काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ । आइतबार स्थानीय समयअनुसार साँझ ६:४७ बजे बोन्डी बीच नजिकैको पार्कमा गोली चलेको थियो । प्रहरीका अनुसार मृतकमध्ये एक जना […]
समाज
ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा
काठमाडौं । अदालतको हस्तक्षेपपछि दक्षिण कोरियामा सीपयुक्त कामदार पठाउने ई–७ भिसासम्बन्धी कार्यविधि फेरि कार्यान्वयनको बाटोमा पुगेको छ । ‘दक्षिण कोरियामा सीपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा वैदेशिक रोजगार विभागले लगाएको रोक उच्च अदालत पाटनको आदेशपछि फुकुवा भएको हो । वैदेशिक रोजगार विभागले भदौ ३१ गते एक सूचना जारी गर्दै उक्त कार्यविधिको कार्यान्वयन […]
काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्यो
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद रुबी पौडेलले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखाले तापक्रमको अध्यावधिक विवरण पौने नौ […]
कम्युनिस्ट सरकारले केही गरेन’ भन्ने आरोप गलत : माधव नेपाल
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले कुनै कामै नगरेको भन्ने आरोप तथ्यहीन भएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका समयमा देशका लागि महत्वपूर्ण विकासका कामहरू सम्पन्न भएको दाबी गरे। ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम […]
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते
बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले […]
सशस्त्रले बनायो १७ बुँदे निर्वाचन परिचालन नीति
काठमाडौं । सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति‘ तय गरेको छ । आगामी फागनु २१ गते हुने निर्वाचनका लागि १७ बुँदे ‘परिचालन नीति‘ तर्जुमा गरिएको सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए । निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको जिम्मेवारी त्रृटिरहित ढंगले निर्वाह गर्न नीति तय गरिएको […]
चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की , ४ मन्त्री थपिने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् । आज विस्तार हुने मन्त्रिपरिषद्मा चार जना मन्त्री थपिने स्रोतले जनाएको छ । कुन-कुन मन्त्रालय […]
धुर्मुसको प्रस्टोक्ति – छोरीको उपचार गर्न अमेरिका आएका हौं, फर्कन्छौं
काठमाडौँ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले आफू छोरीको उपचारका लागि अमेरिका आएको बताएका छन्। शुक्रबार बिहान फेसबुकमा स्ट्याटस लेखेर धुर्मुसले आफू श्रीमतीसहित छोरीको उपचारका लागि अमेरिका आएको बताएका हुन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेपछि विवादमा तानिएका धुर्मुस सपरिवार अमेरिका भागेको भनेर शुक्रबार सामाजिक सञ्जालमा चर्चा भएको थियो। त्यसपछि धुर्मुसले फेसबुकमार्फत बकपत्र जारी गरी आफू भागेको […]
नेपाली सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
काठमाडौं । नेपाली सेनाले प्राविधिक सेवालगायतमा ३८८ जनाका लागि भर्ना खुलाएको छ । प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक तथा बिल्लादार पदहरुमा भर्ना खुलाइएको हो । नर्सिङ ओभरसियर, भेहिकल मेकानिक्स, भिडियो ग्राफर, प्रचारप्रसार, इलेक्ट्रिसिएन, डिस्प्याचर, कम्प्युटर, डेण्टल, ध्वनी सम्पादन, ब्याण्डलगायतका पदमा भर्ना खुलेको छ । खुलातर्फ २०५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा […]
प्रहरी निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुल्यो
काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलेको छ । आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका नागरिकले प्रहरी निरीक्षकमा माग ५ गतेसम्म र सहायक निरीक्षकमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा […]











