गुल्मी – २३ साउन गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेक बस्ती पहिरोको दीर्घकालीन जोखिममा रहेको भूगर्भविद्ले बताएका छन् । उक्त ठाउँमा आवास क्षेत्र बनाउन नमिल्ने देखिएको भूगर्भविद्को भनाइ छ । खानी तथा भूगर्भ विभागबाट अध्ययनका लागि गएको टोलीले गाउँ जोखिमपूर्ण अवस्थामा रहेको जनाएको छ । विभागका राजेन्द्र आचार्य र सुलभ कायस्थको टोलीले शनिबारदेखि पहिरो प्रभावित गाउँमा पुगेर […]
समाज
बहुविवाह गर्ने जोडी पक्राउ
भोजपुर, २२ साउन । जिल्ला प्रहरी कार्यालय भोजपुरले बहुविवाह गर्ने दुई जोडीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टङ्क विक र कान्छी श्रीमती बनेर आउने १९ वर्षीय वसन्ती विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । उनीहरुलाई टङ्ककी जेठी श्रीमती अमृता विकको जाहेरीपछि झापाबाट पक्राउ […]
बाघले मा¥यो २१ बाख्रा, एक जना गम्भीर घाइते
ओखलढुङ्गा, २२ साउन । ओखलढुङ्गाको पलापुमा बाघले बाख्रा मारेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका– १ र २ मा पर्ने पलापुमा तीन दिनमा बाघले २१ वटा बाख्रा मारेको हो । आज बिहान स्थानीय मसली मायाको नौ वटा खसीबोकासहित नौ वटा बाख्रा मारेको छ । यसअघि मंगलबार पलापुकै झलकबहादुर मगरको पाँच र बाबुराम श्रेष्ठको दुई वटा बाख्रा […]
गुणस्तरहीन चार सिमेन्ट उद्योगलाई कारवाही
काठमाडौँ, २२ साउन । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरबमोजिम सिमेन्ट उत्पादन नगर्ने चार उद्योगलाई कारवाही गरेको छ । विभागको आज बसेको बैठकले नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग मोरङ, जानकी सिमेन्ट उद्योग प्रालि सुनसरी, चितवन सिमेन्ट उद्योग प्रालि नवलपरासी र नेपाल अम्बुजा सिमेन्ट उद्योग प्रालि भैरहवालाई कारवाही गरेकोे हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले चारवटै […]
नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्न शुुरु गर्यो
२२ साउन, काठमाडौं । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउण्ड स्टेशन’ […]
जनयुद्धमा सेनासँग भिड्दा बाँचेका पूर्व लडाकुको बाँदरसँग भिड्दा ज्यान गयो
२२ साउन, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–२, मरेङ्ग गाउँमा एउटा साहसिक युवाको नाम थियो विजयी कुँवर । उनी १० वर्षे माओवादी जनयुद्धका पूर्वलडाकु थिए । सेना समायोजनपछि वर्हिगमित भएका उनी पाल्पा लगायतका धेरै भिडन्तहरुमा भिँडेको पूर्व माओवादी एवम् स्थानियवासी टिकाराम आचार्य बताउँछन् । यसरी सेना प्रहरीसँग धेरै भिडन्तहरुमा भिडेर बाँचेका ३६ वर्षीय कुँवरको बाँदरसँग भिड्ने […]
पर्यटक बस र ट्रक ठोक्किँदा नौ घाइते
तनहुँ, २२ साउन । तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा नौ जना घाइते भएका छन् । काठमाडौँबाट दमौलीतर्फ आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट गुडिरहेको ना ६ ख ५८६५ नम्बरको ट्रक एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी घाइते भएकाको दमौलीस्थित रत्नहरि मेमोरियल […]
अभिलेखालयमै पुग्दैनन् २५ वर्ष पुराना सरकारी अभिलेख
काठमाडौँ, २२ साउन । अभिलेख संरक्षण ऐन २०४६ मा सबै सरकारी कार्यालयले २५ वर्ष पुराना अभिलेख संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा बुझाउनुपर्ने व्यवस्था गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । कानून बनेको ३० वर्षमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, कानून, न्याय तथा संसदीय मामिला र रक्षा मन्त्रालयले मात्र अभिलेख शाखा स्थापना गरी २५ वर्ष […]
बाँझो जग्गामा व्यावसायिक कफीखेती
बलेवा, २२ साउन ।बसाइँसराइका कारण गाउँमा बाँझो रहेका जमीनको सदुपयोग गर्दै आयआर्जन बढाउने भन्दै यहाँको एक सहकारीले व्यावसायिक कफीखेती शुरु गरेको छ । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवामा रहेको साना किसान कृषि सहकारी संस्थाले बाँझो जमीनमा कफीखेती गर्न थालेको हो । तत्कालका लागि सर्कुवामा रहेको २५ रोपनी जमीनमा कफीका बिरुवा लगाइएको छ । सहकारीको कार्यक्षेत्रभित्र रहेका […]
पानीट्यांकीमा युवकको लास फेला
धनुषा, २२ साउन । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पानी ट्याङ्कीमा एक युवकको लास फेला परेको छ । आज बिहानै किसान खेतमा जाँदा ती युवकलाई धानबारीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । अन्दाजी ३८ वर्षीय ती युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । मृतकको शव परीक्षणका […]











