विराटनगर, २९ असार । विराटनगरको मुनालपथमा एकाबिहानै गोली प्रहारबाट एक महिला घाइते भएकी छन् । उदयपुरको बेल्टार बस्ने ४७ वर्षीया टीनादेवी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते महिलाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले गोली प्रहार गरी उनको साथमा रहेको ११ हजार लुटेको बताइएको छ । […]
समाज
मेनपावर व्यवसायीको निर्वाचनमा पनि कांग्रेसलार्इ अन्तर्घातकाे डर
काठमाडौँ, २९ असार । नेपाली काँग्रेसका नेताहरुले वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि शुक्रबार हुने निर्वाचनमा अन्तर्घात नगर्न काँग्रेस निकट व्यवसायीलाई आग्रह गरेका छन् । नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमको ‘बिमल ढकाल संयुक्त व्यवसायी समूहको भेलालाई बुधबार सम्बोधन गर्दै काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले […]
अोलम्पिकमा जापानले नेपालसँग सहकार्यकाे प्रस्ताव पठायो
काठमाडाैं, २९ असार । जापानले आगामी सन २०२० मा हुने ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्यको चाहना व्यक्त गरेको छ। जापानका संसदीय उपविदेशमन्त्री कियोशी ओडावाराले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग मंगलबार सिंहदरवारमा भएको भेटमा त्यस्तो चाहना व्यक्त गरेका हुन्। मन्त्री ओडाराले सन् २०२० मा जापानमा हुने ओलम्पिक प्रतियोगितामा नेपाल र जापानका बीचमा सहकार्य गरेर अगाडि बढ्ने बताए […]
अब देशभर निशुल्क इन्टरनेट सुविधा दिइने
काठमाडाैं, २९ असार । नेपाल दूरसञ्चार प्राधिकरणले अब देशभर नि:शुल्क इन्टरनेट सेवा प्रदान गर्ने भएकाे छ । सुरुमा तराईका आठ जिल्लामा याे सेवा प्रदान गरिने र दुर्इ वर्षभित्र देशभर इन्टरनेट सेवा नि:शुल्क बनाउने प्राधिकरणले जनाएकाे छ । प्राधिकरणले पहिलाे चरणमा तरार्इका अाठ जिल्लाका सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इण्टरनेट पुर्याउने उद्देश्यसहित प्रक्रिया अघि बढाएको छ। सङ्घीय संरचना […]
फेसबुकमा चिनेकालार्इ डेटिङमा डाक्दै हत्या गर्ने खतरानाक युवती
दाङ, २९ असार । पछिल्लाे समय सामाजिक सञ्जालकाे निकै दुरुपयाेग भइरहेकाे छ । फेसबुककै कारण धेरैका घरबार तहस नहस भएका छन् भने धेरै अपराधिक घटना पनि घटेका छन् । फेसबुककाे प्रयाेग गरेर अापराधिक प्रवृतिका युवादेखि युवतीसम्म अाफ्ना गतिविधितर्फ बढी उद्धत हुन थालेकाे देखिन्छ । दाङका व्यापारी राजकुमार श्रेष्ठकाे पनि सामाजिक सञ्जाल नै उनकाे हत्याकाे कारण […]
यस्तो माेवाइल एप जसबाट रगत ननिकालेर नै सुगरको मात्रादेखि सबै चेकजाँच हुने
काठमाडाैं । मानव शरिरको अवस्थालार्इ जाँचबुझ गर्न विश्वमा बिभिन्न वैज्ञानिक उपकरणहरुकाे विकास हुँदै गएकाे छ । विश्वमा विभिन्न खालका अनुसन्धान र वैज्ञानिक खाेज भइनै रहेका छन् । यसैबीच एउटा अध्ययनबाट मानिसकाे शरिरकाे अध्ययन गर्ने माेवाइल एप नै विकास भएकाे छ । बेलायतका वैज्ञानिकहरुकाे एउटा टाेलीले यस्ताे प्रविधिकाे विकास गरेकाे हाे । शरिरमा रगतकाे प्रेसर के […]
रत्नपार्कको २५ तले भ्यूटावर नबन्दै ढल्यो । निर्माता कम्पनीसँगको सम्झाैता रद्द
अाशिष दर्नाल काठमाडाैं । रत्नपार्कमा रहेकाे पुरानाे बसपार्क हटाएर २५ तले भ्यू टावर बनाउने याेजना तुहिएकाे छ । अब साे ठाउँमा भ्यू टावर नबन्ने पक्कापक्की भएकाे छ । काठमाडाैं महानगरपालिकाले भ्यू टावर निर्माता कम्पनीले एक वर्ष बितिसक्दा पनि खास काम नगरेपछि कम्पनीकाे सम्झाैता नै रद्द गर्ने प्रक्रियामा अघि बढेकाे छ । जलेश्वर विकाेइ स्वछन्द नामकाे […]
खोलाले बगाएको जिप भेटियो, मान्छे भेटिएनन्
पाल्पा, २७ असार । तीन दिनअघि पाल्पाको तिनाउ खोलाले बगाएको जिप आज भेटिए पनि त्यसमा सवार चारजना यात्रु अझै भेटिएका छैन् । तिनाउ खोलामा आएको बाढीले आइतबार लु१ज १७१२ नम्बरको जिप बगाउँदा त्यसमा सवार दुई महिला र दुई पुरुष बेपत्ता भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिपलाई खोलाबाट बाहिर निकालिएको भएपनि त्यसमा […]
व्यापारी श्रेष्ठको अपहरण र हत्याका मुख्य योजनाकार पक्राउ
काठमाडौँ, २७ असार । दाङका व्यापारीको अपहरण गरी हत्या गरेको घटनाका मुख्य योजनाकार काठमाडौँबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा, टेकुको विशेष टोलीले तार्केश्वर नगरपालिका मनमैजु बस्ने दाङ, तुल्सीपुर उपमहानगरपालिका–११ कटाहका ३० वर्षीय खुमबहादुर केसीलाई मङ्गलबार कोठाबाटै पक्राउ गरेको हो । दाङ, तुल्सीपुर उपमहानगरपालिका–५ वुटवल बस्त्रालयका सञ्चालक एवम् तुलसीपुर उद्योग वाणिज्य सङ्घका […]
‘क्लिन फिड’ नीति तत्काल लागु गर्न माग
काठमाडौँ, २७ असार । नेपाल पत्रकार महासङ्घले विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण ‘क्लिन फिड’ नीति तत्काल लागू गर्न माग गरेको छ । आगामी साउन १ देखि पूर्णरूपमा कार्यान्वय हुनुपर्ने नीति कार्यान्वयनको सम्मुखमा पुगेर अहिले पुनः विवादित भनाइहरू आएकामा महासङ्घ गम्भीर चासो र सरोकार प्रकट गरेको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “क्लिन फिड नीति […]








