लामिछानेसहित तीनजनाको अनुसन्धान सकि जिल्ला सरकारी वकिल कार्यालयमा पेश

चितवन, ८ भदौ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ पर्नुभएका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिनु भएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम […]

क्षत्रीलाई समानुपातिक समावेशी आरक्षण माग

काठमाडौँ, ८ भदौ । क्षत्री समाज राष्ट्रिय महासङ्घले नेपालमा सबैभन्दा धेरै सङ्ख्यामा रहेको क्षत्रीलाई पनि जनसङ्ख्याको आधारमा राज्यको सबै क्षेत्रमा समानुपातिक समावेशी आरक्षण माग गरेको छ ।महासङ्घको १८औँ साधरणसभाका अवसरमा आयोजित कार्यक्रमका वक्ताले जातीयभन्दा वर्गीय आधारमा आरक्षणको व्यवस्था हुनुपर्ने विचार राखे । उनले जातीय आधारमै आरक्षणको प्रावधान राखिरहने हो भने पिछडिएका क्षत्रीलाई पनि सो अवसरबाट […]

प्राकृतिक चिकित्सालय ‘तातोपानी कुण्ड’ जोखिममा

गलेश्वर, ८ भदौ । प्राकृतिक चिकित्सालयको नामले विश्वभरि नै चर्चामा रहेको म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानी कुण्ड म्याग्दी नदीको कटानका कारण जोखिममा परेको छ । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भेलबाढी र नदी कटानको जोखिममा तातोपानी कुण्ड पर्दैै गएको हो । म्याग्दी सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिम बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजारमा […]

प्रधानमन्त्रीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ, ८ भदौ । उपचारको सिलसिलामा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका उनमा गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने […]

‘बेटी बचाऔँ बेटी पढाऔँ’तर्फ आकर्षण

वीरगञ्ज, ८ भदौ । सात वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिक जीवन बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा बित्थ्यो तर प्रदेश नं २ सरकारले ‘बेटी बचाऔँ बेटी पढाऔँ’ कार्यक्रम ल्याएपछि उनको आकर्षण पढाइतर्फ बढेको छ । अन्य विद्यार्थीजस्तै उनीपनि छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित श्रीदेवीस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भइन् । प्रदेश नं २ […]

इन्टरनेटले सेवाग्राहीलाई सास्ती

जाजरकोट, ८ भदौँ । मालपोत कार्यालय जाजरकोटले सञ्चालन गरेको अनलाइन सेवाबाट सेवाग्राहीलाई सास्ती हुने गरेको छ । मालपोतमा नियमित इन्टरनेटको सुविधा नहुँदा जग्गा कारोवार गर्न आएका सेवाग्राहीलाई सास्ती हुने गरेको हो । जाजरकोट मालपोत कार्यालयले सेवाग्राहीको काम छिटोछरितो गर्न गत असार पहिलो सातादेखि अनलाइन पद्धतिबाट जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण शुरु गरेको थियो । सेवा […]

NRNA Chairperson Bhatta deplaned for allegedly misbehaving with Silk Aircrew members

KATHMANDU, Aug 25: Chairman of Non-Resident Nepali Association Bhawan Bhatta and journalist Sanat Neupane were deplaned from a Silk Air aircraft for allegedly misbehaving with crew members Saturday night. Authorities at Tribhuvan International Airport (TIA) confirmed the incident. Bhatta and Neupane were asked to deplane from the Silk Air aircraft just a few minutes before […]

विद्युत्को बाँधस्थलमा जग्गा कारोवार ह्वातै बढ्यो

जाजरकोट, ८ भदौ । नलगाड जलविद्युत् कम्पनीको बाँध निर्माण गर्ने बारेकोट गाउँपालिकाको विभिन्न क्षेत्रमा जग्गा किनबेचमा वृद्धि भएको छ । कम्पनीले चालू आर्थिक वर्षमा मुआब्जा वितरण गर्ने भएपछि जग्गा किनबेच बढेको हो । कम्पनीको बाँधस्थल डुबान क्षेत्र बारेकोट गाउँपालिका वडा नं १, २, ५, ६, ७, ८ र ९ स्थित जग्गाको बिक्री वितरण बढेको हो […]

सेती नदीले वैशाख महीनायता सातको ज्यान लियो

डोटी, ८ भदौ । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी […]