विरगञ्ज, १७ फागुन । विरगञ्जमा एक युवा व्यवसायीमाथि गाेली प्रहार भएकाे छ । युवा व्यवसायी उमेशप्रसाद चौरसियामाथि अज्ञात समूहले गोली प्रहार गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय विरगञ्ज नजिकै रहेको रातोबंगला अगाडि चाैरसियामाथि गाेली प्रहार भएकाे हाे । गाेली लागेर चौरसिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय चौरसियाको […]
समाज
होलि पर्व रङ र लोलासँग खेलेर मनाइदै
काठमाडौं, १७ फागुन । अाज होली पर्व । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व अाज हिमाली एवम् पहाडी जिल्लामा मनाइँदैछ । रङहरुको पर्व भनेर चिनिएको होलीलाई आपसी मेलमिलाप र सद्भावको लागि खुशी साटेर मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै अाउन यो पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । किंदन्तीअनुसार त्रेता […]
मानव बेचविखनका समस्या कम गर्न सामाजिक र आर्थिक कारण खोज्नुपर्नेमा जोड
काठमाडौ । मानव बेचविखन तथा बालबालिकामाथिको यौन शोषणलाई कम गर्न मिडियाको ठूलो भूमिका हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सहभागीहरुले बेचिएका बालबालिका वा डान्सबार तथा रेष्टुरेन्टमा काम गर्नेहरुका कथा लेखेर यस्ता समस्याको समाधान नहुने भन्दै यसका पछाडिका सामाजिक आर्थिक कारणहरु मिडियाले गहिरोगरी उठान गर्नुपर्नेमा […]
नेपाललार्इ थाहा नै नदिएर नेपालभित्र छिरे भारतीय डोजर
दार्चुला, १६ फागुन । भारतीय पक्षले व्यास गाउँपालिकास्थित महाकाली नदीको सीमाक्षेत्रमा नेपालको अनुमतिबिनै बाटो निर्माण गरेको छ । वडा नम्बर १ र २ मा गरी काठका चारवटा अस्थायी पुल, डेढ सय मिटर सडक ट्रयाक र दुई किमि पैदल मार्ग बनाएको हो । घाटीबगडदेखि हेभी इक्युपमेन्ट लैजान मिल्ने डेढ सय मिटर सडक बनाइएको छ । घाटीबगड, […]
पोस्टमार्टम् रिपोर्टपछि श्रीदेवीको हत्या आशंका
काठमाडौं, १६ फागुन । भारतीय चर्चित अभिनेत्री श्रीदेवीको मृत्यु रहस्य बन्दै गएको छ । सुरुमा हृदयघातका कारण मृत्यु भएको भनिएपनि पोस्टमार्टम रिपोर्टले थप कारण हुन सक्ने देखाएको छ । मृत्यु सामान्य नभएको रिपोर्टमा उल्लेख उल्लेख भएसँगै उनको मृत्यु विवादमा परेको हो । भारतीय संचारमाध्यमहरुले दुबईको अस्पतालले पोस्टमार्टम् रिपोर्टमा ‘मृत्यु स्वाभाविकरुपमा भएको होइन’ भनेर दिएको भन्दै […]
नेपालमा इन्टरनेट प्रयोगकर्ता ३ गुणा बढे
काठमाडौ । इन्टरनेट प्रयोगकर्ताको संख्या ५ वर्षमा तीन गुणा बढेका छन् । दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६९ मंसिर अन्त्यसम्ममा ५२ लाख ७८ हजार ३ सय ७४ रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर एक करोड ६७ लाख ३३ हजार पुगेको छ । ५ वर्षअघि नेपालको इन्टरनेट प्रयोगकर्ता दर (इन्टरनेट पेनिट्रेसन रेट) करिब २० प्रतिशत थियो भने यो वर्षको […]
अब सेनामा पनि सऊदी महिला
साउदी अरबले पहिलोपटक महिलालाई सैनिक सेवामा भर्ना आह्वान गरेको छ । सोमबार सार्वजनिक गरिएको सुचनामा रियाद, मक्का, अल-क्वासिम र मेदिना प्रान्तमा सैनिक जवान पदमा कार्य गर्न इच्छुक महिलालाई बिहीबारसम्म आवेदन दिन आह्वान गरिएको छ । अधिकारीहरुले महिलालाई युद्ध कार्यमा संलग्न गराउन नभई सुरक्षा क्षेत्रमा कार्य गर्ने अवसर दिने उदेश्यले आवेदन खुला गरिएको बताए । जागिरका […]
महिला बालबालिका मन्त्री थापाको परिषदलार्इ यस्तो निर्देशन
काठमाडौं, १४ फागुन । महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले परिवर्तित समय अनुसार उदेश्य तथा कार्यक्रम परिवर्तन गर्दै बहुसंख्यक जनताको हितमा काम गर्नुपर्ने बताएकी छन् । समाजकल्याण परिषदले नवनियुक्त मन्त्री तथा परिषद अध्यक्षको स्वागतमा अायाेजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले साे निर्देशन दिएकी हुन् । परिषदकाे कार्यालयमा प्रथम भेट गर्दै थापाले पञ्चायतकालदेखि गणतन्त्रसम्म […]
निगमका जहाज उडाउने नेपाली नै नपाइएपछि चीनबाट पाइलट ल्याइदै
काठमाडाैं, १४ फागुन । राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ। चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको हो। चार वटा वाई १२ सिरिजका जहाज उडान निगमसँग दुई जना मात्रै पाइलट छन्। पाइलट नभएपछि तत्कालका लागि चिनियाँ पाइलट ल्याउने गरी छलफल […]
आजसम्मकै तीब्र गतिको जहाज ल्याउँदै चिनियाँ वैज्ञानिक, आवाजको गतिभन्दा पाँच गुणा तीब्र गति
काठमाडाैं । अाधुनिक विश्वमा चीनले अकल्पनीय कामहरुलार्इ सम्भव बनाउँदै लगेकाे छ । चिनियाँ वैज्ञानिकहरुले गरेका खाेजले विश्व चकित बनेकाे छ । यसैक्रममा चीनले अाजसम्मकै तीब्र गतिकाे जहाज ल्याउने घाेषणा गरेकाे छ । चिनियाँ बैज्ञानिकहरुले अावाजकाे गतिभन्दा पाँच गुणा तीब्र गतिमा चल्ने हाइपरसाेनिक जहाजकाे गिजाइन सबै तयार भइसकेकाे बताएका छन् । अहिले चीनकाे राजधानी बेइजिङबाट अमेरिकाका […]










