काठमाडौं, २८ साउन । महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट एकाएक फरार भएका एक बन्दी फेरि पक्राउ परेका छन् । चोरी मुद्दामा पक्राउ परेका काठमाडौं टोखा बस्ने मकवानपुर थाहा नगरपालिका सिस्नेरी-६ घर भएका २१ वर्षीय सुकुलाल वाईवालाई सोमबार बिहान प्रहरीले पुन पक्राउ गरेको हाे । वाइवा साउन २५ गते बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत कक्षको […]
समाचार
लक्जेम्बर्ग सरकारद्वारा लामिछानेलाई उच्च सम्मान
काठमाडौँ, २८ साउन । दुई दशकभन्दा बढी समयदेखि लक्जेम्बर्ग–नेपाल सम्बन्ध सुदृढीकरणमा योगदान गरेवापत नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त श्रीराम लामिछानेलाई लक्जेम्वर्ग सरकारले उच्च विभूषणसहित सम्मान गरेको छ । नेपालका लागि लक्जेम्बर्गका अवैतनिक वाणिज्यदूतसमेत रहनुभएका लामिछानेलाई सोमबार राति राजधानीमा आयोजित विशेष समारोहमा ‘द अर्डर अफ वक क्राउन अफ द ग्र्याण्ड डुचे अफ लक्जेम्बर्ग’ बाट सम्मान गरिएको हो […]
अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला फागुनमा
बागलुङ, २८ साउन । गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ४ देखि २६ गतेसम्म अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित कार्यशाला आयोजना गरिएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम दुई वर्षअघिदेखि नै शुरु भएको थियो […]
सुनचाँदी व्यवसायी सञ्जालको संयोजकमा रसाइली
काठमाडौँ, २८ साउन । विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल प्रदेश नं ३ समितिको संयोजकमा रमेश रसाइली चयन भएका छन । समितिद्वारा यहाँ सोमबार आयोजित प्रदेश भेलाको बन्दसत्रले रसाइलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन गरेको हो । समितिको सहसंयोजकमा विक्रम घिमिरे, अमृत विश्वकर्मा, महासचिवमा राजन भुजेल विश्वकर्मा, सचिवमा प्रेम खाती, अमरबहादुर लामिछाने र कोषाध्यक्षमा तारा विश्वकर्मा […]
लोकसेवाको विज्ञापन खारेज गराइ छाड्ने सडकमा यस्तो उदघोष
काठमाडाैं । लोकसेवा आयोगले निकालेको विज्ञापनप्रति असन्तृष्ट जनाउँदै दलित विद्यार्थीहरुले चरणबद्ध आन्दोलनबाटै विज्ञापनको खारेजी गर्ने बताएका छन् । सबै राजनीतिक दलसँग आबद्ध विद्यार्थी नेताहरुले दलित आन्दोलनका अगुवालाई सहित आन्दोलनमा उपस्थिति गराउने र आन्दोलनबाट विज्ञापनको खारेजी गराउने जिकिर गरेका हुन् । शनिबार दलित विकास समितिको सभाहलमा आन्दोलनका अगुवासहित दलित विद्यार्थीहरुले आन्दोलनको मागचित्र बनाउनुको साथै आजै ४ […]
यसरी सुरु गरियाे उज्यालो भक्तपुर अभियानको शुभारम्भ
भक्तपुर, २८ साउन । भक्तपुरलाई दीपावलीझैँ सधैँ उज्यालो बनाउने उद्घोष गर्दै आएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गरेका छन । सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० सौर्यबत्ती एकैपटक बालेर उनले अभियानको शुभारम्भ गरेका हुन । सो अवसरमा […]
‘धुर्बे’ हात्ती शान्त छ, तर ‘रोनाल्डो’ अझै ‘बदमास’
चितवन राष्ट्रिय निकुञ्जका संरक्षणकर्मीले ‘रोनाल्डो’ नाम दिएको ‘लक्का जवान’ भाले जङ्गली हात्ती केही वर्षयता सौराह नजिकै पर्ने खोरशोर हात्ती प्रजनन केन्द्र वरपर बस्ने गर्दछ। प्रजनन केन्द्र भित्र ढोई भनिने पोथी हात्तीहरू हुन्छन्। साथमा उनीहरूका छावा पनि हुन्छन्। ‘रोनाल्डो’ प्राय नजिकैको वनमा भेटिन्छ। कहिले निकुञ्जभित्रको वनमा त कहिले निकुञ्जसँगै जोडिएका सामुदायिक वनमा। अचेल ‘रोनाल्डो’ प्रायजसो प्रजनन […]
शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय शिक्षा नीति आउँदै
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय शिक्षा नीति आउने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको उपत्यकास्तरिय संयुक्त जिल्ला परिषद्मा बोल्दै मन्त्री पोखरेलले अबको केही समयमै नयाँ शिक्षा नीति आउने खुलासा गरे । मन्त्रिपरिषदको सामाजिक विषय समितिमा ३९ दिन छलफल भई […]
मासुमा प्रतिकिलो रु २० अनुदान गाउँपालिकाको निर्णय
रैनादेवी छहरा गाउँपालिकाले उत्पादनका आधारमा मासुमा अनुदानको व्यवस्था ल्याएको छ । गाउँपालिकाले प्रतिकिलो मासुमा रु २० अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको हो । किसानले उत्पादन गरेका जिउँदा खसीबोकाको कारोवारमा अनुदानको व्यवस्था गरिएको हो गाउँपालिका क्षेत्रभित्रका किसानका उत्पादित दूध, तरकारी र मासुमा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय बासिन्दा खुशी छन् । स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदानको […]
भक्तपुरका बधशालामा झिँगा र कीरा
२७ साउन, भक्तपुर । भक्तपुर नगरपालिकाले आज नगरभित्र विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका बधशालाको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अधिकांश बधस्थल फोहर, अव्यवस्थित र उपभोक्ताको स्वास्थ्यमा जोखिम पर्ने अवस्थामा रहेका पाइएको हो । टोलीले महेश्वरीस्थित महेश्वरी सप्लायर्स र जय महेश्वरीमा बधस्थलको अनुगमन गर्दा दुवैले दर्ता नवीकरण नगरेका, […]











