काठमाडौं, ७ चैत । आफ्नै छात्रा विद्यार्थीलाई बलात्कार गर्ने एकजना शिक्षकमाथि नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको छ । रामेछापको नामाडी बेतालीस्थित श्री जनजागृती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गोबिन्द खत्रीमाथि नेकपाले कारवाही गरेको हो । सोहि विद्यालयमा ८ मा अध्ययनरत १४ बर्षिया छात्रालाई खत्रीले पटकपटक बलात्कार गरेको भन्दै कालोमोसो दलेको छ भने भौतिक कारवाही समेत गरेको […]
समाज
अन्ततः दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ
काठमाडौं, ६ चैत । दरबारमार्ग बलात्कार घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २२ वर्षीय शैलेस कार्कीलाई दरबारमार्गबाटै पक्राउ गरेको हो। रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए । तर, घटना मिलापत्रमा लुकाइएको थियो । घटनालगत्तै प्रहरीले उनीहरुको ब्यापक खोजि […]
आज दिन र रात बराबर हुने, थाहा पाउनुहोस् यस्तो छ कारण
काठमाडौं, ६ चैत । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा. सुनिल सिटौलाले बताए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवी क्षेत्रवाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलिबाट उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो […]
ललितपुरमा ६ बर्षीया बालिका बलात्कृतः यस्तो छ बालिकाको बयान
लालितपुर, ६ चैत । ललतिपुरको प्युटारमा ६ बर्षिया बालिका बलात्कृत भएकी छन् । बागमती गाउँपालिकाकी बालिका सोमबार बिहान बलात्कृत भएकी हुन् । बालिकाको योनीबाट रगत बगिरहेको र उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको सहयोगमा थापाथली अस्पतालमा पुर्याइएको छ । बिहान वनमा घाँस काट्न गएकी एक महिलाले अस्वभाविक […]
सुबिधा नपाएको भन्दै उपमेयर रेणुको यस्तो लाजमर्दो चर्तिकला
काठमाडौं, ६ चैत । आफूले अधिकार नपाएको भन्दै एक उपमेयर मेयरविरुद्ध अनसन बसेकी छन् । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा मेयरसँग अधिकार माग गर्दै अनशन बसेकी हुन । नागरिकका अनुसार नगर कार्यपालिकाको कार्यालय सार्ने विषयले उत्पन्न विवादमा मेयर ज्ञानकुमार मण्डलले आफूसँग दुई तिहाइ बहुमत रहेको भन्दै उपमेयरको सहमति आवश्यक नरहेको भनिदिएपछि उनी अधिकार खोज्दै अनशन […]
रामेछापमा एक निर्दयी आमाले यसरी मारिन आफ्नै २ सन्तान
रामेछाप, ५ चैत । खाँडादेवी गाउँपालिका- ६ माकादुममा एउटा दर्दनाक घटना बाहिर भएको छ । एक आमाले आफ्नै नाबालक २ छोराछोरीको निर्दयतापूर्वक हत्या गरेकी छन । २५ बर्षिया तारा केसीले आफ्ना २ नाबालक छोराछोरीको हत्या गरेकी हुन् । मट्टीतेल छर्किएर आफ्नै नाबालक छोराछोरीलाई आगो लगाइ हत्या गरेपछि आमा शब्दकै अपमान भएको छ । उनले बाँसको झुपडी भित्र […]
सरकारी भवन कब्जा गरी बोर्डिङ !
काठमाडौं, ५ चैत । बहुदरमाई नगरपालिका रामनगरस्थित नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयको भवनमा पाँच वर्षदेखि निजी विद्यालय सञ्चालनमा छ । देवनन्दन देवराज माविसँग जोडिएर रहेको सिँचाइ कार्यालयको १० कोठे भवनमा ०६९ देखि दुर्गा एकेडेमी सञ्चालनमा रहेको छ । समाचार अनुसार, ३ कक्षासम्म पठनपाठन हुँदै आएको विद्यालयमा एक सय ९२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय […]
एसईइ परिक्षा: कालीकोटमा ४ हजार बढी विद्याथी सहभागी हुँदै
रमेश कुमार वोगटी, कालकिोट । चैत ८ गतेदेखि संचालन हुन् गइरहेको यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसइईमा कालिकोट जिल्लाबाट ४ हजार २ सय ८ जना विद्यार्थी सहभागी हुने भएका छन् । कालिकोट जिल्लामा तोकिएका १८ वटा परिक्षा केन्द्रमा परिक्षा दिनका लागि ४ हजार २ सय ८ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले वताएका […]
रेशम चौधरीलाई जेलभित्रै शपथ
काठमाडौं, ५ चैत । साढे दुई वर्ष अगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ । राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय […]
सुनसरीको मधुवनमा भिषण आगलागी, ६० लाख बराबरको क्षति
इटहरी, ४ चैत । सुनसरी जिल्लाको साविक मधुवन-९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको […]










