कालिगण्डकी करीडोरले पाँच घर जोखिममा

बलेवा, ४ साउन । बागलुङ नगरपालिका–१३ पैयूँपाटास्थित कालीगण्डकी कोरिडोरको पाँच घर जोखिममा छन् । करिडोर विस्तारका क्रममा बस्ती मुनिको जमीन कटान भएपछि स्थानीय कुलराज लामिछाने, खगराज लामिछाने, महेश्वर लामिछाने, कृष्णप्रसाद लामिछाने र दयाराम लामिछानेको घर पहिरोको जोखिममा रहेको जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ । नेपाली सेनाले जिम्मा लिएको सो कोरिडोर विस्तारका क्रममा जोखिममा […]

मनोसामाजिक क्षेत्रमा सुपरीवेक्षण गर्ने निकायको अभाव

काठमाडौँ, ४ साउन । मनोसामाजिक स्वास्थ्य सेवाको क्षेत्रमा अनुगमन तथा सुपरीवेक्षण गर्ने निकायको अभाव छ । जसका कारण मनोवैज्ञानिकहरुले जे जानेका छन् त्यही सीप प्रयोग गरेर मनोसामाजिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । सुरपरिवेक्षणको अभावमा मनोचिकित्सा क्षेत्रमा कुन तरिका उपयुक्त हो भनेर खुट्याउनसक्ने अवस्था समेत नभएको सम्बद्ध जानकारले बताएका छन् । मनोचिकित्साको क्षेत्रमा देखिएका […]

रुद्रमतीमा झोलुङ्गे पुल उद्घाटन

काठमाडौँ, ४ साउन । रुद्रमती सफाइको २७६औँ हप्तामा रातोपुल र कालोपुलको बीच भागमा बनेको झोलुङ्गे पुल उद्घाटन गरिएको छ । प्रदेश नं ३ सरकारको रु २७ लाख २८ हजार आर्थिक सहयोगमा पुल निर्माण भएको हो । यहाँ पुल नहुँदा पैदलयात्रु रातोपुल अथवा कालोपुलसम्म घुमेर वारपार गर्न बाध्य हुनुपरेको थियो । पुल निर्माणपछि बिहान–बेलुका हिँड्न चाहने […]

पत्रकारसहित विभिन्न विधाका ६ जना पुरस्कृत

खोटाङ, ४ साउन । तुवाचुङ साप्ताहिकले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा तीन पत्रकार र विविध क्षेत्रमा योगदान गर्ने अन्य तीन जनालाई पुरस्कृत गरेको छ । साप्ताहिक पत्रिकाले आज हलेसीस्थित होटल हलेसी भिलेजमा औपचारिक कार्यक्रम गरेर राससकर्मी पत्रकार केदार मगर, नागरिककर्मी पत्रकार दमन राई र कान्तिपुर टेलिभिजनकर्मी पत्रकार उत्तम चौलागार्इंलाई पुरस्कृत गरेको हो । कार्यक्रमका प्रमुख […]

पौडी खेल्ने क्रममा बालकको मृत्यु

तनहुँ, ४ साउन । पौडी खेल्ने क्रममा शनिबार डुबेर तनहुँमा एक बालकको मृत्यु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ निवासी १२ वर्षीय विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । जिल्लाको भिमाद नगरपालिका–५ मामाघरमा गएका ती बालक सोही वडास्थित सेती नदीमा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक […]

करेन्ट लागेर नुवाकोटमा एकको मृत्यु

विदुर, ३ साउन । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ स्थित बगुवामा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ । सोही गाउँपालिकास्थित बगुवामा छिमेकीको घरको केवलको तार बनाउन बिजुलीको पोलमा चढेका सोही स्थानका ३५ वर्षीय विष्णु राईलाई करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुँयालले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई […]

बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौँ, ४ साउन । किशोरीलाई बन्धक बनाएको आरोपमा एक भारतीय नागरिक आज पक्राउ परेका छन् । काठमाडौँ कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो । भक्तपुर सूर्यविनायक बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदीपले शुक्रबार दिउँसो ललाइफकाई, धम्क्याई जबर्जस्ती कुलेश्वरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाएको प्रहरीले […]

पन्ध्र लाख घुससहित तीन इञ्जिनीयर पक्राउ

काठमाडौँ, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ । बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे । उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो । उनीहरुलाई पक्राउ […]

सांसदहरु बाढी प्रभावित क्षेत्रमा

धनुषा, ४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले बाढीपीडित समक्ष राहत पु¥याउन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिका सदस्यसमेत रहेका महतोले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग समेत गरे । विस्थापितको पुनःस्थापना गर्न उहाँले सरकारसँग माग गरे […]

सर्पले डस्दा एक जनाको मृत्यु

गौशाला, ४ साउन । महोत्तरीको बर्दिवास नगरपालिका–२ मा सर्पले डस्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शिवनाथ महतो रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । बर्दिवास–४ मा चिया पसल सञ्चालन गर्दै आएका महतोलाई पसलमै सर्पले डसेको हो । उनको उपचारका क्रममा बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको […]