भुक्तानी नपाएसम्म काम गर्न नदिने मेलम्चीका मजदुरको चेतावनी

मेलम्ची, १८ भदौ । मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् । समिति बनाएर […]

आयुर्वेद उपचारमा आकर्षण बढ्दै

विराटनगर, १८ भदौ । पछिल्लो समय मानिसले उपचारका लागि आयुर्वेद पद्दति अपनाउन थालेका छन् । एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले सामान्य मानिसले खर्च व्यहोर्न नसक्ने भएपछि आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ । जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएको थिए । जसमा नयाँ बिरामीको सङ्ख्या दुई हजार […]

प्रदेश प्रमुखबाट लोकसेवा आयोग विधेयक प्रमाणीकरण

विराटनगर, १७ भदौ । प्रदेश नं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेका छन । प्रदेशसभाको भदौ १० मा बसेको ४०औँ बैठकले सो विधेयक सर्वसम्मत पारित गरेको हो । विधेयक प्रमाणीकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुला भएको छ । नेपालको […]

अशोकविनायकबाट कमलादीसम्म गणेश रथयात्रा

काठमाडौँ, १७ भदौ । गणेश चतुर्थी पर्वका अवसरमा राष्ट्रिय धर्मसभा नेपालले वसन्तपुरस्थित अशोकविनायकबाट कमलादी गणेशस्थानसम्म गणेश रथयात्रा गरेको छ । शङ्ख, घण्टको ध्वनि एवं सांस्कृतिक झाँकीसहित दुःख विनाशक मानिने भगवान् गणेशको रथयात्रा गरिएको हो । विसं २०६५ देखि धर्मसभाले गणेश रथयात्रा शुरु गरेको थियो । भाद्र शुक्ल चतुर्थीका दिन व्रत बसी प्रथम पूजाको अधिकार पाउनुभएका […]

मनाइयो ऋषिपञ्चमी

काठमाडाँै, १७ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजीकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको […]

गाईलाई भिरबाट खसालेर मारेका हैनौँ: नगर प्रमुख राणा

नेपालगञ्ज, १७ भदौ । नेपालगञ्ज काञ्जीहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतमा गाई मृत्यु भएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले आज प्रतिक्रिया दिएका छन । उक्त घटना हुँदा बाहिर रहनुभएका नगर प्रमुख राणाले नेपालगञ्ज आएपछि आज यहाँका पत्रकारसँगको छलफलमा भने, “गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना भएको हो, यो नियतवश घटाइएको घटना होइन […]

सेनाले पश्चिममा एयर बेसको शुभारम्भ गरे

काठमाडौँ, १७ भदौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेतस्थित नेपाली सेनाद्वारा स्थापना गरिएको पश्चिम एयर बेस सञ्चालनको शुभारम्भ गर्नुभएको छ । काठमाडौँबाट मात्र हुँदै आएको हवाई परिवहन सुविधालाई पश्चिम र पूर्व एयर बेस हुँदै मुलुकभर विस्तार गर्ने नीतिअनुरुप सेनाले सुर्खेतमा एयर बेसको विस्तार गरेको हो । सुरक्षित हवाई क्षमता वृद्वि गर्ने उद्देश्यले सुर्खेतस्थित पश्चिम एयर बेसमा […]

बाबुछोराको हत्या

वालिङ, १७ भदौ । स्याङ्जाको हरिनास–३ ललईमा धारिलो हतियार प्रयोग गरी बाबु र छोराको हत्या भएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार आज बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ३० वर्षीय चित्रबहादुर खड्का र चार वर्षीय रिजन खड्काको हत्या गरेको हो । बाबु र छोराको कम्मरभन्दा माथिको भागमा […]

नागरिकतामा पतिको नाम राख्ने वा नराख्ने

काठमाडौँ, १७ भदौ । नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमाथि परेका संशोधन र समितिमा भएको छलफललाई समेटेर सहमतिको प्रतिवेदन तयार गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि दफावार छलफल पुनः शुरु भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त प्रतिवेदनमाथि भएको छलफलमा एउटै राजनीतिक दलका सांसदबीच समेत कतिपय विषयमा मत बाझिएका कारण समिति […]

भावकारी बन्दै ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’

बेझाड, पाल्पा, १७ भदौ । प्रदेश सांसद कार्यक्रम अन्तर्गत सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पाल्पामा प्रभावकारी बनेको छ । जिल्लाका चार स्थानमा ठूलो योजनाका रुपमा पहिलो पटक कृषकमाझ कार्यक्रम सञ्चालनमा आएपछि यहाँका कृषकहरु उत्साहित बनेका छन् । तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका–१ को हुँगी, रामपुर नगरपालिका–१० को हेक्लाङ्गफाँट र तानसेन नगरपालिका–१४ को अर्गली क्षेत्रमा […]