वनको जमीन वितरण गरिने छैन: मन्त्री अर्याल

काठमाडौँ, ८ भदौ । राष्ट्रियसभाको बैठकले “भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, २०७५ ” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका अध्यक्षले सो विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । यसअघि सहकारी तथा गरीबी निवारणमन्त्री पद्याकुमारी अर्यालले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक प्रस्तुत गरेकि हुन् । विधेयकमाथिको छलफलमा उठेका जिज्ञासामा […]

सगरमाथा संवाद समितिको बैठक

काठमाडौँ, ८ भदौ । नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान घोषणापछि प्राप्त राजनीतिक स्थायित्व तथा यहाँ उपलब्ध लगानीका अथाह अवसरबारे विश्व समुदायलाई जानकारी दिने उद्देश्यले आगामी फागुनमा आयोजना गरिने ‘सगरमाथा संवाद’ आयोजक समितिको पहिलो बैठक परराष्ट्र मन्त्रालयमा आज सम्पन्न भयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा भएको उक्त बैठकले आगामी शुक्रबार ‘सगरमाथा संवाद सञ्चालक समिति’ र […]

रोजगारदताले मन खुम्च्याउन जरुरी छैन: मन्त्री विष्ट

काठमाडौँ, ८ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताए ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सानो रकमको योगदानबाट रोजगारदाता सधैँ चिन्तामुक्त हुने बताए । “सानो रकम योगदान गर्दा रोजगारदाताले ठूलो जोखिम व्यहोर्नु पर्दैन”, मन्त्री […]

जर्मनीमा गैसस सम्मेलन हुँदै

काठमाडौँ, ८ भदौ । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको कोलोन नगरमा यसै साता २१ औँ गैरसरकारी संस्थाको सम्मेलनको आयोजना हुँदैछ । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका […]

प्लाष्टिकको विकल्प निगालो

बलेवा, ८ भदौ । आफैंले उत्सर्जन गरेको फोहरको व्यवस्थापन गर्न नसक्दा उत्पन्न हुने समस्याको विषयमा जानकारी पाएपछि ताराखोला गाउँपालिका–५ करिमेलाका स्थानीयवासीले सरसफाइका लागि नयाँ विधि प्रयोगमा ल्याएका छन् । गाउँमा प्रयोग हुँदै आएको प्लाष्टिकका सामानको विस्थापन गर्दै स्थानीय उत्पादनको प्रयोगमा करिमेलावासीले चासो देखाएका हुन् । करिमेलाका ८२ घरपरिवारले फोहर व्यवस्थापनका लागि प्रयोग गर्दैआएको फोहर फाल्ने […]

भक्तपुरमा आइतवार २ युवक मृत भेटिए

मध्यपुर थिमी नगरपालिका वडा नम्बर–७ मा एकाविहानै एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । धुन्चेपाखास्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीय युवक अन्दाजी २५ वर्षिय अविशेक श्रेष्ठको शव आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष कृष्ण कुमार प्रजापतिले पुष्टि गरेका छन् । घरको आफू सुत्ने कोठामा उनी मृत फेला परेका […]

संविधान कार्यान्वयनमा दलहरु एकजुट हुनुपर्छ:सांसद

काठमाडौँ, ८ भदौँ । राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमालाका बारेमा सरकारको ध्यानाकर्षण गराए । आजको बैठकमा उनले भने “पूर्वराजाका छोराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको छ की छैन रु बगेको खोला फर्किदैन, अब राजतन्त्र फर्किदैन । […]

भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन: सञ्चार मन्त्री

अर्घाखाँची, ८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन्  । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताए ।उनले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य […]

पहिरोले सम्पर्क टुट्यो

धादिङ, ८ भदौ । विकट उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–५ नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र बाटोमा पहिरो आएर थुनिएपछि सम्पर्क विच्छेद भएको छ ।केही दिनदेखि निरन्तर परेको पानीले पहाड खसेर गणेश हिमाल खोलामा थुनिएको र खोलो उक्त स्थान पार गर्ने नसकिनेगरी पहिरो झरेकाले गाउँबाट अन्य गाउँसँग सम्पर्क विच्छेद भएको गाउँपालिका– ५ का वडाध्यक्ष धीरज […]

हराउँदै तीजको मौलिकता

बाँके, ८ भदौ । नेपाली नारीको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तीज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको स्वयं महिलाले नै गुनासो गरेका छन् ।नेपालगञ्ज उपमहानगरपालिका–५ की मनकुमारी शाहीले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली […]