बाँके, १७ भदौं । चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा […]
समाज
विशेषज्ञ सेवासहित अस्पताल सञ्चालनको तयारी
फिक्कल, १७ भदौ । इलाममा विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल सञ्चालनको तयारी गरिएको छ । एक मात्र सरकारी जिल्ला अस्पताल रहेको इलाममा निजी क्षेत्रबाट अस्पताल सञ्चालनको तयारी गरिएको हो । युवा व्यवसायी प्रकाश चापागाईँको पहलमा सञ्चालन हुने अस्पताल विशेषज्ञ सेवासहित आइसीयुलगायत अत्यावश्यक सेवा प्रदान गर्ने बताइएको छ । यस विषयमा सरोकारवालासँग छलफल गरी दर्ताका लागि पहल […]
‘जङ्कफुड’मा प्रतिबन्ध
सोलुखुम्बु, १७ भदौ । बाह्य तरकारीलाई प्रतिबन्द गर्दै आन्तरिक उत्पादनमा जोड दिने महाकुलुङ गाउँपालिकाको योजनाप्रति स्थानीयवासी सकरात्मक देखिएका छन् । गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिने योजना बनाएसँगै यहाँका स्थानीयवासीले समेत अनुशरण गरेका हुन् । सोही गाउँपालिका वडा नं ४ र ५ का स्थानीयवासीले विद्यालय क्षेत्रभित्र ‘जङ्कफुड’लाई प्रतिबन्ध गर्ने स्वःस्फूर्त निर्णय गरेको शिक्षक तारा कुलुङले जानकारी […]
फौजी कीराको प्रकोपले किसान चिन्तित
सुरुङ्गा, १७ भदौ । धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् । गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी कीराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताए । “पहिलोपटक यस्तो कीराको प्रकोप देखापरेको […]
खुर्पा प्रहार गरी श्रीमतीको हत्या
रुकुम पश्चिम, १७ भदौ । खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी […]
रत्नेचौरको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र स्थापना
म्याग्दी, १७ भदौ । बेनी नगरपालिका–१ रत्नेचौरको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र बर्थिङ सेन्टर स्थापना गरिएको छ । गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा भएपछि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल पुग्न नसक्ने आर्थिकरूपमा विपन्न समुदायका गर्भवतीलाई घरमै असुरक्षितरूपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष टेकबहादुर रावलले बताए। “मातृ शिशु […]
सिञ्जामा भालु आतङ्क, रातभर कुकुर लिएर किसान जाग्राम
सिञ्जा, १७ भदौ । जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका जयलाल रावतले बताए । सिञ्जाको जाला, घोडीलेख, तल्लो […]
पर्यटकको रोजाइमा शालग्राम भूमिगत सङ्ग्राहलय
गलकोट, १७ भदौ । बागलुङमा निर्माणधीन अवस्थामा रहेको भूमिगत सङ्ग्राहलय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरी सङ्ग्रहालय निर्माण गर्न थालिएको थियो । सङ्ग्रहालय निर्माण अन्तिम चरणमा छ । निर्माणाधीन अवस्थामै रहेको सङ्ग्रालयको सुरुङ हेर्न तथा मन्दिर अवलोकनका लागि दैनिक २०० […]
मेहनती किसानका कथाः केरा बेचेरै महिनामा ५० हजार कमाउँछन् हरिबहादुर
गाईघाट, १७ भदौ । पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण अहिले उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका कृषकले पुष्टि गरेका छन् । साउनेका ५६ वर्षीय डम्बरबहादुर मगर व्यावसायिकरूपमा केराखेती […]
लाखेनाच संरक्षणका गर्न भिमादमा यस्तो पहल
दमौली, १७ भदौ । लोप हुँदै गएको लाखेनाच संरक्षणका लागि तनहुँको भीमाद नगरपालिका–६ स्थित भीष्म नेवार समाजले पहल थालेको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखे संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित समाजले पहल थालेको हो । अहिलेको पुस्ताले लाखेनाचको महत्व बिर्सिन थालेपछि समाजले विभिन्न जिल्लाका नेवार समुदायबीच लाखेनाच प्रतियोगिता सम्पन्न गरेको छ […]










