काठमाडौँ, १ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको काम यही असोज महीनाभित्र आह्वान हुन नसकेमा मङ्सिरबाट कुनै पनि परियोजना कार्यान्वयनमा आउन नसक्ने स्पष्ट गरेका छन । मन्त्रालय र अन्तर्गतका निकायसँग सम्बन्धित चालू आर्थिक वर्षका कार्यक्रममाथिको द्वैमासिक प्रगति समीक्षा बैठकमा आज मन्त्री बाँस्कोटाले त्यसरी हुन नसकेका कामको बजेट आगामी […]
समाज
धावनमार्ग विस्तारका लागि सेनालाई विकल्प
चितवन, १ असोज । भरतपुर विमानस्थल विस्तारका क्रममा नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरबार दियालो बङ्गला पहिलो प्राथमिकतामा राखिएको छ । भरतपुर महानगरपालिका–१ आँपटारीस्थित सो बङ्गला क्षेत्रमा ७० बिघा हाराहारी जमीन रहेको दाहालले […]
बिहीबारदेखि मौसममा सुधार हुने
काठमाडौँ, १ असोज । भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । उक्त प्रणालीको असर आज रातिसम्म कायम रहने र भोलिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ […]
बसले ठक्कर दिँदा एकको मृत्यु
कञ्चनपुर, १ असोज । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक आज ना ५ ख २०७३ नंको बस र से७प ५३२६ नं को मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उप महानगरपालिका– १० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको हो । […]
सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस
काठमाडौँ, १ असोज । आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ । नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागेको […]
केही वर्षयता पुराना बाली लोप हुँदै
डोटी, १ असोज । जिल्लामा विगत केही वर्षयता कोदोलगायतका पुराना बाली लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेको स्थानियवासी बताउँछन् । यहाँका गाउँघर तथा पानी नलाग्ने जमिनमा उम्रिने कोदो बालीमा प्रशस्त मात्रामा पोषकतत्व पाइने भए पनि बालीको महत्व नबुझ्दा कोदोबाली विस्तारै लोप हुन थालेको जोरायल गाउँपालिका– ५ […]
खाद्यान्न आपूर्ति गर्न नसकिएपछि छ ठाउँमा नयाँ खाद्य डिपोको प्रस्ताव
जाजरकोट, १ असोज । स्थानीयवासीलाई पायक पर्ने ठाउँमा खाद्यान्न आपूर्ति गर्न नसकिएकाले यहाँका छ ठाउँमा नयाँ डिपो राख्न प्रस्ताव गरिएको छ ।हाल रहेका डिपो पायक पर्ने ठाउँमा नहुँदा सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराउन कठिन भएकाले नयाँ डिपो स्थापना गर्न प्रस्ताव गरिएको हो । जिल्लाको कुशे गाउँपालिका– ३ को टापुचौर, जुनिचाँदे गाउँपालिका–७ को रजुतरा, शिवालय गाउँपालिका–२ को […]
पहिरोले पुरिएर बालकको मृत्यु
काभ्रेपलाञ्चोक, १ असोज । अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ । बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला […]
चालू आवको डेढ महीनामा १७ सहित तीन वर्षमा १५१ ले गरे आत्महत्या
पूर्णप्रसाद न्यौपाने ओखलढुङ्गा, १ असोज । ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो । चालू आर्थिक वर्ष २०७६/०७७ को दुई महीनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् । साउन र भदौ अन्तिम सातासम्ममा आत्महत्या गर्ने १३ वर्षीय बालकदेखि ६२ वर्षसम्मका वृद्ध छन् । १७ […]
बुबाको हत्यापछि दर्जी परिवारको बिचल्ली
गलेश्वर, १ असोज । म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङका मोतिप्रसाद दर्जीको हत्या भएपछि उनका परिवार विचल्लीमा परेका छन् । गत भदौ १९ गते राति मदिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा मोतिप्रसाद दर्जीको मृत्यु भएको थियो । अत्यन्त गरीब परिवारका दर्जीले आरा चिरेर परिवारको गुजारा चलाउने गर्दथे । दर्जीको मृत्युपछि […]










