डल पर्यटन नगरी महाेत्सव अायाेजक समितिले नेपाल मण्डललार्इ बचाउ याे अभियानकाे सुरुवात […]

उत्तर कोरियाले सैनिक दिवस मनाउन लाग्दा अमेरिका किन आत्तियो ? किमले पठाए आफ्नी बहिनीलार्इ पहिलो पटक दक्षिण कोरिया

काठमाडौं, २५ माघ । उत्तर कोरियाको सेनाले अाज सैन्य दिवस मनाइरहेको छ । हरेक वर्ष फेब्रअरी ८ मा उसले सेना दिवस मनाउँदै अाएको छ । यो वर्ष शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाली जनमुक्ति सेना सडकमा निस्केको हो । उत्तर कोरियाको विरोधमा रहेका देशहरुले परेड रोक्न अाग्रह गरेका थिए तर उसले सेना दिवस भएको बताउँदै […]

सरकारी अड्डा आर्थिक अपारदर्शीका अखडा

काठमाडौं, २५ माघ । पहाडी र हिमाली जिल्लाका सरकारी कार्यालयमा व्यापक आर्थिक अपारदर्शिता रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा शतप्रतिशत कार्यालयमा आर्थिक पारदर्शिता अभाव रहेको भेटिएको हो।  महालेखाले मुलुकका पहाडी र हिमाली क्षेत्रका ४७ जिल्लाका ३ हजार दुई सय सरकारी कार्यालयको लेखा परीक्षण गर्दा एउटै कार्यालय पनि आर्थिक रूपमा क्लिन र पारदर्शी […]

राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोगमा अनुसन्धान गरिदै

काठमाडौं, २५ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार […]

एमाले–माके मिलेर काँग्रेसका सबै उम्मेदवारलाई यसरी पराजित गरे

सुर्खेत, २५ माघ । राष्ट्रियसभा सदस्यका निर्वाचनमा नेपाली काँग्रेसका सबै उम्मेदवार पराजित भएका छन् । बुधबार सम्पन्‍न चुनामा प्रदेश नम्बर ६ मा सबै एमाले र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमाले-माके गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खुला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रका कालिबहादुर मल्ल विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार […]

प्रदेश जान मान्दै मानेननन् कमाउ अड्डाका कर्मचारी

काठमाडाैं, २५ माघ – सरकारले प्रदेशमा सरुवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न विभिन्न तहबाट दबाब दिन थालेका छन् ।  सामान्य प्रशासन मन्त्रालय स्राेतका अनुसार कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक राेजगार, श्रम, मालपाेतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले अाफ्नाे सरुवा राेक्न दबाब दिन थालेका हुन् । सामान्य प्रशासन मन्त्रालयले भने निर्णयबाट पछि नहट्ने जनाएकाे छ । सामान्य […]

नेकपा र क्रान्तिकारी माओवादीको संयुक्त कार्यक्रमको घोषणा

दैलेख, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले पहिलो पटक संयुक्त विज्ञप्ति निकालेका छन् । नेकपा दैलेखका इन्चार्ज विवेक र क्रान्तिकारी माओवादीका सेक्रेटरी/इन्चार्ज प्रकाशउर्जाले बुधबार संयुक्त रुपमा शुभकामना सन्देश जारी गरेर जनयुद्ध दिवस सँगै मनाउने घोषणा गरेका छन् । २३ अौं जनयुद्ध दिवसको अवसरमा फागुन १ गते दैलेख बजारमा चियापान तथा […]

६ करोडको लागतमा निर्मित नमूना बस्ती धुर्मुस सुन्तलीले हस्तान्तरण गरे

रौतहट, २४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरेकी छिन् । मंगलबार रौतहटको चन्द्रपुर–८ सन्तपुरमा निर्माण सम्पन्न भएको एकीकृत नमुना बस्तीको उद्घाटनपछि राष्ट्रपतिले साँचो हस्तान्तरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अनुकरणीय कामको आफूले मात्र नभई देशले नै प्रशंसा गरेको बताइन् […]

आठ महिनाभित्र भारतबाट बर्दिबाससम्म रेल आइपुग्ने, यस्तो छ तयारी

जनकपुरधाम, २४ माघ । अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ । जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत यतिखेर धमाधम रेलको लिक राख्ने काम भइरहेको छ । जयनगरबाट प्रदेश २ को राजधानी […]

विवाह गर्न नमानेपछि बलात्कार मुद्दा

काठमाडौं, २४ माघ । विवाह गर्न वाचा तोडेपछि रौतहट विश्रामपुरका २९ वर्षीय अशोक गुप्ता बलात्कार तथा शरीर बन्धकको मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् । गुप्ताले २२ वर्षीया युवतीसँग विवाह गर्ने वाचा तोडेका थिए । त्यस लगत्तै युवतीले गुप्ताविरुद्ध प्रहरी कार्यालयमा बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएकी थिइन् । जाहेरीपछि गुप्तालाई प्रहरीले प्रक्राउ गरेको छ। उनी […]