मिक्लाजुङ, ९ असोज । आवधिक योजना निर्माणलाई सहयोग पु¥याउने उद्देश्यले पाँचथरको याङ्वरक गाउँपालिकाले घरधुरीको तथ्याङ्क लिनका लागि स्टिकर टाँस्न शुरुआत गरेको छ । वस्तुगत विवरण तयार पार्नका लागि प्रत्येक घरको मोबाइल एप्समार्फत सङ्ख्या लिन थालिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरले बताए । अहिले पहिलो चरणमा वडा नं २,४ र ६ मा घरको सङ्ख्या गणना गर्न थालिएको […]
समाज
खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित
बाँके, ९ असोज । बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् । भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको […]
भालुको बिगबिगी बढ्यो, रातभरि जाग्रम बस्नुपर्ने बाध्यता
सोलुखुम्बु, ९ असोज / जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ । बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन् । टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]
मुस्ताङ जाने पर्यटकका लागि बागलुङ आकर्षक गन्तव्य
गलकोट, ९ असोज । मुक्तिनाथ जाने पर्यटकले बागलुङका होटलहरू भरिभराउ हुन थालेका छन् । भदौको अन्तिम सातादेखि नै यहाँका होटलमा पर्यटकको चाप बढ्न सुरु भएको हो । विशेषगरी भारतीय तीर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकलाई बागलुङका धार्मिकस्थलहरुले आकर्षित गर्न थालेपछि यहाँका होटलहरू भरिभराउ हुन थालेका छन् । जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका […]
पहिलोपटक दुर्गमको अर्गानिक स्याउ शहरतिर
बाजुरा, ९ असोज । पहिलोपटक दुर्गम ठाउँमा फलेको अर्गानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ । बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले बताए । किसानका स्याउ बारीमै कुहिने अवस्थामा […]
दक्ष जनशक्तिको अभावले अनलाइन सेवा प्रभावितः सेवाग्राही मर्कामा
महोत्तरी, ९ असोज । मालपोत कार्यालय बर्दिवास (महोत्तरी) मा शुरु गरिएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिष्ट्रेशनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा शुरु गरे पनि दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । कार्यालयले अनलाइन सेवा प्रारम्भ गरेपछि दक्ष जनशक्तिको अभाव खट्किएको […]
ब्रुमर सञ्चालनको पाँच महीनाः सडकको अवस्था उस्तै
काठमाडौँ, ९ असोज । काठमाडौँ महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले ब्रुमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपाले बु्रमर सञ्चालन गरेको पाँच […]
सदरमुकाममा म्याद नाघेका खाद्य सामग्री
धादिङ, ८ असोज । जिल्ला अनुगमन समितिले सदरमुकाम धादिङबेंसी बजार क्षेत्रमा उपभोग्य सामग्रीका पसल, होटल, किराना पसल, मिठाइ पसल गरी १० वटा पसलमा अनुगमन गरी अखाद्य वस्तु र म्याद नाघेका सामग्री जफत गरी नष्ट गरेको छ । अनुगमनका क्रममा पसलका लागि इजाजत नलिएको, म्याद नाघेका अखाद्य वस्तु, म्याद गुज्रिएको सुजिको पिठो, जुस, जिरा मसला, चकलेट, […]
चम्ल्याहा शिशुको जन्म
काठमाडौँ, ८ असोज । धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु) लाई जन्मदिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडाँै मेडिकल कलेजमा आज तीन छोरा र एक छोरीलाई जन्म दिएकी उनि उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिए । आठ महिनाको गर्भलाई उनि लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो […]
जुृम्लामा मनपरी भाडा
सिञ्जा, ८ असोज । जुम्ला बजारबाट कनकासुन्दरी गोठिज्युला सञ्चालन हुने साना सवारी साधनले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । गाडीहरुले मनपरी शुल्क असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् । लासीबाट बजारसम्म पहिले १०० रुपैयाँमा यात्रु ओसार्ने गाडीहरुले आजकल २०० रुपैयाँ भाडा लिने गरेको स्थानीयवासी उमेश बुढाले जानकारी गराए । अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रु […]











