कुखुरापालनबाट मासिक डेढ लाख आम्दानी

भोजपुर, १८ साउन । जिल्लामा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् । यसैका उदाहरण भन्नु भएको छ भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी । विदेश बसेर फर्केपछि सुवेदीले करीब पाँच वर्षदेखि व्यावसायिक रुपमा खुकुरापालन गरिरहेका छन् […]

रम्भालाई नमूना गाउँपालिका बनाइँदै

बेझाड, १८ साउन । पाल्पाको रम्भा गाउँपालिकालाई नमूना गाउँपालिकाका रुपमा विकास गरिँदैछ । विकासले क्रमिक रुपमा गति लिँदै अगाडि बढेको यस गाउँपालिकालाई जिल्लाकै अन्य गाउँपालिकाभन्दा नमूना गाउँपालिकाका रुपमा विकास गर्ने योजनाका साथ विभिन्न कार्यक्रम अगाडि बढाइँदैछ । नमूना गाउँपालिका बनाउन आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले पूर्ण सरसफाइयुक्त, घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउने, खरको छानामुक्त […]

शङ्खरधर उद्यानको राजश्व घट्यो

काठमाडौँ, १८ साउन । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइअन्तर्गतको शङ्खधर उद्यानको आर्थिक वर्ष २०७५/७६ को राजश्व आव २०७४/७५ को भन्दा नौ लाखले घटेको छ । सङ्घीयताको कार्यान्वयनसँगै उद्यानमा आउनेको सङ्ख्या घटेको उद्यानका इञ्चार्ज हरिशरण केसीले बताए । “वर्षायामको समयमा पनि अवलोकनाकर्ता कम हुने गरेका छन्”, इञ्चार्ज केशीले भने । यो वर्ष बगैँचाको केही सुधार गरिएको […]

भीर मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य

गलकोट, १८ साउन । बागलुङको बडिगाड गाउँपालिकाले पाँचौँ गाउँसभाबाट भीर महको अवैध चोरी निकासी रोक्न मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । गाउँपालिका भित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति र विभिन्न समूहले मनपरी काड्ने गरेको पाइएपछि चालू आर्थिक वर्षदेखि मह शिकार(हनि हन्टिङ)मा कडाइ गरेको गाउँपालिकाले जनाएको छ । सामुदायिक र […]

लुटेको दश महिनापछि लुटेरा पक्राउ

भक्तपुर, १८ साउन । आइएमइबाट रकम झिकेर घर फर्कँदै गरेकी एक महिलाको साथबाट दुई लाखसहित लुटेर फरार रहेका लुटेरालाई लागुऔषधसहित आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौँको थानकोट बस्ने २९ वर्षीय पदम तिमिल्सिनालाई मध्यपुरथिमि–१ लोकन्थली, नरेफाँटबाट लागुऔषध डाईजापम, नोफिन र फेनारगन छ सेट तथा […]

ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

मुग्लिन, १८ साउन । चितवनमा सवारी दुर्घटना हँुदा आज एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौँतर्फ जाँदँै गरेको ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका–३ बस्ने […]

आश्रितको गोजीको १३ सय सङ्ग्रहालयमा

रुपन्देही, १८ साउन । सङ्ग्रहालयको मूलढोकाबाट प्रवेश गर्ने बित्तिकै सिसाले छोपेर राखिएका एक हजार ३०० मा सबैको ध्यान तानिन्छ । रुपैयाँका अगाडि टक्क उभिएर छेउछाउमा नजर डुलाउँदा फिलिप्स कप्पनीको पुरानो रेडियो, केही थान पुरुषले प्रयोग गर्ने कपडालगायतका बस्तु देख्दा सबैलाई कौतुहलता जाग्छ । त्यसरी सिसाभित्र राखिएका एक हजारको एउटा नोट र एक सयका तीनवटा नोट […]

‘एकको दान, अर्कोलाई वरदान’

काठमाडौँ, १६ साउन । किताब, कपडा, खेलौना, फर्निचर, विद्युतीयलगायत घर कार्यालयमा काम नलाग्ने अवस्थामा पुगेका सामग्रीको व्यवस्थापन तपाइँ कसरी गर्नुहुन्छ ? फोहोर सरह फयाक्ने वा पुनः प्रयोग गर्ने ? तपाइँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ भन्दै सुखवती स्टोर नामक संस्थाले त्यस्ता सामग्रीको मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने गरेको छ । […]

मधुश्रावणी पर्वको महिमा

जनकपुरधाम, १८ साउन । मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आज विधिपूर्वक सम्पन्न भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ । तेह्र दिनसम्म मनाइने यस पर्वमा मैथिलपुत्री विभिन्न गीत गाउँदै श्रीमान्ले ल्याए वा पठाएको […]

खाली जग्गालाई सामुदायिक वन बनाइँदै

लमही, १८ साउन । दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वनले खाली जग्गालाई सामुदायिक बनाउन थालेको छ । सामुदायिक बनमा खाली रहेको १७ बिघा जग्गालाई वन बनाउनका लागि रुख रोप्न थालिएको छ । उक्त जग्गामा १५ हजार बिरुवा रोप्ने कार्य शुरु गरिएको सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताए । “सामुदायिक वनको करीब १७ बिघा जग्गा […]