अायाेगको अादेश अटेरी गर्दै यसरी गरियो रातारात २५० कर्मचारीको सरुवा

काठमाडाैं, १६ । कर्मचारीकाे सरूवा नगर्न निर्वाचन अायाेगले गरेकाे निर्देशन विपरित सरकारले रातारात ठूलाे सङ्ख्यामा कर्मचारीकाे सरुवा गरेकाे छ । रातारात २ सय ५० भन्दा बढी कर्मचारी एकैसाथ कर्मचारी सरुवा भएपछि त्यसकाे व्यापक विराेध भएकाे छ । नियमविपरीत एकतर्फी रूपमा कर्मचारी सरुवा गरेको भन्दै आधिकारिक ट्रेड युनियनलगायत कर्मचारीसम्बद्ध विभिन्न संगठन विरोधमा उत्रिएपछि तनाव भएको हो। […]

दशैका लागि ९० प्रतिशतभन्दा बढी हवाइ टिकट बुकिङ

काठमाडौँ, १६ भदौ । दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर नखुलाउने वायुसेवा कम्पनीले दसैँ आउनु तीन साताअघि नै लगभग सीट बुकिङ सकिएको जनाएका छन् । […]

किनमेल गर्न गौरीफण्टा गएका नेपालीमाथि भारतीयद्वारा कुटपिट

कञ्चनपुर, १५ भदौ । कैलाली कञ्चनपुरको सीमावर्ती नाका गौरीफण्टामा किनमेलका लागि गएका जीतबहादुर विकमाथि भारतीय व्यापारीले आज कुटपिट गरेका छन् । स्थानीयवासी सीता शाहलाई भारतीय व्यापारीले दुव्र्यवहार गर्न थालेपछि बचाउका लागि गएका विकमाथि कुटपिट भएकाले स्थानीयवासीले सीमा नाका ठप्प पारेका छन् । घटनाको विरोध गर्दै डोकेबजार र गौरीफण्टा नाकाको यातायात सेवा अनिश्चितकालका लागि स्थानीयवासीले ठप्प […]

नेपालमा यूट्यूब र जिमेल ढिलो खुल्नुको कारण यस्तो पो रहेछ

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्यूब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको भन्दै धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु आएको जनाएको छ । आइस्पानले त्यसप्रति आफ्नो गम्भीर ध्यानकार्षण भएको जनाएको छ । गुगलले विगत चार बर्षदेखि आफ्नो एप्लिकेसनहरु (जिमेल र युट्यूब) को क्षमता सुधारका लागि नेपालको स्थानीय इन्टरनेट सेवा […]

टेलिकमले अब निःशुल्क प्रिपेड सिम दिने

काठमाडौँ, १५ भदौ । नेपाल टेलिकमले अब नि:शुल्क सिम वितरण गर्ने भएकाे छ । बाढीबाट प्रभावित भएका २३ जिल्लामा याे सेवा दिने टेलिकमले जनाएकाे छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएकाे टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन् । प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, […]

यसरी भाँसिएर बग्न थाल्याे मुग्लिन नारायणगढ सडक

चितवन, १५ भदाै । नारायणगढ मुग्लिन सडक भाँसिदै बग्न थालेकाे छ । केही दिनदेखि लगातार परेकाे अविरल वर्षाका कारण सडक भाँसिदै बग्न थालेकाे हाे । सडक भासिएका कारण आज बिहानबाट साे सडकमा चल्ने सम्पूर्ण सवारी पूर्ण रुपमा बन्द भएका छन । नारायणगढ मुग्लिन सडक आयोजनाले केही दिन यस सडकमा यातायात सूचारु गर्न कठिन हुने जनाएकाे […]

अज्ञात रोगबाट ४२ बालबालिकाको अस्पतालमै मृत्यु

काठमाडौं, १५ भदौ । भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक सरकारी अस्पतालमा ४२ जना बालबालिकाको मृत्यु भएको छ । गत ४८ घण्टामा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र बाँकी अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण मृत्यु भएको मेडिकल […]

नागरिक प्रहरीसँगै सहकार्य गर्दै राष्ट्रिय पर्व इन्द्रजात्राको तयारी

काठमाडौँ, १५ भदाै । एेतिहासिक राष्ट्रिय पर्व इन्द्रजात्राकाे व्यापक तयारी भइरहेकाे छ । सांस्कृतिक पर्वका रुपमा रहेकाे याे जात्रालार्इ सफल बनाउन प्रहरी र स्थानीयवासीले संयुक्त रुपमा तयारी अगाडि बढाएका छन् । आइतबारबाट प्रारम्भ हुने इन्द्रजात्राको तयारीमा स्थानीय गुठी, जात्रा ब्यबस्थापन समिति, सरोकारवालासँगै स्थानीय प्रहरी प्रशासन सँगसँगै जुटेका हुन् ।  परम्परागत जात्राका रुपमा रहेकाे इन्द्रजात्रा जति […]

पहिरोमा परी ३० जनाको मृत्यु १२ बेपत्ता

काठमाडौं, १५ भदौ । चीनको ग्रामीण क्षेत्रमा गएको दुई वटा पहिरोमा परी ३० जनाको मृत्यु भएको छ । यस पहिरोमा अन्य १२ व्यक्ति बेपत्ता भएको सरकारी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् । चीनको दक्षिणपूर्वी प्रान्त गुइजोउ पर्ने एउटा ठाउँमा सोमबार गएको पहिरोमा परी २३ जना मृत्यु भएकै बेला बुधबार दोस्रो पहिरो गएर अरू ७ जनाको मृत्यु […]

टेलिकमभित्र नक्कली काम गर्ने ११५ जनालाई जेलसजाय

काठमाडौं, १५ भदौ । पूर्वी चीनको जेजिआङ प्रान्तमा बुधबार टेलिकममा नक्कली काम गरेको आरोपमा ११५ व्यक्तिलाई जेल सजाय दिइएको छ । सजाय दिइएका ती व्यक्तिहरूमा प्रायः कलेज अर्थात उच्च माध्यमिक विद्यालयका व्यक्तिहरू रहेका छन् । हैनिङ्ग शहरका एक अदालतका अनुसार जेल सजाय पाएका ती व्यक्तिहरूलाई वेबसाइट हटिङ्गको आरोप लागेको छ ।