काठमाडौँ, १८ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आजबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मनसुनी न्यून चापीय (वर्षा गराउने वायु) नेपालतर्फ सर्ने क्रम शुरु भएकाले सोमबारसम्ममा मनसुन […]
समाचार
आफन्तको उद्दारका लागि आएका २ जना पहिरोमा परी बेपत्ता
जिरी, १८ साउन । दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन् । हिजो काठमाडौँबाट दोलखाको जुगुको लागि छुटेका यात्रुबाहक बस जुँगुखोलामा फसेपछि सोही बसमा रहेका आफन्तको उद्धारका लागि आएका खड्कालाई […]
दुई किशोरी सम्पर्कविहीन
हुम्ला, १८ साउन । हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्र्पकविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि घरबाटै सम्पर्कविहीन भएका हुन् । लक्षुका काफ्ले भने रातो गौ गोरो अनुहार कि दाहिने आँखामुनि खत […]
सुनसरीमा दुर्घटनामा परि दुईको मृत्यु
इनरुवा, १८ साउन । सुनसरी सदरमुकाम इनरुवा ७ बर्छवामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्पण खबास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा […]
लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा
काठमाडौँ, १८ साउन । ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । […]
असनको विहार बचाउन माग गर्दै १५ हजारको हस्ताक्षर
काठमाडौँ, १८ साउन । असनस्थित करीब ६०० वर्ष पुरानो कोथुननी विहार नभत्काउन माग गर्दै १५ हजार स्थानीयवासीको हस्ताक्षर सङ्कलन गरिएको छ । गुठी संस्थानले विहार भत्काएर भवन बनाउन खोजेपछि स्थानीयवासीलगायत गुठियार आन्दोलित छन् । हस्ताक्षर सङ्कलन समापन कार्यक्रमका अवसरमा सांसद भीमसेनदास प्रधानले मन्दिर, विहारजस्ता धार्मिक संरचना मासेर घर, भवनलगायत संरचना बनाउने काम बढ्न थालेकाले सम्पदा […]
कर्मचारी तथा शिक्षक सबैले तलब खान बाबुआमाको खातामा १० प्रतिशत अनिवार्य जम्मा गर्नुपर्ने
काठमाडाैं । अब सरकारी कोषबाट तलब खानेले आफ्नो मासिक पारिश्रमिकको १० प्रतिशत बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने भएको छ । बृद्ध अवस्थामा धेरैले बाबुआमालाई पाल्न छाड्ने गरेको तथा सामाजिक सुरक्षाका लागि यस्ता व्यवस्था लागु गर्न लागिएको बताइएको छ । यो व्यवस्था निर्वाचित जनप्रतिनिधि, कर्मचारी र शिक्षक लगायत सबैमा लागु हुने भएको छ । अहिलेका लागि […]
जनप्रतिनिधिको सवारीसाधनप्रति मोह
घोराही, १८ साउन । लामो समयसम्म देशभर स्थानीय तहमा जनप्रतिनिधि रिक्त रह्यो । झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधिमा जितेर आएका राजनीतिक दलका नेता अधिकांश सुविधा भोगी देखिएका छन् । जनप्रतिनिधि स्थानीय तहमा आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारीसाधन उपयोगमा भएको छ । दाङ जिल्लामा मात्रै पनि करीब २३ देखि ६० लाखसम्मका सवारीसाधन जनप्रतिनिधिले प्रयोग […]
मेस्सीमाथि कडा कारवाही, ३ महिने प्रतिबन्ध, ५० हजार यूएस डलर जरिवाना
काठमाडाैं । अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । उनीमाथि तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो । क्लब प्रतिस्पर्धामा भने उनी सहभागी हुन पाउने छन् । गएको महिना ब्राजिलमा सम्पन्न भएको कोपा अमेरिका फुटबलको क्रममा मेस्सीले दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय (कोनमेबोल) ले […]
साविक उमावि शिक्षकहरुको स्थायित्वको लागि सडक संघर्ष गर्ने चेतावनी
काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले साविक उच्च माध्यमिक शिक्षकहरुको न्यायका लागि सडक संघर्ष गर्ने बताएका छन् । कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुको स्थायी व्यवस्थापन नभएसम्मका लागि आफूहरुले सडक संघर्ष गर्ने अधिकारीले स्पष्ट पारेका हुन् । साविक उच्च माध्यमिक शिक्षक युनियन(हिस्टुन)ले शुक्रवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै युएण्टो […]











