बाढीले मोरङ जिल्ला पूरै डुबानमा । जिल्ला भयो तालजस्तो

मोरङ, २८ साउन । अविरल वर्षाका कारण मोरङमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । बाढीले मोरङ जिल्ला पूरै तालमा डुवेको जस्तो भएको छ । बाढीले जिल्लाका ७ हजार ५ सयभन्दा बढी घर डुबानमा पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बाढी कारण मृत्यु हुने मध्ये अहिलेसम्म २ जना महिलाको शव फेला परेको छ । […]

भारतले कोशी बाँधका ढोका नखोल्दा सप्तरी पूरै डुवानमा । वहाव यो वर्षकै उच्च

सप्तरी, २८ साउन । लगातारको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेर यो बर्षकै उच्च भएको छ। पानीको बहाव उच्च हुँदा समेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरिरहेको भन्दै स्थानीयबासी रुष्ट बनेका छन्। पानीको बहाब प्रति सेकेण्ड २ लाख ७० हजार तीन सय ६५ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी […]

आठौं राष्ट्रिय खेलकुदका लागि सचिवालय गठन

काठमाडौं, २७ साउन । मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुद– २०७५ सचिवालय गठन गरिएको छ। आठौं राष्ट्रिय खेलकुद आयोजना तयारी अनुगमन, निरिक्षणलगायतका कार्यहरु गर्न अत्यवाश्यक भएकोले हमालको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको हो। सचिवालयका सदस्यमा राखेपकी सदस्य शान्ति सिंह, राखेपका […]

रनिङ शिल्डमा कीर्तिमान बनाउने खेलाडीलार्इ एक-एक लाख प्रदान

काठमाडाैं, २७ साउन । युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ। सम्मानति हुने सबै खेलाडी एथलेटिक्सका हुन्। विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका मध्यमाञ्चल अजितकुमार यादव, मध्यपश्चिमाञ्चलका तिलकबहादुर विक, मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा पश्चिमाञ्चलकी विपना परियार सम्मानित भए। अजितले छात्र १ हजार ५ […]

४ वर्षमा क्यान्सर रोगीको सङ्ख्या दाेब्बरले बढ्याे

झापा, २६ साउन । चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०६७÷०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३÷०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संख्या करिब अढाइ सय प्रतिशत हो । त्यस्तै, आव २०६९÷०७० मा ९२ जना र […]

गम्भीर अपराध गर्नै सबैलार्इ अब अाजीवन कारावासकाे सजाय दिइने

काठमाडाैं, २६ साउन । शासक फेरिए पनि शासन उस्तै, संविधान फेरिए पनि कानुन उस्तै ! यस्तै भुक्तमान नेपालीहरूले नयाँ संविधान जारी भएको तेस्रो वर्ष नलाग्दै सर्वसाधारणको दैनिकीमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन फेरिएका छन् । संसद्ले बिहीबार मुलुकी ऐन प्रतिस्थापन गर्ने ७ विधेयकमध्येका ३ अपराध संहिता र फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर सजाय निर्धारण तथा […]

‘सहिदको रगत’ सार्वजनिक

काठमाडौँ, २६ साउन । साहित्यकार सुव सेनको इतिहास नाटक ‘शहीदको रगत’को सार्वजनिक गरिएकाे छ । गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु अशेष मल्ल, डा देवीप्रसाद सुवेदी र अरविन्द रिमालले पुस्तकको लोकार्पण गरेका हुन् । सेन पूर्व सभासद् र पूर्व अञ्चलाधीश पनि हुन् । राणा शासनको विरोधमा आवाज उठाउँदा झुन्ड्याएर मारिएका शहीद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त […]

राँगाको सिङ बजाउदै नगर परिक्रमा गर्ने पर्व शुरु

ललितपुर । गाईजात्राको भोलिपल्ट ललितपुरको पाटनमा मतया पर्व अर्थात दिप यात्रा मनाउने गरिन्छ । मतया पर्वलाई न्यकू जात्रा पनि भन्ने चलन रहेको छ । ललितपुर नगर भित्र रहेका बौद्ध चैत्यहरुमा वर्षभरि गुमाइएकाको आफन्तको नाममा दीप दान गर्ने र राँगाको सिङ बजाउदै नगर परिक्रमा गर्दे मनाउने पर्व भएको हुँदा यो जात्रालाई विशेष गरी न्यकू जात्रा भन्ने […]

भारत पुर्याई आफ्नै बिद्यार्थी बलात्कार गर्ने प्रमोद महतो पक्राउ

महोत्तरी, साउन । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो ।   गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई […]

यसरी गयो प्रहरी ‘ईन्काउन्टर’मा प्रविणको प्राण

ललितपुर । ललितपुरको कुसुन्तीमा सोमबार गोली लागेर एक युवकको मृत्यु भएको छ । मृतक कुसुन्तीमै लागू औषधको डिलर संचालन गर्दै आएका प्रविण खत्री भएको प्रहरीको भनाइ छ । खत्रीलाई खोज्न उनको घरमै पुगेको प्रहरीतिर फ़ाइरिङ्ग गर्दै उनी भाग्न थालेपछि गोली चलाएको प्रहरीले बताएको छ । सोमबार पौने २ बजे खत्रीको खोजीमा हिडेको महानगरीय प्रहरी महाशाखाको […]