Local governments’ role stressed for promoting clean energy

Lalitpur, July 30,  Various speakers have stressed the need to expand people’s access to clean energy in rural area. At an interaction organized by Renewable Energy Confederation of Nepal (RECON) and Centre for Rural Technology (CRT) here on Monday, the speakers insisted the need of collaboration among local government, private sector and local community for […]

मेलोमेसो मिलाएर विदेश भ्रमणः एक वर्षमै १६७ विदेश पुगे, चीनमा मात्र १०४

काठमाडौ, १४ साउन । कर्मचारीहरू विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन्। पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबैभन्दा धेरैले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ। त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ। सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले […]

नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ

भरतपुर, १४ साउन । साउन महीना, जताततै बाढीले क्षति पु¥याइरहेका खबरहरु आइरहेका छन् । वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ । तर बर्खा लागे पनि खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढ्नाले चितवनको पश्चिमी क्षेत्रका किसान सुक्खा खेतमै रोपाइँ गर्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका–२१ स्थित मञ्जु सिंखडाले सुख्खा […]

बागलुङका किसानलाई आलुको बीउ पाउनै कठिन

बलेवा, १४ साउन । बागलुङका किसानलाई हिउँदमा लगाउने स्थानीय जातको आलुको बीउ अभाव देखिएको छ । गत चैत–वैशाखमा परेको असिनापानीका कारण वर्षे आलुको उत्पादन घटेकाले स्थानीय जातको आलुको बीउ अभाव भएको हो । विशेषगरी वर्षाको समयमा उत्पादन गरेर हिउँदे बीउ तयार गर्ने बागलुङको ताराखोला, भकुण्डे, दमेकको कालापाताललगायतका क्षेत्रमा यस वर्ष आलुको उत्पादन ह्वात्तै घटेको छ […]

प्रधानमन्त्रीका लागि सिंहदरवारमा यसरी सजाइदैछ अत्याधुनिक ‘एक्सन रुम’

काठमाडौं, १४ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माण अत्याधुनिक ‘एक्सन रुम’ निर्माण गरिएको छ । अहिले उक्त एक्सन रुमका लागि विभिन्न सीसी क्यामेराहरु जडान गर्ने काम भइरहेको छ । यो एक्सन रुमबाट प्रधानमन्त्रीले खासगरी राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गर्ने बताइएको छ । एक्सन रुममा ‘स्थलगत अनुगमन प्रणाली (आईपी क्यामेरा) जडान गरिन थालिएको छ । […]

एकीकृत नमूना कृषि फार्म चलाउँदै सहकारी

पर्वत, १४ साउन । पछिल्लो समय बजारमा बग्रेल्ती सहकारी संस्था सञ्चालनमा आएका छन् । कृषिमा लगानी गर्ने उद्देश्यसहित सञ्चालनमा आएका सहकारी संस्थाले बचत तथा ऋणको कारोवार गर्ने र चर्को ब्याजदर असुलेर मिटरब्याजी कारोवार गर्दै आएको आरोप पनि लाग्दै आएको छ । तर सबै सहकारीले ऐन, नियमभन्दा बाहिर गएर कारोवार गर्दैनन् भन्ने उदाहरण बनेको छ– कुश्माको […]

उद्यमी बनाउन सीपमूलक तालीम प्रदान, लघु उद्यम फस्टाउने विश्वास

दमौली, १४ साउन । सीपमूलक तालीम प्रदान गरी उद्यमी बनाउने उद्देश्यका साथ घरेलु तथा साना उद्योग विकास समितिले ५९८ जनालाई विभिन्न तालीम प्रदान गरेको छ । कार्यालयले एक वर्षको अवधिमा जिल्लाका १० स्थानीय तहका ३९८ महिला र २०० पुरुष गरी ५९८ लाई विभिन्न सीपमूलक तालीम प्रदान गरेको हो । सर्वसाधारणको माग र अहिलेको आवश्यकतालाई मध्यनजर […]

काभ्रेका छ वन समूह पुरस्कृत

बनेपा, १४ साउन । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट काम गरेको आधारमा तीन सामुदायिक वन र तीन कबुलियती वन समूहलाई पुरस्कृत गरेको छ । कार्यालयले आव २०७५/७६ मा जिल्लाभरिकै वन समूहमध्येबाट सामुदायिक वन उपभोक्ता समूहबाट काम गरेको मूल्याङ्कनको आधारमा उत्कृष्ट तीन समूहलाई नगदसहित सम्मान गरिएको हो । मूल्याङ्कनको आधारमा छनोट भई […]