मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक समितिमा पठाइयो

विराटनगर, १८ भदौ । मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक समितिमा पठाइयोस् भनी सदनमा प्रस्ताव पेश गरेका थिए । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम प्रदेश सवारी […]

राजस्व विभागद्वारा सुन प्रकरणमा मुद्दा दायर

वीरगञ्ज, १८ भदौ । राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध रु ३५ करोडभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ । गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले रु ३५ करोड ६६ लाख ७२ हजार जरिवाना माग गरेको हो । विभागले आफ्नो अनुसन्धान […]

जीप दुर्घटनामा तीनको मृत्यु

वालिङ, १८ भदौ । स्याङ्जाको गल्याङमा आज भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गल्याङ प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका– १ की ७० वर्षीया सीता नेपाली, रम्भा गाउँपालिका १ कै ३४ वर्षीया मञ्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का नौ महीनाका पल्सन परियार रहेका छन् । घाइतेको पाल्पास्थित […]

१४ स्थानमा नागरिक सहायता कक्ष

काठमाडौँ, १८ भदौ । यातायात व्यवस्था विभागले दशैँ तिहारलगायतका चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ । यातायात व्यवस्था कार्यालयमा आज विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको बैठकमा नागरिकलाई सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि अग्रीम टिकट खोल्नेलगायतका विषयमा छलफल भएको […]

एटिएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली

काठमाडौँ, १८ भदौ । बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो । एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन […]

बालबालिकामा बढ्दैछ न्यून दृष्टिको समस्या

बनियानी, १८ भदौ । बिर्तामोड नगरपालिका–३ की ७ वर्षीया बालिका सहाना न्यौपाने टाढाको अक्षर राम्रोसँग ठम्याउन सक्दिनन् । कक्षा–२ मा अध्ययनरत सहानालाई शिक्षकले कालोपाटीमा लेखेको अक्षर चिन्न मुश्किल पर्छ । कारण हो, न्यून दृष्टिको समस्या । उनलाई कलिलै उमेरमा मोबाइलमा ‘गेम’ खेल्ने लत बस्यो । परिणामतः उनको आँखाको ज्योति कम भयो । उनले अहिले माइनस […]

धर्म र संस्कृति नै नेपालको पहिचान हो: धर्म गुरु

काठमाडौँ, १८ भदौ । हिन्दूधर्मका गुरुहरुले सबै धर्मको सार समानता र भातृभाव रहेको बताए । उनिहरुले सनातनदेखि चल्दै आएको हिन्दूधर्म तथा परम्पराको संरक्षणका लागि सरकार तथा जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिए । विश्व हिन्दू युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले आज आयोजना गरेको गौहत्या एवं बागमती गङ्गा आरतीमाथिको हस्तक्षेपका विरुद्धको पत्रकार सम्मेलनमा उनिहरुले धर्म तथा संस्कृतिले नै […]

गाउँपालिकाको कार्यालयमा आगजनी

लहान, १८ भदौ । सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि दुई […]

कर्णालीमा अक्सिजन प्लान्ट स्थापना

सिञ्जा, १८ भदौ । यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट स्थापना गरेपछि अक्सिजन प्रयोग गरी उपचार गर्नुपर्ने बिरामीका लागि ठुलो सुविधा भएको छ । सो अक्सिजन प्लान्टको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज उद्घाटन गरे । अक्सिजन प्लान्टले हरेक दिन ७० वटा सिलिण्डरसम्म उत्पादन गर्नेछ भने विद्युत् आपूर्तिको समस्याले गर्दा तत्काल […]

सुन्दर बन्दैछ ‘नयाँ बसपार्क’

काठमाडौँ, १८ भदौ । ‘नयाँ बसपार्क’ भन्ने बित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषित स्थल भन्ने ठान्छन् तर, अहिले यसको स्वरुप फेरिएको छ । मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । विगतमा सरसफाइमा ध्यानै नपुगेको बसपार्क आजभोलि सफा र सुन्दर देखिन थालेको छ । काठमाडौँ […]