लागुऔषधसहित तीन युवक पक्राउ

सिरहा, ५ साउन । सशस्त्र प्रहरीको टोलीले सिरहा नगरपालिका–१७ माडरबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट माडरबाट खटिएको टोलीले जाँचका क्रममा लागुऔषधसहित उदयपुरको कटारी नगरपालिका–१ निवासी १७ वर्षीय राहुल घलेमगर, २० वर्षीय दिबहादुर खत्री र २० वर्षीय मिलन माझीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट माडरका प्रमुख […]

लोक सेवाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही (सूचना सहित )

काठमाडौँ, ५ साउन । लोक सेवा आयोगले प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरेमा कारबाही गर्ने जनाएको छ । आयोगले लिखित परीक्षामा प्रश्नपत्र फिर्ता गर्नुपर्नेमा नगरी आफूसाथ लगेमा वा प्रतिलिपि गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने वा सोही प्रकारका अन्य काम कारबाही गरेमा प्रचलित काूनन बमोजिम कारबाही हुने जनाएको हो । जारि स्थानीय तहका विभिन्न पदका लागि लिखित […]

उपभोक्ता कानून बनाउँदा उनीहरुको हितलाई ध्यान दिनुपर्छ

वीरेन्द्रनगर, ५ साउन । उपभोक्ताको संरक्षणसम्बन्धी कानून बनाउँदा उपभोक्ताको हितलाई मध्यनजर गरेर कानून निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उपभोक्ताको अधिकारभित्र मानवका आधारभूत अधिकार जोडिने भएकाले कानून बनाउँदा संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ थियो । युएनडिपीको सहयोगमा कर्णाली फाउण्डेशनले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश उपभोक्ता संरक्षण गर्न बनेको विधेयक २०७५ माथि आयोजित छलफल कार्यक्रमका […]

हनुमन्तेको ट्रस पुल उद्घाटन

भक्तपुर, ५ साउन । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न विकासमा ऐक्यबद्धता, राजनीतिमा प्रतिपर्धा भन्ने नारालाई आत्मसात गरी अघि बढ्नु पर्ने बताएका छन् । जस्तिक तज टोल विकास समितिको आयोजनामा हनुमन्ते नदीमा निर्माण गरिएको ट्रस पुलको शनिबार उद्घाटन गर्दे उनले रातलाई अँध्यारो भयो भनी सराप्नुभन्दा एउटा बत्ती […]

कृत्रिम ताल निर्माणले कन्चनपुरका जङ्गली जनावर पुरानै बासस्थानमा फर्के

कञ्चनपुर, ५ साउन । संरक्षित जनावरलाई पानीको व्यवस्था गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिमताल निर्माण गरिएका छन् । संरक्षित जनावरलाई पानी खुवाउन सहजता प्रदान गर्न सामुदायिक वनको भित्री र बाह्य क्षेत्रमा गरी दुई ताल निर्माण गरिएका हुन् । दुईवटै पोखरी निर्माण गर्नका लागि सामुदायिक वन र लालझाडी मोहना संरक्षण कार्यक्रमअन्तर्गत रु […]

जिपले किच्दा ७ वर्षीय बालकको मृत्यु

गलकोट, ५ साउन । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ । ग१ज ७१८१ नंको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा चालककै छोरा सात वर्षीय सलिन थापालाई किच्न पुग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद […]

पशुबलि रोक्न माग गर्दै शान्ति पदयात्रा

कलैया, ४ साउन । पशुबलिको विरोधमा बाराको कलैयामा आज शान्ति पदयात्रा निकालिएको छ । ‘मलाई बाँच्न देउ, पशुबलि बन्द गर’ प्लेकार्ड बोकेर उक्त पदयात्रा निकालिएको थियो । बारा महिला विकास मञ्च र पशु कल्याण सङ्घ नेपालको सहकार्यमा निकालिएको शान्ति पदयात्रा विभिन्न स्थान परिक्रमा गरी धर्मशालामा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा पशु कल्याण सङ्घ नेपालका […]

युएइमा बेचिएका युवाको दर्दनाक कथा

काठमाडौँ, ४ साउन । सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका […]

सानो रकम ठुलो काम

खोटाङ, ४ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटमा गठित समूहमा ४३ घर आबद्ध छन् । ती घरका सदस्यले मासिकरूपमा रु २० का दरले लेबीवापत समूहमा रकम जम्मा गर्छन् । अधिकांश दुमी राईको बस्ती रहेको बोहोरीबोटमा गठित समूहको बैठक हरेक महीनाको १ गते अनिवार्य बस्छ । बैठकमा सहभागी नहुने घरका सदस्यले अर्को महीना बसिने […]

बाढीले सामुदायिक भवन बगाएपछि दलित बस्तिको बिचल्ली

बर्दिवास, ४ साउन । महोत्तरीको भङ्गाहा नगरपालिका–२ सिङ्ग्याहीस्थित सामुदायिक भवन बाढीले बगाएपछि दलितबस्ती आश्रयबिहीन बनेको छ । गतवर्ष निर्माण गरिएको सो भवन आज रातु नदीको बाढीले बगाएको हो । यसअघि यहाँका बाढी विस्थापित सो सामुदायिक भवनमा बस्दै आएका थिए । असार अन्तिम साताको बाढीले घर बगाएपछि दलित बस्तीका २० परिवार सो भवनमा बस्दै आएका थिए […]