प्रोस्टेट ग्रन्थीको समस्याले ग्रस्त डा. भट्टराईको भक्तपुरमा शल्यक्रिया हुँदै

काठमाडौं, २० साउन । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको प्रोस्टेट ग्रन्थीको अप्रेसन गरिने भएको छ। पिसाब सम्बन्धि समस्याबाट ग्रस्त भएका भट्टराईको शुक्रबार प्रोस्टेट ग्रन्थीको अप्रेसन गरिने भएको हो। भट्टराईको भक्तपुरस्थित नागरिक अस्पतालमा साँझ ४ बजे अप्रेसन हुन लागेको हो। उनलाई डा. राजेश बर्माको टोलीले अप्रेसन गर्ने भएको छ। उनी लामो समयदेखि […]

चिउरीखोला दोभानमा थुनिएका २७ को उद्धार । रामपुर-उदयपुर बस्ती पूरै डुबानमा

कञ्चनपुर, २० साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरिएको छ। गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए। वडाध्यक्ष जगतबहादुर सिंह, जेपी स्पोर्टस् क्लबका पदाधिकारी र सशस्त्र प्रहरी सहितको टोलीले थुनिएकाको चार घण्टाको अथक प्रयासपछि सकुशल उद्धार गरेको जेपी स्पोर्टस् क्लबका अध्यक्ष दीपक […]

भरतपुर कारागारमा ४२ वर्षीय कामतको मृत्यु

चितवन, २० साउन । चितवनको भरतपुरस्थित जिल्ला कारागारमा एकजना कैदीको बिहीबार मृत्यु भएकोछ । विराटनगर घर भएका ४२ वर्षीया कैदी अम्बिका कामतको स्तन क्यान्सरका कारण मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए । उनका अनुसार रोगबाट गम्भीर भएपछि क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले नसकिने भनेर पठाएपछि फर्काइएकी कामतको भरतपुर अस्पतालमा ल्याएपछि […]

फेवातालको ७ सय रोपनी जग्गा यसरी गरियो रातारात व्यक्तिको नाउँमा

पोखरा, २० साउन । फेवातालको एक हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ। फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा समिति गठन गरेको थियो। यही समितिको अध्ययनपछि यस्तो तथ्य पत्ता लागेको हो। समितिले करिब ९ सय ५० […]

विशाल चौधरीको अपहरणमा बाबुका घनिष्ठ साथी

काठमाडौं, २० साउन । विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन्। १४ वर्ष भयो दुवैको घनिष्ठ मित्रताको। काठमाडौंको शान्ति शिक्षा माध्यमिक विलालयमा उनीहरु सँगै पढे। चौधरी हार्डवेयरको ब्यापारमा लागे भने विश्वकर्मा मार्बलसम्बन्धी काम गर्न थाले। रामेछापका विश्वकर्मा ललितपुर, थसिखेल बस्थे। बुटवलका चौधरी काठमाडौं नयाँ बजार बस्थे। गत बिहिबारको घटनापछि दुबैको मित्रता टुंगिएको […]

सर्पको टोकाइबाट एक सातामै तीनको मृत्यु

बर्दिवास, २० साउन । महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो । बिहीबार बर्दिवास–१ कै १९ वर्षीया रबिना गौतमको सर्पको टोकाइबाट मृत्यु भएको छ । जनता बहुमुखी क्याम्पस बर्दिवासमा स्नातक तहमा अध्ययनरत गौतमलाई […]

हिमाली जिल्लामा चीन सरकारको यसरी गर्दैछ खाद्यान्न वितरण

मुगु, १९ साउन । चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका हिमाली जिल्लालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको छ । मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा आज चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ देखि ९ सम्मका घरधुरीलाई खाद्यान्न वितरण गरेका हुन् […]

अपर कर्णाली र अरुण तेस्रो रद्द गर्न ऊर्जामन्त्रीले दिए यस्तो चेतावनी

काठमाडौं, १९ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनामा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै उनीहरूले समयमै काम सञ्चालन गर्न नसके सम्झौता रद्द गर्ने तयारी भएको बताएका छन्। ‘समयमै काम नगर्ने कम्पनीहरूसँग एकपटक छलफल गरी समयावधि तोक्ने र समयावधिभित्र काम नगर्ने कम्पनीको लाइसेन्ससमेत खारेज गर्ने नीतिगत व्यवस्थासमेत गरिनेछ’, ऊर्जामन्त्री शाहीले […]

निगमलाई डुबाउन वास्तविक मुल्यभन्दा ६ गुणा बढी बढाएर जग्गा खरिद

काठमाडौं, १९ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण गर्न भन्दै ६ गुणासम्म मूल्य बढाएर जग्गा खरिद गरेको देखिएको छ। सांसदहरूका अनुसार निगमले झापामा खरिद गरेको २३ बिघा ३ कट्ठा १३ धुरमध्ये करिब २१ बिघा दुर्गममा पर्छ। उक्त क्षेत्रमा प्रतिकट्ठा जग्गाको मूल्य डेढदेखि २ लाख रुपैयाँ मात्र छ । तर निगमले ‘चलखेल’ गरेर प्रतिकट्ठा […]

विदेशमा बसेर फेसबुकमा नेपाल र नेपालीलाई अश्लिल गाली गर्नेहरु यसरी तानिदैछन धमाधम

काठमाडौं, १८ साउन । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन्। उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ। जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन व्युरोले प्रक्रिया सुरु गरेको छ। उनलाई नेपाल डिपोर्ट गराउन व्युरोले […]