काठमाडौं, १७ भदौ । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा दुई जना व्यक्ति एकै ठाउँमा झुडिएको अवस्थामा फेला परेका छन् । गौशालाको पशुपति भण्डारखाल जंगलमा एउटै रुखमा झुण्डिएका अन्तरजातीय जोडी रहेको प्रहरीले जनाएको छ । एउटै रुखमा पासो लगाएर झुण्डिएर आत्महत्या गर्ने खोटाङका ४० वर्षीय जयप्रसाद गिरी र ३३ वर्षीया उमिता दमाई हुन् । महानगरीय प्रहरी वृत्त, गौशालाका […]
समाज
दुईको आत्महत्या
काठमाडौँ, १७ भदौ । खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका […]
गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने
काठमाडौँ, १७ भदौ । विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ । समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले राससलाई जानकारी दिए । समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा हरिबोल भट्टराई, […]
१२ खोपकेन्द्र भवन निर्माण
बेझाड, १७ भदौ । पाल्पाको रामपुर नगरपालिकामा १२ खोपकेन्द्र भवन निर्माण गरिएको छ । खोप सुरक्षित राख्न र बालबालिका तथा नागरिकलाई भवनबाटै सहज सेवा उपलब्ध गराउन सो भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷७६ मा रामपुर नगरपालिकाबाट दुई वटा खोपकेन्द्र निर्माणका लागि रु तीन÷तीन लाख रकम विनियोजन भएको थियो । सो अन्तर्गत वडा नं […]
विद्युत् विस्तार हुन सकेन
बैतडी, १७ भदौ । बैतडीको पाटन नगरपालिका–८ को आरुबाटा तिम्ले टोलमा ४ वर्षमा पनि विद्युत् विस्तार हुन सकेको छैन् । कूल १२० बढी घरधुरी रहेको सो ठाउँमा विद्युत् विस्तारका लागि चारवर्ष पहिला पोल गाड्ने तथा तार जोड्ने काम भए पनि विद्युत् भने अहिलेसम्म शुरु भएको छैन् । केही पोल र तारको काम भए पनि काम […]
आधाभन्दा बढी मुद्दा फछ्र्यौट
विराटनगर, १७ भदौ । उच्च अदालत विराटनगरले गत आर्थिक वर्षमा ५६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका तीन हजार ४६८ र जिम्मेवारी सरेर आएका ९५६ गरी कूल चार हजार ४२४ मध्ये दुई हजार ४८२ मुद्दा फछ्र्यौट भएको अदालतले जनाएको छ । यो कूल फछ्र्यौट मुद्दाको ५६ दशमलव एक प्रतिशत हो । […]
धरौटी मागी विदेश भ्रमण रोक्ने जिल्ला अदालतको आदेश विरुद्ध रविले हाले उच्च अदालतमा मुद्दा
काठमाडौं, १७ भदौ । आफूलाई कसूर नहुने अभियोगमा सरकारले मुद्दा हालेर अनावश्यक दुःख दिएको भन्दै सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोेता रवि लामिछानेले उल्टै मुद्दा हालेका छन् । आफू कुनै पनि हिसावले सम्लग्न नभएको मुद्दामा पाँच लाख धरौटी माग गर्ने र विदेश यात्रामा समेत रोक लगाउने जिल्ला अदालत चितवनको आदेश खारेज गर्न उनले माग गर्दै उच्च […]
जापान रोजगारीः कात्तिकमा परीक्षा
काठमाडौँ, १७ भदौ । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण […]
अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत पठनपाठन
धनगढी, १७ भदौ । ‘बोर्डिङ स्कुलहरुबीच अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला यहाँको एक निजी ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु गरेको छ । धनगढीको क्यास्पियन एकेडेमीले कक्षा ५, ६ र ७ मा संस्कृत विषयको पठनपाठन शुरु गरेको हो । संस्कृत मानिसको नैतिकता, आचरण, भाषा संस्कृतिसँग जोडिएकाले यो विषयको पठनपाठन शुरु गरिएको […]
सर्पले डसेर किशोरीको मृत्यु
इलाम, १७ भदौ । विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उनका छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।











