गोवामा ज्यान गुमाएका ५ नेपालीको सनाखत, शव नेपाल ल्याइँदै

काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको […]

दाङको कौडिया पुलबाट खसेर यात्रुबाहक बस दुर्घटना

काठमाडौं । डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ । दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको […]

एमाले महाधिवेशन लक्षित गर्दै नागढुंगा-मलेखु सडक २ दिन पूर्ण सञ्चालन हुने

काठमाडौं । एमाले महाधिवेशन लक्षित गर्दै सरकारले नागढुंगा-मलेखु सडकखण्ड विस्तार २ दिन रोक्ने भएको छ । २६ र २७ मंसिरमा राजमार्ग पूर्ण सञ्चालन गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले जानकारी दिएको छ । यसअघि राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षीतिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेट्दै राजमार्ग सञ्चालन निरन्तर राख्न आग्रह गरेको थियो […]

विभागसंग सहमति भएसंगै देशभरका भन्सार कार्यालय तत्काल खोलिने, एजेन्टहरू काममा फर्किने

काठमाडौँ । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबिच बुधवार भएको वार्तामा सहमति जुटेको छ। यो सहमतिसँगै देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न भन्सार एजेन्टहरू सहमत भएका छन्। बुधबारको वार्तामा भन्सार ऐनको दफा ७१ ‘झ’ मा रहेको जरिवानासम्बन्धी व्यवस्थालाई नियमावलीमार्फत व्याख्या गरेर सहजीकरण गर्न विभाग सहमत भएको छ। भन्सार ऐनको उक्त उपदफामा घोषणाकर्ताले विद्युतीय माध्यमबाट वस्तुको […]

नवलपरासीका डिएसपी बहुविवाह प्रकरणमा पक्राउ, प्रहरीमै कार्यरत दोस्रो पत्नी फरार

बुटवल । पूर्वी नवलपरासीमा खटिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ परेका छन्। जेठी श्रीमती तारा नेपाल खनालले दिएको उजुरीपछि रूपन्देही प्रहरीले सोमबार पक्राउ पुर्जी जारी गर्दै उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार जाहेरी परेपछि डिएसपी नेपाल स्वयं प्रहरी कार्यालय पुगेका थिए। अदालतबाट तीन दिनको म्याद थपिएपछि अहिले उनीमाथि […]

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार सम्हालेका हुन् । शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को ५ असोज २०८२ को निर्णय कानुनविपरीत भएको […]

मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की

Sushila karki

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार भएको बताएकी छन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । ‘भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइन; यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो’, कार्कीले भनिन्, ‘जब कुनै […]

कालीमाटी तरकारी–फलफूल बजारमा आजको मूल्य दर

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी, फलफूल तथा हरितपदार्थको थोक मूल्य दर सार्वजनिक गरेको छ। समितिद्वारा जारी मूल्यसूची अनुसार गोलभेँडादेखि साइताका विशेष च्याउ र मसला वर्गका सामग्रीसम्मका मूल्यमा फरक देखिएको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेँडाको मूल्य १०० रुपैयाँ […]

पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा उड्डयनका महानिर्देशकसँग पाँच लाख धरौटी माग

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको मुद्दामा विशेष अदालतले नेपाल नगरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। यस्तै तत्कालीन निर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ नगद माग गरेको हो। अख्तियार दुरूपयोग […]

देशभरको आयात निर्यात ठप्प पारेर आन्दोलित भए भन्सार एजेन्ट

काठमाडौँ । मंगलबार मुलुकभरको आयात–निर्यात ठप्प भएको छ । भन्सार ऐन तथा नियमावलीमा भएका केही प्रावधान अव्यवहारिक रहेको भन्दै भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका भन्सार कार्यालयमा जाँचपासको काम रोकिएको हो । सोमबार वीरगञ्ज भन्सार कार्यालयबाट सुरु भएको ‘पेनडाउन’ अभियान मंगलबार मेचीदेखि महाकालीसम्मका सम्पूर्ण भन्सार कार्यालयमा विस्तार गरिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए । […]