एजेन्सी । भारतको मध्यप्रदेशको एउटा सानो गाउँमा जन्मिएकी अवनी चतुर्वेदीले सपनामा पनि चिताएकी थिइनन् कि कुनै दिन एक्लै लडाकु विमान उडाउँछृु भनेर । तर उनले नचिताएको कुरा पुगेको छ । २४ वर्षीया अवनी एक्लै लडाकु विमान उडाउने पहिलो भारतीय महिला बनेकी छन् । गत सोमबार दिउँसो उनले एमआईजी–२१ बाइसन विमानको ३० मिनेट एकल उडान गरेकी […]
समाज
विमानस्थल भन्सारका कर्मचारी ५० हजार घुससहित गिरफ्तार
काठमाडौं, १३ फागुन । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारी राजदिप शाक्य घुस सहित पक्राउ परेका हुन् । पक्राउ परेका राजदीप शाक्य भन्सार कार्यालयको आगमन कक्ष अन्तर्गत सुनचाँदी हिरा तथा बहुमुल्य वस्तु परीक्षण कक्षमा करारमा कार्यरत नायव सुव्बा […]
नेपाली सेना चढेको जिपमाथि हात्तीले गर्यो आक्रमण, झापामा हातीको आक्रमणबाट एकको मृत्यु
बर्दिया, १३ फागुन । नेपाली सेनाकाे एक टिमलार्इ हात्तीले अाक्रमण गरेकाे छ । सेनाकाे टाेली चढेकाे जिपमा हात्तीले आक्रमण गरेको हाे । बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वाराबाट गएको टोली चढेको जिपमा आक्रमण भएकाे नेपाली सेनाले जनाएकाे छ । आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित अम्रेनीमा घटना भएको हो । […]
सिंहदरवारभित्रै एक मेगावाट विद्युत उत्पादन गर्ने अन्तिम तयारी
काठमाडौं, १३ फागुन । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका छतहरुबाट सोलार(सौर्य उर्जा) मार्फत एक मेगावाट बिजुली उत्पादन भएको छ । २०६७ सालदेखि नै सिंहदरबारका छतहरुबाट सोलारमार्फत विद्युत उत्पादन गर्ने लक्ष्य लिए पनि बल्ल अन्तिम परीक्षण र निरीक्षणसँगै ९ सय ५६ किलोवाट विद्युत उत्पादन भएको हो । सिंहदरबार र आसपासमा रहेका २३ मन्त्रालय र विभिन्न सरकारी […]
प्राधिकरणको नीति : स्वदेशी कम्पनीमाथि अंकुश, विदेशीलार्इ अनुमति
काठमाडौं, १३ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने तयारी गरेको छ । प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुमति दिन नसक्ने जनकारी गराएको थियो । तर त्यसको केही सातापछि नै कुवेतको वातानीय एयरलाइन्सलाई […]
हृदयघातबाट वलिउड अभिनेत्री श्रीदेवीकाे दुबर्इमा निधन
काठमाडौं, १३ फागुन । चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । अाफन्तकाे विवाहमा सहभागी हुन पति बोनी कपुर र छोरी खुशीको साथमा उनी दुबई पुगेकी थिईन् । दुबर्इमा नै उनकाे हृदयाघातका कारण निधन भएको हो । युनाइटेड अरव इमीरेटसको दुबईमा शनिवार राती ५४ वर्षको उमेरमा उनको निधन भएपछि संसारभरका उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालमा दु:ख ब्यक्त गरिरहेका […]
२४ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइदै
काठमाडौँ, १२ फागुन । सरकारले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान आजदेखि सुरु गरेको छ । २४ जिल्लामा शुरु गरिएको औषधि खुवाउने अभियान ३ दिनसम्म चल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ र उदयपुरमा अभियान शुरु भएको छ । लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, […]
कान्तिपुर सिटी कलेजमा अखिल क्रान्तिकारीको नयाँ नेतृत्व
काठमाडौं, ११ फागुन । कान्तिपुर सिटि कलेजमा अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन भएको छ । पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेज इकाइको सातौं सम्मेलनले पर्शुराम भट्टको अध्यक्षतामा २१ सदस्यीय नयाँ मुल इकाई समिति निर्वाचित भएको हो । काठमाडौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजको नयाँ कार्यसमितिको उपाध्यक्षद्वय कविन गुरुङ्ग र भास्कर भण्डारी,सचिव तिर्थराज बुढा,सहसचिव चतुर्भुज उपाध्याय […]
खुल्ला दिसा गर्नेहरुलार्इ धमाधम पक्राउ गरी खोरमा जाक्दै प्रहरी, शुक्रबार मात्र दर्जन पक्राउ
नेपालगन्ज, ११ फागुन । शौचालय बाहिर सार्वजनिक स्थानमा दिसा गर्दै हुनुहुन्छ भने होसियार भइराख्नुहोस् । तपाईँ प्रहरीको फन्दामा पर्नुहुनेछ । नेपालगन्ज उप–महानगरपालिकाले झाडीमा दिसा गर्नेलाई प्रहरीको खोरमा पुर्याएको छ । नगरलाई खुला दिसामुक्त बनाउने अभियान चलिरहेका बेला झाडीमा लुकीछिपी दिसा गर्नेलाई रंगेहात पक्राउ गरी प्रहरी खोरमा पुर्याएको हो । शुक्रवार उपमहानगरका विभिन्न ठाउँबाट खुला रूपमा […]
हनुमान ढोकामा चीर ठडयाइएसँगै औपचारिक रुपमा फागु पर्व सुरु
काठमाडौँ, ११ फागुन । रंगहरुको पर्व होली, वसन्त ऋतुको आगमनसंगै फागुन शुक्ल अष्टमीका दिन शुक्रबार राजधानीको बसन्तपुर गद्दी बैठक अगाडी ‘चीर’ ९ रंगी बिरंगी छत्र सहित विशेषरूपले सजाएको लिङ्गो गाडिएको छ । ३२ हात अग्लो बासमा मयलको हाँगा साथै विभिन्न रगका रङ्गी विरङ्गी कपडा राखेर ठडयाइएसँगै देशभर होली पर्व सुरु भएको मानिन्छ । […]










