११ वर्षदेखि फरार रहेका गाविस उपाध्यक्ष पक्राउ

चौतारा, २८ भदौ । नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ । साबिक मेलम्ची गाविस –७ हाल मेलम्ची नगरपालिका–११ बस्ने तत्कालीन गाविसका उपाध्यक्ष कुमार पाण्डेलाई कारागार लगिएको जिल्ला अदालत सिन्धुपाल्चोकका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् । दोषी […]

निगममा अर्बौको घोटाला गर्ने गोपाल खड्कामाथि कारवाहीको तयारी

काठमाडाैं, २८ भदाै । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस हुने भएको छ। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयलाई सोमबार साँझ सिफारिस गरेको थियो। सोही सिफारिस मन्त्रिपरिषद्मा पेस गरिने […]

त्रिविका उपकुलपति पनि कांग्रेसकाे अन्तर्घातीकाे सूचिमा

काठमाडौं, २८ भदौ । स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन्। कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो। कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। रमेश रिजाल नेतृत्वको अनुशासन समितिले प्राप्त उजुरीमाथि […]

राजधानीमा धुँलाेधुँवा अत्यधिक बढ्याे

काठमाडाैं, २८ भदाै । अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले। रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन्। उपत्याकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ। खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक–पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ। चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, […]

वन कार्यालयमा आगजनी । कर्मचारी बाँधेर लडाइए

सर्लाही, २७ भदाै । सर्लाहीकाे हरिअाेनमा रहेकाे वन कार्यालयमा अागजनी भएकाे छ । साेमवार साँझ अज्ञात समूहले वन कार्यालयका कर्मचारीलार्इ बाँधेर लडाइदिएकाे र कार्यालयमा अागजनी गरेकाे बताइएकाे छ । हरिअाेन नगरपालिका वार्ड नं ६ घुर्काैलीमा रहेकाे सागरनाथ वनपरियाेजनाकाे कार्यालयमा अागजनी गरिएकाे हाे । आगजनी गर्नु अघि कार्यालयमा रहेका कर्मचारीहरुलाई बाँधेर लडाएकाे बताइएकाे छ । सोमबार […]

‘ठाडोभाका’ अभियन्ता भेडिखर्के साँइलाको निधन

लमजुङ, २६ भदौ । ठाडोभाकाका अभियन्ता दीर्घराज अधिकारी अर्थात ‘भेडीखर्के साँइला’को निधन भएको छ । चौरासी वर्षको उमेरमा आज साँझ उहाँको निधन भएको हो । सुन्दरबजार नपास्थित आफ्नै छोरीज्वाँइको निवासमा उहाँको निधन भएको नाति सुबोध लौडारीले बताउनुभयो । चिकित्सकका अनुसार उहाँलाई एक महिनादेखि दमका साथै ज्वरो, खान मन नहुनेलगायत समस्या रहेको र शरीरमा पानीको मात्रा […]

निगमले जग्गा खरिदमा अनियमितता गरेको समितिको ठहर

काठमाडौँ, २६ भदौ । व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकमा जग्गा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अध्ययनपछि पेश गरेको प्रतिवेदनमा चलेको मूल्यभन्दा १० गुणा बढीसम्म तिरेर खरिद गरिएको उल्लेख छ […]

जुफाल विमानस्थलमा समिट एअरको उडान सुरु

डोल्पा, २६ भदौ । जुफाल विमानस्थलमा समिट एअरको जहाजले आजदेखि उडान भर्न थालेको छ । बिहान ९ बजे समिट एअरको जहाजले जुफाल विमानस्थलमा अवतरण गरेको नागरिक उडड्यनको कार्यालय जुफलले जनाएको छ । समिट एअरका क्याप्टेन रवीन्द्र रोकाया, क्याप्टेन एडी शेर्पा र एअर होस्टेज के थापासहित तीन सदस्यीय चालक दलको टोलीले पहिलो पटक १८ सिट क्षमताको […]

सबै प्रान्तमा कला क्याम्पस स्थापना हुनुपर्ने

काठमाडौँ, २६ भदौ । नेपाली कलाको विकासमा संस्थागत प्रयत्न हुनुपर्ने अग्रज कलाकार गोविन्दलाल सिंह डंगोलले बताउनुभएको छ । ललितपुर, पुल्चोकस्थित पार्क ग्यालरीमा नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ को १७औंँ शृङ्खलामा डंगोलले कलाको विकास र प्रवद्र्धनमा योजनागत रुपमा काम गर्नुपर्ने बताउँदै भन्नुभयो, “नेपाली कलाको विकासमा कला शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यसमा राज्य […]

१६ जिल्लामा बाल स्वास्थ्य टोली

काठमाडौँ, २६ भदौ । सरकारले तराईका बाढी प्रभावित १६ जिल्लामा सघन खोप कार्यक्रम प्रभावकारी बनाउन टोली खटाएको छ । झापा, मोरङ ,सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लामा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र बाल स्वास्थ्य महाशाखाको नेतृत्वमा खटिएको टोलीले खोपको शतप्रतिशत पहुँच बढाउने कार्य थालेको […]