काठमाडौँ, २२ साउन । प्रतिनिधिसभाको शून्य समयमा सुनसरी धरान उपमहानगरपालिकामा घरैपिच्छे डेङ्गुका बिरामी देखिएको हुँदा उपचार गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मीना सुब्बाले घरैपिच्छे डेङ्गुको बिरामी देखिँदा दुई महिलाको मृत्यु भइसकेको र चार हजारमा रोेग देखिएकोले सो रोग तत्काल नियन्त्रणमा ल्याउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए । सांसदहरु राजेन्द्रकुमार राई र रानी […]
समाज
करीब छ लाख मूल्य बराबरको मरिच बरामद
गौशाला, २२ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित तीन घरबाट तस्करीका लागि राखिएको अवस्थामा प्रहरीले गए राति करीब छ लाख मूल्य बराबरको मरिच बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी नपा–८ को तीन जनाको घरबाट गए राति करीब पाँच लाख ७० हजार मूल्य बराबरको ३८ बोरामा राखिएको ९५० किलो मरिच बरामद […]
लाखेनाच संरक्षणमा नेवार समुदाय
पर्वत, २२ साउन । पछिल्लो केही वर्षयता हराउँदै गएको लाखेनाचको संरक्षणमा यहाँका नेवार समुदायले सक्रियता देखाउन थालेका छन् । नेपालका मौलिक नाचहरुमध्ये लाखेनाच लोकप्रिय नाचको रुपमा रहे पनि युवापुस्तामा रुचि नहुँदा यो संस्कृति हराउँदै जान थालेको थियो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखेनाच केही वर्षअघि विभिन्न अवसरमा देख्न पाइन्थ्यो । […]
खानेपानी उपभोक्तालाई दुई करोड ऋण !
काभ्रेपलाञ्चोक, २२ साउन । पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई दुई करोडको ऋणी बनाइएको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखालका करीब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो । पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । कूल उपभोक्ता […]
ब्यस्त चोकबाट लाखौँको धनमाल चोरी
बर्दिवास, २२ साउन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ । पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित रु पाँच लाखको धनमाल चोरी भएको हो । राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य सटर फोडेर चोरी भएको […]
यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा
काठमाडौँ, २२ साउन । ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४/७५ मा आठ […]
बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ
सप्तरी, २२ साउन । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितहरुले घाँटी थिचेर हत्या गरेको […]
रहस्यमय बन्दै पत्रकार पुडासैनीको मृत्यु !
२२ साउन, चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ […]
बालुवाटारमा भिषण आगलागी
२२ साउन, काठमाडौं । बालुवाटारस्थित चिनियाँ दूतावास नजिक आगलागी भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसु कार्यालयमा आज अपराह्न आगलागी भएको जानकारी दिए । “ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान छ”, उनले भने । ग्यास नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगिसकेको प्रवक्ता ज्ञवालीले जानकारी दिए […]
सहरको व्यस्त चोक लाखौँको धनमाल चोरी
बर्दिवास, २२ साउन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ । पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित पाँच लाखको धनमाल चोरी भएको हो । राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य सटर फोडेर चोरी भएको पाइएको […]











