बालुवाटारस्थित चर्चित ललिता निवासको जग्गा किनबेच प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगले उक्त सम्बन्धमा सोधपुछ गर्न ५८ जनालाई बोलाएको छ । बुधवार सार्वजनिक सूचना मार्फत आयोगले ५८ जनाको सूची सार्वजनिक गर्दै ७ दिन भित्र अख्तियारमा हाजिर हुन भनेको हो । बयानका लागि बोलाइएका मध्ये दुई जना गुठी संस्थानका तत्कालिन कर्मचारी […]
समाज
नाका सञ्चालनमा आएपछि तस्कर सक्रिय
मेलम्ची, १८ भदौ । चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन् । चार वर्षपछि खुलेको नाकामा सीमाक्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ । भूकम्पपछि बन्द भएका बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले नाका खोल्न आनकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महीना […]
डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु
मध्यपुरथिमि, १८ भदौ । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको छ । नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरी प्रतिकात्मक कार्य सञ्चालन गरिएको हो । नगर प्रमुख बासुदेव थापाले डेङ्गु रोग नियन्त्रणका लागि प्रयास जारी […]
मालढुङ्गा–बेनी सडक दैनिक साढे सात घण्टा बन्द
पर्वत, १८ भदौ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँंग जोडने जिल्लाको मालढुंगा –बेनी सडक दैनिक साढे सात घण्टा बन्द गरिने भएको छ । यही भदौ १९ गतेदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक साढे सात घण्टा बन्द गरिने भएको हो । यसअघि आठ घण्टा बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले सडक […]
घरमा सुत्केरी हुनेको दर शून्य बनाइँदै
राँझा, १८ भदौ । बाँकेको डुडुवा गाउँपालिकामा घरमा बच्चा जन्माउने महिलाको दर शून्य बनाइने भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको जोखिम हुने भएकाले सबै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाई २०७८ सालसम्ममा घरमा बच्चा जन्माउने दर शून्यमा झार्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिए । उनका अनुसार, […]
पोखरीमा डुबेर मृत्यु
सप्तरी, १८ भदौ । राजविराज नगरपालिका–६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई आमाले गालीगलौज गरेको रिसमा […]
बलात्कारका घटना रोक्न रणनीति तयार गरिँदै
वीरगञ्ज, १८ भदौ । कडा कानूनी व्यवस्थाका बाबजुद पनि प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य घटनामा ६० प्रतिशतले वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले कडा सुरक्षा रणनीति तयार गर्न थालेको छ । मुलुकी अपराध संहितासम्बन्धी कानूनमा जबर्जस्ती करणीलाई जघन्य अपराध माने पनि पछिल्लो समयमा प्रदेश नं २ मा बलात्कारका घटना बढ्न गएकाले यस्तो रणनीति […]
मानव बेचबिखनविरुद्ध अभियान शुरु
डोटी, १८ भदौ । ।जिल्लामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान आजबाट शुरु गरिएको छ । उक्त अभियान एक सातासम्म मनाइने भएको छ । जिल्लाका सरोकारवाला र स्थानीय नागरिककोे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उक्त अभियानको आजबाट शुरुआत भएको जानकारी दिए । विशेषगरी महिला र बालबालिका बेचविखनविरुद्धमा उक्त अभियान बढी केन्द्रित हुने प्रमुख जिल्ला अधिकारी […]
ड्रागन खेतीबाट वार्षिक २५ लाख आम्दानी
बनेपा, १८ भदौ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक रु २५ लाख आम्दानी गरेका छन् । बनेपा नगरपालिका–३ घर भएका भेषमान श्रेष्ठले चार वर्ष अगाडि १८ रोपनी जग्गा खरीद गरी १७ रोपनीमा लगाएको सो खेतीबाट एक वर्ष अगाडिदेखि आम्दानी लिन सुरु गरेका हुन् । शुरुको वर्षमा पाँच […]
बढ्दो आत्महत्या चिन्ताजनक समस्या
फिदिम, १८ भदौ । विगत तीन आर्थिक वर्षको तथ्याङ्कले पाँचथरमा आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास भएको पाइएको छ । तीन आर्थिक वर्षमा वर्षेनी ४० भन्दा बढी मानिसले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् भने केहीले विषसेवन गरेर आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ४९ ले […]











