समयमा निर्माण कार्य सम्पन्न नभए कालोसूचीमा राख्न सुझाव

काठमाडौँ, १८ भदौ । चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवनको बाँकी काम शुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समितिले भवनका बारेमा चासो लिई पटक–पटक स्थलगत अनुगमन र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएपछि ठेकेदार कम्पनीले बल्ल बाँकी काम शुरु गरेको हो । सम्झौता भएको आठ वर्ष बित्न लाग्दा पनि […]

रेल चढ्ने रहर अझै अन्योलमा

महोत्तरी, १८ भदौ । “आब रेल चढ पैवाक बात चढब तभीए बतायब” अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला रेलको कुरा उप्किनासाथ महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण यसैगरी बनिबनाउ जवाफ फर्काउँछन् । भारतको जयनगरबाट धनुषाको जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्मको ६९ किलोमीटरको दूरीमा रेल चल्ने कुरा बर्षौँदेखि सुन्दै आएका यसक्षेत्रका सर्वसाधारणले कामभने गतिमा […]

जहाजको इन्जिन आकाशमै फेल भएपछि काठमाडौं एयरपोर्टमा आकस्मिक अवतरण, टर्यो ठूलो दुर्घटना

kathmandu-Airport

काठमाडौं, १८ भदौ । बुधवार बिहान सिता एयरको एक जहाज दुर्घटनाबाट धन्न जोगिएको छ । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको एक जहाजको आकाशमै इन्जिन फेल भएपछि चालकले आकस्मिक अवतरण गर्न सफल भएका छन् । सिता एयरको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै फेल भएपछि पाइलटले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । […]

रविको मुद्दामा एकै दिनमा उच्च अदालतले दियो यस्तो आदेश, चितवन अदालतबाट मागियो सक्कल मिसिल

हेडौंडा, १८ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले जिल्ला अदालत चितवनको फैसलाविरुद्ध गरेको उच्च अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनको हेटौडा इजलासले जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको सबै प्रतिवेदन मगाउन आदेश जारी गरेको हो । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेर रविले […]

उखु किसानले भुक्तानी पाए

विराटनगर, १८ भदौ । इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष एक लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको जनाएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो । उखु किसानलाई मिलले प्रति क्वीन्टल रु ४४१,२८ […]

खाना पुर्याउन आएका वेटरलाई तानेर दुई तलामाथिबाट धकेल्ने पक्राउ

काठमाडौं, १७ भदौ । कलंकीको एउटा होटेलका वेटरलाई दुई तलामाथिबाट धकेलेर फाल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कलंकीको नारायणी गेष्ट हाउसमा काम गर्ने विवेक सोनाम सुनारलाई दोस्रो तलामा रहेको कोठाबाट समातेर झ्यालबाट फाल्ने कार्यमा सम्लग्न भएका तीन जनालाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले गएराति काठमाडौंको स्युचारटारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा […]

प्लाष्टिकका सामग्रीले बजार लिएपछि काठ कुँद्ने पेशा सङ्कटमा

गलेश्वर, १८ भदौ । कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेशामा लागेका व्यवसायी समस्यामा पर्न थालेका छन् । काठका भाडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख बिरुवा र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग नै घट्दै गएपछि व्यवसायी सङ्कटमा परेका हुन् । वर्षौंदेखि काठ कुँद्ने पेशा गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर […]

गाँजाको बोट नष्ट गर्ने अभियानमा लायन्स क्लब

बनेपा, १८ भदौ । लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस इन्द्रेवरको आयोजना तथा सङ्घीय प्रहरी गुल्म पनौती र पनौती प्रहरी चौकीको समन्वयमा पुन्यमाता करिडोर आसपासमा भएका गाँजाको बोट नष्ट गरिएको छ । पनौती आसपासलगायत विशेषगरी पुन्यमाता करिडोर छेउछाउमा गाँजाको बोट झाङ्गिन थालेपछि त्यसलाई नष्ट गर्न क्लबले अभियान थालनी गरेको क्लबका अध्यक्ष रामकुमार बस्नेतले बताए । […]

मेघगर्जन चट्याङ्ग सहितआगामी तीन दिनसम्म देशभर वर्षाको सम्भावना

काठमाडौं, १८ भदौ । आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कतैकतै भारी वर्षासमेत हुने अनुमान छ । मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको तथा बंगालको खाडीको उत्तर (पश्चिम भागमा विकसित न्युन चापीय प्रणालीका […]

निर्वाचन कार्यालयको भवन निर्माण

म्याग्दी, १८ भदौ । बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । निर्वाचन आयोगले तीन तले ९ कोठे भवन निर्माण गरेको हो । प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माणको रु एक करोड ६४ लाख १४ हजारमा विसं २०७४ असार ४ गते ठेक्का सम्झौता भएको थियो । १८ महीनामा सम्पन्न गर्ने सम्झौता भए […]