घुस लिएको आरोपमा कार्यकक्षबाटै पक्राउ परे नायब निरीक्षक

साँखु, काठमाडौँ, १ असोज । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । आज अख्तियारको टोलीले महानगरीय प्रहरी वृत बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख बिपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरको हो । थलीका स्थानीय व्यवसायीलाई बिना कारण […]

मूर्त–अमूर्त कला–संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गरौँ : बिजुक्छे

भक्तपुर, १ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कलाको राज्य भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन । आज नेपाल क्रान्तिकारी डकर्मी सङ्घको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै बिजुक्छेले मौलिक तथा पुराना घर र सम्पदाहरूको निर्माणका सीप र प्रविधिहरू नयाँ पुस्तामा पुस्तान्तरण हुननसके मासिने बताए । उनले भक्तपुरको मूर्त–अमूर्त […]

‘सातै प्रदेशमा लागुऔषध पुनस्र्थापना केन्द्र स्थापना गरीने’

काठमाडौँ, १ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीर रहेको बताएका छन । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्रको ‘२३औँ वार्षिकोत्सव समारोह’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महानिरीक्षक खनालले लागुऔषध नियन्त्रणलाई नेपाल प्रहरी र सरकारले विशेष चासो दिएको बताए । “लागुऔषध प्रयोगकर्ताको उपचारका लागि नेपाल प्रहरीले सातै प्रदेशमा पुनस्र्थापना […]

अस्पतालमा जीवन योग प्रयोगशालाको उद्घाटन

मध्यपुरथिमि, १ असोज । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित बिपी नेत्र प्रतिष्ठानद्वारा सञ्चालित चियर्स अस्पतालमा आजदेखि जीवन योग प्रयोगशाला सञ्चालनमा आएको छ । अस्पताल निर्माणको परिकल्पनाकार एवं संस्थापक अध्यक्ष प्रा डा मदन उपाध्यायले अस्पताल परिसरमा जीवन योग प्रयोगशाला सञ्चालनको प्रस्ताव गरेपछि सञ्चालनमा आएको प्रयोगशालाको आज जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्माले उद्घाटन गरे । अध्यात्म विज्ञान […]

शिखर सम्मेलनमा बालविवाह अन्त्य गर्ने विषय उठान गर्न माग

काठमाडौँ, १ असोज । बालविवाह अन्त्य गर्ने अभियानमा क्रियाशील रहेका विभिन्न १७ वटा गैरसरकारी सस्थाले दिगो विकाससम्बन्धी शिखर सम्मेलनमा बालविवाहको विषयलाई उठान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । यही असोज ६ र ८ गते न्युयोर्कमा आयोजना हुने सो शिखर सम्मेलनमा नेपालले भाग लिँदैछ । दिगोे विकासका लक्ष्यलाई सन् २०३० भित्र हासिल गर्न बालविवाह अन्त्य गर्न […]

डाँका मुद्दाका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

लहान, १ असोज । डाँका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–२ का ५२ वर्षीय भोला मन्सुरी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले डाँका मुद्दामा फरार रहेको मन्सुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता […]

सिन्धुलीमा बस दुर्घटना हुँदा २३ जना घाइते

सिन्धुली, १ असोज । सिन्धुलीमा आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिका–६ कानढुङ्ग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको […]

दूध किन्न गोठमै पुग्छन् ग्राहक

बाँके, १ असोज । तपाई दूध किन्नका लागि डेरी पसल वा किसानको गोठमै पुगे भने तपाईलाई पहिलो प्रश्न सोधिन्छ, दूध कति लिटर चाहियो रु तपाईले प्रतिलिटर दूधको मूल्य सोध्दै आवश्यकताअनुसार दूध माग्छन । पसले वा किसान आफैँले दूध लिटरले नापेर तपाईलाई दिन्छन् । यो अहिलेसम्म चलिआएको पद्धति नै हो भन्नुपर्छ तर बाँकेको कोहलपुर नगरपालिका–११ को […]

गल्ती गरेका कोही उम्कन पाउँदैनन्: मन्त्री ढकाल

काठमाडौँ, १ असोज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गल्ती गरेका कोही नउम्कनेमा विश्वस्त हुन सांसदलाई आग्रह गरे । प्रतिनिधिसभाको बैठक प्रारम्भ हुने बित्तिकै आज बाँके घटनाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाई सरकारका तर्फबाट जवाफको माग गरेपछि कानूनमन्त्री ढकालले घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । […]

भ्रष्टाचार विरोधी अभियान चलाइने

काठमाडौँ, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा हिंसाको कुनै अर्थ नरहेकाले कोही पनि हिंसाको बाटामा जान आवश्यक नरहेको बताए । सिंहदरबारमा आज सङ्घीय संसद् भवनको शिलान्यास गर्दै उनले कुनै पनि बहाना र नाममा समाजमा हिंसा भड्काउने र लुटपाट गर्ने खालका क्रियाकपाल सह्य नहुने स्पष्ट पारे । “अब के प्राप्त गर्नको लागि हिंसा […]