रेल सञ्चालनको डिपीआर तयार, एकीकृत जाँचचौकी निर्माणमा ढिलाइ

नेपालगञ्ज, १८ भदौ । बाँकेको कोहलपुरसम्म रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना रिर्पोट (डिपीआर) तयार भइसकेको छ । सिमापारी भारतको रुपैडियाबाट कोहलपुरसम्म झण्डै साढे १८ किलोमिटर लामो दूरीको रेलमार्ग निर्माणका लागि भारतीय पक्षवाट डिपीआर तयार गरिएको हो । रेल सञ्चालनका लागि नेपालगञ्जको पश्चिम जयसपुर, इन्द्रपुर, गुरुवागाउँ, हवलदारपुर, रझेनाहुँदै कोहलपुरसम्म रेलको लिक विछ्याइने योजना रहेको रेल विभागका […]

सीमावारि निगरानी, पारि बालविवाह

बाँके, १८ भदौ । बाँके, १८ भदौ । “हाम्रो सामान्य परिवार हो । बुबा काम खोज्न शहर जानुहुन्छ, आमा घरकै काममा खटिनुहुन्छ । म २० वर्षकी भएँ । कक्षा ११ मा पढ्छु । चार वर्षअघि मेरो बिहे हुने निश्चित थियो, घरायसी कारणले रोकियो । मेरो लागि राम्रो भयो । अहिले त बालविवाह रोक्न आफैं बाल […]

उन्नत जातको गाईपालनले गाउँकै विकास

अमरगढी, १८ भदौ । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालिका बासिन्दाले व्यवासायिक रुपमा उन्नत जातका गाईपानलबाट गाउँकै विकास गरेका छन् । नेपाल सरकारले शुरु गरेको कवुलियती वन तथा पशु विकास अवधारणा अनुसार स्थानीयवासी उन्नत जातको गाईपालनमा जुटेका हुन् । जिल्लाका अधिकांश क्षेत्रमा स्थानीयवासीको जिम्मामा रहेका वनलाई कवुलियती वनमा परिणत गरी ४० वर्षसम्म समूहलाई […]

अमेरिकी फौजी किराबारे अनुसन्धान गर्न संसद्को ध्यानाकर्षण

काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपा सांसद गणेश पहाडीले अमेरिकी फौजी किराका कारण खाद्यान्न नष्ट गर्ने कार्य भएको हुँदा तत्काल अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराए। प्रतिनिधिसभाको शून्य समयमा उनले गत वैशाख २७ गते महाभारत क्षेत्रमा सो किराले खाद्य बाली नष्ट गर्दा किसान मर्कामा परेको हुँदा उक्त किराका बारेमा […]

सेनाले बारा र पर्सामा निर्माण गरेका घर हस्तान्तरण

वीरगञ्ज, १८ भदौ । हावाहुरी तथा चक्रवातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज यहाँ आयोजित एक कार्यक्रममा बारा पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई घर हस्तान्तरण गर्नुभयो । जनता आवास पुनःनिर्माण […]

वडा कार्यालयमै साथीलाई छुरा प्रहार गर्ने पक्राउ

भद्रपुर, १८ भदौ । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए । घाइते राईको विर्तामोडस्थित बिएण्डसी […]

तीन महीनादेखि मार्तडी–कोल्टी सडक खुलेन

मार्तडी, १८ भदौ । जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक लगातारको अविरल वर्षाका कारण अवरुद्ध भएको तीन महीना बित्दा पनि अझै खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुँदै आएका मालवाहक र अन्य सवारीसाधन ठप्प भएका छन् । दैनिकरूपमा चल्ने मार्तडी–कोल्टी सडक […]

गाईगोरु मृत्यु घटना: गृहको छानबिन टोली सुर्खेतमा

सुर्खेत, १८ भदौ । दैलेख पु¥याउने भनी नेपालगञ्जबाट पठाइएका गाईगोरु बिच बाटोमै खसालिएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली सुर्खेत आइपुगेको छ । मन्त्रालयका उपसचिव सागरमणि पाठक संयोजकत्व गठित छानबिन समितिले आज गाई खसालिएको स्थानको अवलोकन गर्नुका साथै सरोकारवालासँग घटनाबारे सोधपुछ गरेको छ । छानबिन समितिका संयोजक पाठकले घटनाको अनुसन्धान शुरु गरिसकेको जानकारी […]

१० बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

हेटौँडा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले यही भदौ १६ गतेबाट शुरु गरेको गाँजा फडानी अभियानअन्तर्गत करीब १० बिघा क्षेत्रफलमा लगाइएको अवैध लागुऔषध गाँजा र ब्याड नष्ट गरेको छ । प्रहरीले लागुऔषध नियन्त्रण गर्न ब्याडदेखि नै नष्ट गर्ने रणनीति लिएर सयौँ बिघामा लगाउन तयार पारिएको लागुऔषध गाँजाको लाखौँ बिरुवा र भर्खरै बेर्ना सारेर सुरु […]

सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक,पाँचमा शिलबन्दी

लहान, १८ भदौ । मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण […]