ज्ञानको समृद्धिकरणमा माक्र्सवाद र एसियाली दर्शन

काठमाडौँ, ४ भदौ । पहिलोपटक आयोजना गरिएको माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलले संयुक्त रुपमा सोमबारदेखि काठमाडौँमा आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, चीन, जर्मनी, बेलायतलगायत देशका ३०० प्रतिनिधिको सहभागिता थियो । सम्मेलनले माक्र्सवाद र एसियाली दर्शनलाई दार्शनिकबीच […]

डिपिआर स्वीकृतसँगै आयोजनाको काम तीव्रता पाउने

काठमाडौँ, ४ भदौ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डिपिआर स्वीकृत भएसँगै आयोजनाको कामले तीव्रता पाउने भएको छ ।कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डिपिआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित भदौ १ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । एसियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा बनाइने उक्त द्रूतमार्गको अनुमानित […]

कलापुञ्ज पाँचौँ बिहीबार देखि

काठमाडौँ, ४ भदौ । सोसाइटी अफ मोडर्न आर्टिष्ट सोमाको आयोजनामा बिहीबारदेखि चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्, बबरमहलमा यही भदौ ५–९ गतेसम्म हुने ‘कलापुञ्ज–५’ मा लैनसिंह बाङ्देलका शिष्यहरुको चित्रकला प्रदर्शनी हुने छ । प्रदर्शनीमा चिनीकाजी ताम्राकार, शङ्करनाथ रिमाल, शङ्करराजसिंह सुवाल, हेम पौडेल, गोविन्द डङ्गोल, श्यामलाल श्रेष्ठ, हरि खड्का, जीवन राजोपाध्याय, नरेशसुन्दर सैंजुृ, […]

किर्तेको प्रमाण नपुगेपछि निकिताको जाहेरी अस्वीकृत

काठमाडौं, ४ भदौ । पत्रकार शालिकराम पडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा तीन जनाविरुद्ध जाहेरी लिएर प्रहरी कहाँ पुगे पनि प्रहरीले उजुरी लिन मानेन। पौडेले टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन्। उनले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल […]

करको मारमा सामुदायिक वन

काठमाडौँ, ४ भदौ । सामुदायिक वनमा तीनै तहका सरकारले सामुदायिक वनको रकम आफ्नो कोषमा ल्याउने गरी कानूनी व्यवस्था गर्न लागेको भन्दै सम्बन्धित क्षेत्रबाट विरोध शुरु भएको छ ।स्थानीय वन उपभोक्ता समूहको छाता संस्था ‘सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल’ले सामुदायिक वनमाथि सङ्घ र प्रदेश सरकारले करको दायरा बढाई नयाँ व्यवस्थाको प्रस्ताव गरेर सामुदायिक वन समूहको योगदानलाई […]

एउटा धारा जडान गर्न रु ४० हजार

भक्तपुर, ४ भदौ । सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सञ्चालित सिरुटार खानेपानी उपभोक्ता समितिलाई एक महीनाभित्र साधारणसभा सम्पन्न गर्न सांसददेखि नगरपालिकासमेतले निर्देशन दिएको छ । विसं २०५२ मा स्थापना भई हाल एक हजार २०० घरपरिवारलाई पानी वितरण गर्दै आएको समितिले १८ वर्षसम्म साधारणसभा नगरेको, लेखापरीक्षण नगरेको, आयव्यय सार्वजनिक नगरेको र समितिका कर्मचारीले व्यापक अनियमितता गरेको आरोप लाग्दै […]

जोखिममा रहेका बालबालिकालाई सहकारी सङ्घको सहयोग

चरिकोट, ४ भदौ । जिल्ला सहकारी सङ्घ दोलखाले २७औँ स्थापना दिवसका अवसरमा जोखिममा रहेका बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गरेको छ । जिल्लाको चरिकोटस्थित आवाज नेपालद्वारा सञ्चालित स्नेह केन्द्रमा बसोबास गर्ने जोखिममा परेका ११ बालबालिका तथा किशोरीलाई आवश्यक पर्ने खाद्यान्नका सामग्री सहयोग गरेको छ । बालबालिकाका लागि आवश्यक पर्ने दाल, चामल, तरकारी, चिउरा, बिस्कुट, सरसफाइका सामग्री […]

चावहिल–साँखु सडकखण्ड: यातायात व्यवसायीको विरोध

साँखु, ४ भदौ । लामो समयदेखि चावहिल–साँखु सडकखण्डको निर्माण सम्पन्न नहुँदा यातायात व्यवसायीले विरोध शुरु गरेका छन् । सडक नबन्दा हिलो र खाल्डोमा परेर दिनहुँ गाडी बिग्रने तथा सरल र सहजरूपमा यातायात सेवा सञ्चालन गर्न नपाएको भन्दै व्यवसायीले विरोध गरेका हुन् । यस सडकखण्डमा हिउँदमा धुलो र बर्खाको हिलोबाट आजित भएपछि आन्दोलित भएको साँखु शालीनदी […]

सरकार अधिनायकवादतर्फ उन्मुख छ : पूर्व मन्त्री बस्नेत

काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको बस्नेतको आरोप थियो । क्लबका उपाध्यक्ष बैकुण्ठ ढुंगानाको सभापतित्वमा […]

रवि लामिछाने पत्नी निकिताले दिइन् ३ जनाविरुद्ध जाहेरी

काठमाडौं, ४ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिएकी छिन्। प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर […]