बस सेवा सञ्चालन गर्ने स्कूलहरुमाथि सरकारले यस्तो अंकुश लगाउँदैछ

काठमाडौं, १९ माघ । सरकारले स्कूल बसहरुलार्इ व्यवस्थित गर्न नयाँ निर्देशिका ल्याएकाे छ । स्कूल बस निर्देशिका २०७४ पारित हुने प्रक्रियामा छ । नयाँ निर्देशिका अनुसार अब सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा द्यिार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् । सरकारले तयार पारेको स्कुल बस निर्देशिका २०७४ जस्ताको जस्तै पारित भए विद्यालयहरुले कुनै पनि […]

समाजसेवी कठायतद्वारा कालिकाेटमा स्वास्थ्य शिविर सञ्चालन

कालिकाेट, १८ माघ । समाजसेवी एवं कालिकोटका युवा दिलबहादुर कठायतकाे विशेष अायाेजनामा कालिकाेटकाे शान्नीत्रिवेणी गाउँपालिकामा २ दिने स्वास्थ शिविर भव्यरुपमा सम्पन्न भएकाे छ । माघ १६ र १७ गते गाउँपालिकाकाे १ नं. वडाकाे सेरिज्युला उमाविमा चलाईएकाे शिविरबाट शान्नी त्रिवेणीबाहेक जिल्लाका प्राय गाउँपालिकाका २२ सय ४३ जनाले सेवा पाएका छन् । स्थानीयवासी गाेकुल सुवेदीका अनुसार नरहरिनाथ […]

धेरैको ज्यान लिने चर्चित डन मनोज पुन बनेर व्यवसायीहरुसँग पैसा उठाउने पक्राउ

पोखरा, १८ माघ । मनोज पुनको नाममा व्यवसायी तथा प्रदेश सांसदसँग फिरौति माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अपरिचित नम्बरबाट आफुलाई विभिन्न हत्याकाण्डमा संलग्न मनोज पुन हुँ भन्दै प्रदेश नम्बर ४ का सांसद तथा व्यवसायी बिन्दु थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नंम्बरबाट धम्कि दिई फिरौति […]

भर्चुअल मुद्राको चिप निर्माण गर्दै सामसुङ

काठमाडाैं । विद्युतीय सामाग्री निर्माता कम्पनी सामसुङले भर्चुअल मुद्राको चिप निर्माण गर्ने भएको छ । क्रिप्टोकरेन्सीकै संरचनामा चिप निर्माण भइरहेको कम्पनीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । नयाँ प्रविधिलाई आत्मसात गर्दै चालिएको पछिल्लो कदमले नाफा बढाउन मद्दत पुग्ने दक्षिण कोरियाली कम्पनीको विश्वास छ । यसअघि सबैभन्दा महङ्गो चिप निर्माण गरेको इन्टेल कम्पनीको रेकर्ड समेत […]

गणतन्त्र दिवसमा कैद मिनाहा पाएर छुटेका थापा फेरि लुटपाट गर्दागर्दै पक्राउ

काठमाडौ, १८ माघ । गणतन्त्र दिवसको अवसरमा आचरण सुधार गरेको भन्दै गत जेठ १४ मा कैद सजाय छुट पाएका भोजबहादुर थापा मगर फेरि पक्राउ परेका छन् । डाँका मुद्दामा कैद भुक्तान गरिरहेका थापा कैद छुट पाएर छुटे लगत्तै फेरि डकैतीमा संग्लन रहेको खुलेको छ । गत माघ १० मा भक्तपुरको सूर्यविनायक–८ गणेश चोकमा डेरा गरी बस्ने रामबहादुर […]

साथीलार्इ बचाउन चिया बेच्दै स्कूले विद्यार्थी

दाेलखा, १८ माघ । बुधबार विहानैदेखि चरिकोटको मौसम चिसो थियो । एकाविहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केहि बालबालिका देखा परे । ७, ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास, चुलो, भाँडा र प्लाष्टिकका गिलास निकाले अनि चुला बाल्न शुरु गरे, भाँडामा पानी बसाले, चिनि, चियापति हाले । चियार तयार भयो । उनीहरुकै साथीको […]

दर्दनाक घटना: २ वर्षसम्म बलात्कार गरी ३० हजारमा अर्कैलार्इ बेचिएकी बालिकाकाे उद्धार

एजेन्सी । भारतको हरियाणा राज्यस्थित फरिदाबादबाट मानव सभ्यतालाई नै स्तब्ध बनाउने एउटा घटना बाहिर आएको छ । चाइल्ड लाइनको सूचनामा पुलिसले फरिदाबादको धिरज नगरस्थित टी–२ कोलोनीमा १५ दिनदेखि बन्धक एक बालिकालाई आइतवार उद्दार गर्न सफल भएको छ। झारखण्ड निवासी ती पीडित बालिकालाई उद्दारपछि प्रहरीले गरेको अनुसन्धानमा उनलाई २ वर्षअघि उनकै हजुरआमाले ५ हजार रुपैयाँमा बेचेको […]

आज ५:५५ बजे खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा […]

प्रधानन्यायाधिश पराजुलीले मार्ने धम्की दिएपछि सुरक्षा खोज्दै वकिले पुगे प्रशासनमा

काठमाडौं, १७ माघ । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष शान्ति सुरक्षा पाउँ भन्दै बुधबार उनले निवेदनसमेत दिएका हुन् । “प्रधान न्यायाधीश गोपाल पराजुलीका विवादित कार्यहरुका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा वहस पैरवी […]

अदालतबाट विद्यालयका प्रअ र अध्यक्षलाई एक हजार रुपैयाँ जरिवाना

कञ्चनपुर, १७ माघ । उच्च अदालत, दीपायलको महेन्द्रनगर इजलासले अपहेलना मुद्दामा कञ्चनपुरको भीमदत्तनगरपालिका बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालय अध्यक्ष कटकबहादुर कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयलाई जरिवाना गरेको छ । महेन्द्रनगर इजलासका न्यायाधीयद्वय डिल्लीराज आचार्य र दिनेशप्रसाद यादवको संयुक्त इजलासले दुवै जनालाई जनही एक÷एक हजार रुपैयाँ जरिवनाको सजाय गरेको हो । इजलासले एक वर्षअघि शिक्षक […]